२९ साउन

पर्वत । पर्वतको महाशीला गाउँपालिकामा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजना र वडा नं. ५ लुंखुदेउरालीको संयोजनमा कार्यक्रम सम्पन्न भएको हो । सो अवसरमा बोल्दै प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले एकीकृत सुरक्षा योजना बनाएर शान्ति सुरक्षालाई मजुबुत बनाईएको र विकास निर्माणका कार्यलाई पनि विनाअवरोध सम्पन्न गर्न पहल गरिएको बताउनुभयो ।
समाजमा शान्ति सुरक्षा कायम गर्नका लागि नागरिक र प्रहरीबीच आवश्यक सहकार्य हुनुपर्ने बताउनुभयो । नागरिकहरु पनि बर्दि बिनाको प्रहरी भएको बताउँदै आफ्नो ठाउँमा शान्ति सुरक्षा कायम गर्नका लागि सवैको सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले मदिरा विक्रिवितरण तथा सेवन, जुवातास लगायतलाई पूर्ण रुपमा निषेध गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा प्रहरी नायब उपरिक्षक स्यामु अर्यालले अपराध न्यूनिकरण र शान्ति सुरक्षालाई चुस्त राख्नका लागि प्रहरीलाई नागरिकले सहयोग गर्न आग्रह गर्नुभयो ।  कार्यक्रममा कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि पंगिनी, महाशीला गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत किसान बहादुर क्षेत्री लगायन स्थानीय राजनीतिक दल, जनप्रतिनिधि तथा नागरिक समाजका अगुवाहरुको सहभागिता रहेको थियो । महाशीलाका प्रवक्ता जीवन विक्रम उच्चैको अध्यक्षतामा सम्पन्न  भएको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी नेपालले लुंखु प्राथमिक स्वास्थ्य चौकी र महाशिला गाउँपालिकाको कार्यालय अनुगमन पनि गर्नुभएको प्रवक्ता उच्चैले जानकारी दिनुभयो ।