
२७ साउन
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश आइपुग्ने भएका छन् । स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली परीक्षण सकाएर आज स्वदेश फर्कन लागेका हुन् ।
यसअघि आइतबार नै प्रधानमन्त्री फर्कने तय भए पनि रिपोर्ट आउन ढिला भएपछि सिंगापुरको बसाइ १ दिन लम्बिएको थियो ।
प्रधानमन्त्री ओली गत साउन १८ गते आफ्नो स्वास्थ्य परीक्षणका लागि पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिव्या शाहको साथमा सिंगापुर प्रस्थान गरेका थिए ।
प्रधानमन्त्रीको सचिवालयले जनाएअनुसार, प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सन्तोषजनक देखिएको छ ।








