२६ साउन
पर्वत– आउँदै गरेको हरितालिका तीजको अवसरमा दर खाने लगायतका कार्यक्रमहरु नगर्न पर्वत प्रशासनले सूचना जारी गरेपछि पर्वतमा क्रियाशिल विभिन्न महिलाहरुका संघ संस्थाहरुले प्रशासनको ध्यानाकर्षण गराएका छन् ।
विभिन्न क्षेत्रका कृयाशिल महिलाहरुले आइतवार संयुक्त रुपमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपाललाई ज्ञापन पत्र बुझाउँदै उक्त निर्णयको बिरोध गरेका हुन् ।
पर्वतमा क्रियाशिल सञ्चारिका समुहको नेतृत्वमा झण्डै एक दर्जन संस्थाहरुले तीजमा शान्तिपुर्ण रुपमा कार्यक्रम गर्न पाउनु पर्ने माग गरेका हुन् । महिलाहरुको महान पर्व हरितालिका तीजमा सहज रुपमा कार्यक्रम गर्न पाउनुपर्ने र यो नारिहरुको स्वतन्त्र अधिकार समेत भएको बताउँदै उक्त सूचना प्रति ध्यानाकर्षण भएको बताउँदै तीजमा सहज रुपमा कार्यक्रम गर्न पाउने वातावरण मिलाई दिन आग्रह गरेका छन् ।
मौलिक संस्कृतिको संरक्षण र जगेर्ना गर्नु सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको दायित्य भएको बताउँदै शान्तिपुर्ण ढंगले हुने कार्यक्रमहरुमा हस्तक्षेप नगर्न पनि आग्रह गरेका छन् ।
सञ्चारिका समुहका अध्यक्ष माया अधिकारीको नेतृत्वमा गएको टोलीमा इनरह्वील क्लव अफ पर्वत, लायन्स क्लब अफ कुश्मा सिटी, महिला मावन अधिकार रक्षक सञ्जाल पर्वत, सिसेफ महिला समुह, महिला उद्यमी समिति, व्यूटिसियन संघ पर्र्वत, सुनचाँदी व्यवसायि महिला समूह र होटल व्यावसायी संघ लगायतका संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी कल्पना घिमीरे नेपालले तीज पर्व मनाउन कुनै अवरोध नहुने बताउँदै शान्ति पुर्ण रुपमा तीज पर्व मनाउन आग्रह गर्नु भयो । हरितालीका तीजको अवसर पारेर महिनौ देखी होटल तथा पाटी प्यालेसमा महड्गा पाटी गर्ने हरुलाई सचेत पार्न मात्र खोजिएको वताउनू भयो । हूदा खाने र हूनेखाने विच विभेद नहोस,अनाआवश्यक तडक भडक र गर गहनाको प्रदर्शन नहोस भनेर केन्द्रिय सर्कूलर अनूसार सूचना जारी गरिएको जानकारी गराउनू भयो । हिन्दू नारीहरुको माहान पर्वत हरीतालिका तिज सभ्य र भव्य रुपमा मनाउनका लागी कूनै रोकावट नभएको वताउनू भयो । समाजमा अराजकता ननिम्त्याओस भनेर सचेत मात्रै गराएको बताउनुभयो । उहाँले तीज पर्वतलाई शान्तिपुर्ण बनाउन सवै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो ।
Home Flash News प्रमूख जिल्ला अधिकारीलाई सामाजिक संस्थाले गराए ध्यानआकर्षण, सभ्य रुपमा तिज पर्व मनाउन...









