२५ साउन

पर्वत– नेपाली काँग्रेसका केन्द्रिय सदस्य अर्जुनप्रसाद जोशीले केपी ओली नेतृत्वको वर्तमान सरकारवाट जनता आत्तिसकेको टिप्पणी गर्नुभएको छ ।
नेपाल ट्रेड युनियन काँग्रेस जिल्ला कार्य समिति पर्वतको प्रथम जिल्ला परिषदको उद्घाटन गदै जोशीले वर्तमान सरकारको कार्यशैली अधिनायकवाद उन्मुख र जनविरोधी रहेको जिकिर गर्नुभयो । संघीय सरकार तथा प्रदेश सरकारहरु निर्वाचित भएर आएपछि जनताको प्रतिनिधित्व गर्दै लामो संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानको भावना र मर्म अनुसार अगाडि वढ्नुको सट्टा सरकार कानूनी शासनको खिल्ली उडाउँदै मनोमानी ढंगबाट अघि बढी रहेको जोशीले आरोप लगाउनु भयो । सरकार श्रमिकका हक अधिकारप्रति पनि सकरात्मक नरहेको बताउँदै जोशीले सरकारका ज्यादती विरुद्ध नेपाली काँग्रेसले सदन र सडकवाट खवरदारी गर्ने बताउनु भयो । ट्रेड युनियन नै खारेज गर्न सरकार लागेकाले त्यसको प्रतिरक्षाका लागी कांग्रेस लागेको वताउनू भयो । एउटा चूनाव हार्दैमा कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीका कार्यकर्ता निरास हूनूहूदैन भन्दै अर्को चूनावमा कांग्रेसलाई भारी मतका साथ सत्तामा पूराउने जिकीर गर्नुभयो ।
कार्यक्रममा बोल्दै नेपाली काँग्रेस पर्वतका सभापति खिमप्रसाद भुसालले ट्रेड यूनियन नेपाली काँग्रेसको खम्बा रहेको बताउनुभयो । उहाँले काँग्रेसलाई रचनात्मक कदम तर्फ डोराउन ट्रेड यूनियनलाई आग्रह गर्नुभयो । नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतका अध्यक्ष सुरेन्द्र केसीले नेपाल ट्रेड यूनियन श्रमिकहरुको हकहितमा काम गदै आएको बताउँदै आगामी दिनमा संस्थाका गतिविधीलाई अझै प्रभावकारी बनाईने बताउनुभयो ।
कार्यक्रममा महाधिवेशन प्रतिनिधी एवम् कुश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,नेपाली काँग्रेस पर्वतका पार्टी सचिव विश्वप्रकास प्रसाई,महासमिति सदस्य गंगाधर तिवारी, महासमिति सदस्य राजेन्द्रप्रसाद तिवारी, ट्रेड यूनियन काँग्रेसका केन्द्रिय उपाध्याक्ष एवम् नेपाल महिला विभागका कार्यवाहक अध्यक्ष शकुन्तला शर्मा, कुश्मा नगरपालिकाकी उपमेयर सिताकाफ्ले लामिछाने, नेपाली काँग्रेसका पार्टी सदस्य कुलप्रसाद उपाध्याक्ष,नेपाल कारखाना संघका केन्द्रिय उपमहासचिव केशव भण्डारी, नेपाल ट्रेड यूनियन काँग्रेसका गण्डकी प्रदेशका उपाध्याक्ष रामप्रसाद अधिकारी, नेपाल ट्रेड यूनियन काँग्रेस गण्डकी प्रदेशका कोषाध्याक्ष घनश्याम रेग्मी, नेपाल ट्रेड यूनियन काँग्रेस गण्डकी प्रदेशका सह–सचिव पार्वती उपाध्याक्ष पार्वती उपाध्याक्ष,नेपाल ट्रेड यूनियन काँग्रेस कास्कीका अध्यक्ष विजयराज भण्डारी, नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष माया अधिकारी, कुश्मा नगरपालिका–८ चुवाका वडाध्यक्ष राजकुमार क्षेत्री, ट्रेड युनियनकर्मी नारायण रखाल लगायतले बोल्नुभएको थियो । कार्यक्रममा नेपाल ट्रेड यूनियन काँग्रेस पर्वतका कोषाध्यक्ष पूर्णकुमार श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
ट्रेड यूनियन काँग्रेस पर्वतका अध्यक्ष केसीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य महिला उपाध्यक्ष जानकी शर्मा र कार्यक्रमको संचालन सचिव गोविन्द सुवेदीले गर्नुभएको थियो