२८ असार
काठमाडौं,महोत्तरीको बर्दीबास नजिकको रहेको भप्सीखोलाको पुल बाढीले बगाएको छ । पुल बगाउँदा पुर्व पश्चिम राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल जानकारी दिएका छन् । ५ दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढीले पक्की पुल बगाएको हो ।
राजमार्गको पक्की पुल बगाएपछि सवारी साधन रोकिएका छन् । पुल बगाएपछि यात्रुहरु बाढी तरेर जोखिम यात्रा गरिरहेको छन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर पर पर्छ । प्रहरीका अनुसार सो खोला त्यति ठूलो नभएकाले वैकल्पिक डाइभर्सन सोही खोलामा बनाउन मिल्छ तर पानी निरन्तर परिरहे यातायात अवरूद्ध भइराख्ने प्रहरीको भनाइ छ । शनिबार बिहानपख पक्की पुल बाढीले भत्काएको हो ।









