२० असार
पर्वत। पर्वतको फलेवास नगरपालिका १० कुर्घा स्थित शारदा माध्यामिक विद्यालयलय भवनलाई तीनकोठे पक्की शौचालय निमार्ण सहित हस्तान्तरण भएको छ । विद्यालय परिवारलाई सफापानी पिउनका लागी  वाटर डिस्टेटेन्स मेशन पनि ह्सता्नतरण गरिएको छ ।
एभरेस्ट बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत पर्वतको विकट क्षेत्रमा पर्ने यो विद्यालयलाई पहिलो पटक शैचालय निमा्ृण गरेको हो । विद्यालयमै पुगेर बैंकले शौचालय हस्तान्तरण गरेको हो । कुल ६ लाखको लागत मावाटर डिस्टेन्सर मेशीन र शैचालय निमार्ण गरिएको हो ।
वि स २०१६ सालमा स्थापनाभएको यस विद्यालयमा २ कोठे शौचालय थिए ।

कुल ३ सय २२ जनाविद्यार्थी र शिक्षकले २ कोठाका शौचालय प्रयोग गर्दा समस्याहुने गरेको विद्यालयका प्रधानध्यापक जितबहादुर थापाले बताए । उनले भने, विगतमा सञ्चालनमा रहेका २ कोठे शौचालय व्यवस्थापन गर्न समस्या थियो । विगतमा शैचालयको अभावमा विद्यार्थीले पालो कुर्नु पर्ने,कहिले नजिकको वनमा वा छिमेकीका शौचालयमा जान पर्ने बाध्यता थियो । अब विद्यालयमा यी सहित ५ वटा शौचालय हुँदा विद्यार्थीको समयको बचत हुने उनले विश्वास ब्यक्त गरेका छन् ।
एभरेस्ट बैंकले सामाजिक क्षेत्रमा योगदान दिने हेतुले शारदा माविमा आधुनिक शौचालय निमार्ण गरेको बैंकका बजार प्रमुख पुष्पराज उप्रेतीले जानकारी दिए । विद्यालयको भवनको सवै फ्ल्याटमा शौचालय निमार्ण गरिएको छ ।

उनले शैचालय सँगै स्नान कक्ष समेत ब्यवस्थापन गरेको बताए । पक्की र सुविधा युक्त शौचालय भएकाले सरसफाईमा ध्यान दिई यसको प्रयोग गरेका रोग प्रतिरोधात्मक क्षमता बढछ,उनले भने ।
यता,एभरेस्ट बैंकका निर्देशक तथा सिएसआर समिति अध्यक्ष डा बालगोपाल वैद्यले शिक्षा र स्वास्थ्यमा ध्यान दिएको बताए । छात्राहरुलाई महिनावारी भएको बेलाविद्यालय समयमा शौचालयको सहज सुबिधा नहँदा समस्याभएको महसुस गर्दै बैंकले शैचालय हस्तान्तरण गरेको बताए । राष्ट्रय बैंकको निति अनुसार हरेक बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत यस्ता सामाजिकार्य गर्दै आइरहेको जनाए ।

फलेवास नगरपालिका वडा नं १० का वडाध्यक्ष शालिग्राम शर्माले सो अवसरमाबोल्दै बैंकले वडाकै एक पुरानो विद्यालयमा शैचालय निमार्ण गर्दा आफ्नो वडा परिवार हर्षित भएको बताए ।विद्यालय व्यवस्थापन समितिकाअध्यक्ष प्रेम बहादुर रानाको अध्यक्षतामा शौचालय हस्तान्तरण कार्यक्रम सम्पन्नभएको हो । शौचालय हस्तान्तरण समारोहमा वडा र विद्यालयका अभिभावविद्यार्थी समेतको उपस्थीती रहेको थियो । सो,कार्यक्रमको सहजिकरण एभरेस्ट बैंक कुस्मा शाखाका शिव तिमिल्सिनाले गरेकाथिए ।