१९ असार

पोखरा । मनाङ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद राजीव गुरुङ उर्फ दीपक मनाङे विहिबार तेश्रो पटक नेकपा प्रबेश गरे । चुनाव अघि नै काठमाण्डौंमा जिल्ला अध्यक्षबाट पार्टीमा छिरेका उनी दोश्रो पटक चामेमा नेताहरुको उपस्थितीमै नेकपा प्रबेश गरे ।

विहिबार मुख्यमन्त्री तथा गण्डकी प्रदेश इञ्चार्ज पृथ्वीसुब्बा गुरुङको हातबाट माला र अविर लगाएर मनाङे पार्टी प्रबेश गरेका हुन् । उनी नेकपा छिरेपछी गण्डकी प्रदेशसभामा नेकपाकाे एक्लै दुई तिहाई बहुमत पुगेको छ ।

उनलाई डन माननिय भनेर पनि भन्ने गर्दछन् । नेकपाले समाजसेवी भनेर प्रशंसा समेत गरेको छ तर प्रहरीको नजरमा भने गुण्डा नाईके भनेर चिनिने गरेका छन् ।

यससँगै प्रदेशसभामा नेकपाको प्रतिनिधित्व संख्या ४० पुगेको छ । हाल संसदमा कांग्रेस १५, राष्ट्रिय जनमोर्चा २ (एक निधन), नयाँ शक्ति २ छ ।

विप्लव समूह कास्की सचिवालय सदस्य पुष्प कार्की पार्टी परित्याग गरि नेकपा प्रवेश गरेका छन् । उनलाई समेत मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले स्वागत गरे ।