१९ असार
पर्वत । कुश्मा नगरपालिकोको आज वसेको नगर सभा वाट ८१ करोड ६५ लाख ५१ हजार आय व्याय सहितको आर्थिक विधेयक पारीत भएको छ । कूश्मा नगरपालिकाको नगर सभामा उप प्रमूख सीता काप्ले लामिछानेले उक्त संशोधित वजेट पेश गर्नु भएको थियो । संघिय सरकार र प्रदेश सरकार वाट प्राप्त हूने अनुदान रकम सहितको संसोधीत अनुमानित आय, व्यय र श्रोत व्यवस्थापनको अनुमान सहित पेश गर्नुभएको थियो । प्रस्तुत वजेटको ठुलो हिस्सा वित्तीय हस्तान्तरण अन्तर्गत नेपाल सरकारबाट प्राप्त वित्तीय समानिकरण अनुदान रहेको छ ।
जस्मा १३ करोड ४३ लाख, गण्डकी प्रदेश सरकार वित्तीय समानिकरण अनुदान १ करोड २५ लाख ३३ हजार, नेपाल सरकारवाट प्राप्त हुने राजश्व वाँडफाँड वापत ९ करोड ३२ लाख, प्रदेश सरकारवाट प्राप्त हुने सवारी कर वापतको ८२ लाख १८ हजार, संघीय सरकारवाट हस्तान्तरित सशर्त कार्यक्रम तर्फ ३३ करोड २८ लाख, गण्डकी प्रदेश सरकारवाट हस्तान्तरित सशर्त कार्यक्रम तर्फ १ करोड, आन्तरिक श्रोत ३ करोड ३० लाख, सामाजिक सुरक्षा भत्ता वितरणका लागि १६ करोड र अन्य विविध आय १ करोड २५ लाख रहेको छ ।
व्याय तर्फ संघीय सरकारवाट हस्तान्तरित सशर्त कार्यक्रम तर्फ ३३ करोड २८ लाख, गण्डकी प्रदेश सरकारवाट हस्तान्तरित सशर्त कार्यक्रम तर्फको १ करोड र सामाजिक सुरक्षा भत्ता वितरणका लागि १६ करोड तोकिए वमोजिम नै खर्च हुने ब्यवस्था मिलाइएको छ भने वाँकी रकम ३१ करोड ३७ लाख ५१ हजार मध्ये चालु खर्च तर्फ ११ करोड ५० लाख विनियोजन पेश भएको छ ।
नगरका पदाधिकारीहरुको पारिश्रमिक वापत १ करोड ४० लाख र पत्रकारिता क्षेत्रको प्रवर्द्धनका लागि सुचना प्रकाशन तथा पत्रकारिता शिर्षकमा ८ लाख समेत चालूखर्चमा रहेको छ ।
१९ करोड ८७ लाख ५१ हजार मध्ये पुर्वाधार विकास तर्फ १० करोड ९६ लाख ५१ हजार, सामाजिक विकास तर्फ २ करोड २० लाख, आर्थिक विकास तर्फ १ करोड ४६ लाख, वन, वातावरण तथा विपद ब्यवस्थापन तर्फ ५० लाख, भैपरी आउने पूँजीगत खर्चका लागि १ करोड र सुशासन संस्थागत विकास, तथा सेवा प्रवाह तर्फ २ करोड विनियोजन भएको छ ।
म्याचिङ्ग फण्ड आवश्यक पर्ने आयोजनाहरुको सञ्चालनका लागि १ करोड ७५ लाख व्यवस्था विनियोजन भएको छ । उक्त विनियोजन विधेयक उप प्रमुख सीता काप्ले लामिछानेले नगर सभामा पढेर सूनाउनु भएको थियो ।
विधेयकलाई नगर प्रमूख तथा सभा अध्यक्ष रामचन्द्र जोशीले निर्णर्थ सभामा पेश गर्नु भएको थियो । आर्थिक विधेयक ध्वनी मतको आधारमा सर्वसम्मत रुपमा सभावाट पास भएको छ ।
नगर सभामा सदस्यहरुले वजेट विनियोजनका वारेमा जिज्ञासा उठाएका थिए । व्यापक छलफल पश्चात नगर सभा वाट उक्त वजेट सर्वसम्वत रुपमा पास भएको हो । धेरै सदस्यहरुले नगरको न्यायिक समिति गठन नहूनाका कारण वारे जिज्ञासा राखेका थिए । आर्थिक वर्ष ०७६\०७७ का लागी कार्य गर्नका लागी वजेट,निति तथा कार्यक्रम स्वीकृत भएको छ । जस्ले गर्दा नगरका कार्यहरु सूचारुरुपमा संचालनका लागी वाटो खूलेको छ ।
सभा अध्यक्ष तथा नगर प्रमूख रामचन्द्र जोशीले असार २५ गते पूनः नगर सभा वस्ने गरि आजको वैठक स्थगित गरेको जानकारी गराउनू भयो ।









