१९ असार
पोखरा । मंगलबार राती पोखराको अमरसिंह चोकमा दुर्घटनामा परी मृत्यु भएका एक युवाको सनाखत हुन सकेको छैन । मंगलबार साढे ११ बजे पोखरामा निर्माणाधिन क्षेत्रिय अन्तराष्ट्रिय विमानस्थल निर्माणमा प्रयोग गर्ने गरेको बा २० च २५६६ नम्बरको हाइलक्स गाडीले पैदलयात्री युवालाई ठक्कर दिदा उनको घटनास्थलमा मृत्यु भएको थियो ।
मृतकको शव पोष्टमार्ट पछि पोखराको पश्चिमाञ्चल क्षेत्रिय हस्पिटलको शव गृहमा राखिएको छ । उनका अहिले सम्म नाम थर र ठेगना खुल्न नसकेको कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।









