१६ असार
पर्वत । पर्वत जिल्लामा जेठ १ देखी ११ दिन सम्म सन्चालन भएको विराट गुप्तेश्रर कोटीहोम धार्मिक मेलाको हिसाव किताव सार्वाजनिक भएको छ । आज मूलआयोजक समितिका अध्यक्ष पृथ्वी नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको वैठकले ३ करोड ८९ लाख ४१ हजार ६ सय ५ रुपैयाको आम्दानी खर्चको हिसाव किता सार्वाजनिक गर्नु भएको हो ।
पर्वत जिल्लामा जन्मनू भएका ईश्वर कृष्ण भूर्तेलको प्रमूख आतिथ्यतामा सम्पन्न वैठकमा मूल आयोजक समितिका अध्यक्ष पृथ्वी नारायण शर्माले महायज्ञमा तन,मन,वचन र आर्थिकले सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नु भयो । धार्मिक मेलाले लिएको उद्धेश्य पूरा गर्न सवैको सकरात्मक सहयोगको लागी आग्रह गर्नु भयो ।
विश्वमै अग्लो शिवपार्वतीको मुर्ति निर्माण गर्ने,१२ वटा ज्योर्तिलिड्ग स्थापना गर्ने,२०८ कोठाको सत्सङ भवन र भव्य सीस महल निर्माण गर्ने चुनौती पूर्ण कार्य भएकाले यस तर्फ अव समिति वैधानिक हिसावले दर्ता भई अगाडी वढ्ने धारणा राख्नू भयो ।
आर्थिक हिसावकितावको डिटेल विवरण पेश गर्दै कोषाध्यक्ष कमलनाथ पोख्रेलले समितिको निर्णय वमोजिम सवैको सामूहिक निर्णय वाट खर्चका विल अनूसार घटाएर मात्र भुक्तानी गरेको जानकारी गराउनू भयो ।
३ करोड ८९ लाख ४१ हजार ६ सय ५ रुपैयाको आम्दानी खर्चको हिसाव किताव पेश गर्दै जम्मा ६३ लाख २९ हजार ८० रुपैया खर्च भएको र ३ करोड २६ लाख १२ हजार ५ सय २५ विभिन्न पर्वत जिल्ला स्थित १४ वटा वैकमा मौजदात रहेको जानकारी गराउनू भयो । उहांले जिन्सी सामानको समेत वेचविखन गरेर आम्दानी गरेको जानकारी गराउनू भयो । जग्गा ३ रोपनी प्राप्त भएको जानकारी गराउदै शिवपार्तको मूर्ति वन्दा सहयोग गर्ने दाताहरुको नाम समेत उल्लेख गर्नु भयो ।

आर्थिक समितिमा रहेर सहयोग गर्ने सवै सदस्यहरु तथा दानदाता र रकम संकलनमा सहयोग गर्ने १४ वटा वैकका सवै कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गर्नु भयो । वैठकमा उठेका आर्थिक सवालहरुको विषयमा स्पष्ट पार्ने काम गर्नु भएको थियो ।
वैठकमा पत्रकार वैगुण्ठ गिरीले पण्डाल भाडामा ११ लाख,साउण्ड सिस्टम,कलाकार,पण्डीतहरुको खर्च लगायतका विषयमा वढि खर्च भयोकी भनी जिज्ञासा गर्नु भएको थियो ।
कार्यक्रम गर्ने तथा आम्दानी खर्च सार्वजनिक नगर्ने गरेको स्थितिमा समयमा नै महायज्ञ मूल समितिले हिसावकिताव सार्वाजनिक गरेकोमा सवैले धन्यवाद दिएका थिए ।
कार्यक्रममा प्रमूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपाल,सुरक्षा निकायका प्रमूखहरु,मूल समितिका सदस्यहरु लगायत दानदाहरुको उपस्थिति रहेको थियो ।
मूलआयोजक समितिका अध्यक्ष पृथ्वी नारायण शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन महासचिव अच्यूत तिवारीले गर्नु भएको थियो ।
१ लाख जम्मा गर्ने संस्थापक १९० जना,तुलादान गर्ने ८१८ जना,शिवलिड्ग स्थापनार्थ ५१ हजार जम्मा गर्ने १०८ जना रहेको जानकारी गराईएको थियो ।
जिल्ला स्थित सहयोग पुयाउने सवै कार्यालय संघ संस्था सवैलाई सम्मान पत्रले समान गरिएको थियो ।









