१३ असार
पर्वत-बाल मन्दिर प्राथमिक विद्यालय कुश्माको बार्षिकोत्सव तथा अभिभावक सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै कुश्मा नगरपालिकाका उपप्रमुख सिता काफ्ले लामिछानेले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, अभिभावक र विद्यार्थीबीच त्रिकोणात्मक सम्वन्ध हुनुपर्ने बताउनुभयो ।
उहाँले सामुदायिक विद्यालयले राम्रो प्रगति हासिल गरेको विद्यार्थीहरुको आकर्षण समेत बढ्दै गएको भन्दै बाल मन्दिर प्राथमिक विद्यालयको प्रसंसा समेत गर्नुभयो । उहाँले सामुदायिक विद्यालयमा पनि दिवा खाजाको व्यवस्था हुनु राम्रो पक्ष भएको बताउनुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिका वडा नं. ५ का अध्यक्ष चित्रकला शर्मा भारती, नगर शिक्षा अधिकृत राजेन्द्रबहादुर क्षेत्री, सहयोग दाता शान्तिनारायण श्रेष्ठ, विद्यालय व्यवस्थापन समितिका सदस्य बसन्तकुमार कर्माचार्य लगायतले बोल्नुभएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष निर्मल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका स्वागत विद्यालय व्यवस्थापन समितिका सदस्य मानकुमारी गिरी र संचालन सरस्वती शर्मा जिज्ञासुले गर्नुभएको थियो ।
विद्यालयका प्रद्यानाध्यापक लोकबहादुर रानाले विद्यालयको शैक्षिक, आर्थिक लगायत प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा सहयोगदाता शान्तिनारायण श्रेष्ठवाट स्थापना गरिएको शुकमाया स्मृति प्रतिष्ठानद्धारा विदालयका उत्कृष्ट अंक ल्याउने एकएक जना छात्र छात्रालाई नगद रु २५ सय सहित प्रसंसा पत्र वितरण गरिएको थियो भने आदर्श, नमुना, कालीगण्डकी, गुरुकुल बोर्डिङ स्कुल र सहयोग दाता अमित कुमार भौमिक, बाबुराम बराईलीलाई समेत सम्मान गरिएको थियो ।









