११ असार
पर्वत । लागु औषध दुरुपयोग तथा ओसारपसार विरुद्दको सप्ताहव्यापी कार्यक्रमको आज समापन गरिएको छ । पर्वत जिल्ला मूल समाहरोह समितिको निर्णय वमोजिम संचालन भएको सप्ताव्यापी कार्यक्रम समापन गरिएको हो । जून २१ वाट शुरु भएको कार्यक्रम २६ जूनमा समापन भएको हो । पर्वत जिल्लाका ७ वटै स्थानिय तहमा कार्यक्रम संचालन भएका थिए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले सप्ताह व्यापी कार्यक्रम समापन भएता पनि अन्य दिनहरुमा यस कार्यक्रम निरन्तर चलिरहने वताउनू भयो । यूवाअवस्थाका समूहहरुलाई विद्यालयस्तरवाट नै लागूऔषधको वारेमा सचेतना गर्नुपर्ने वताउनू भयो । कार्यक्रममा सहयोग गर्ने र उपस्थित हूने वैलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
कार्यक्रममा हिमलय मावि खुर्कोटका प्रधानध्यापक माधव रेग्मी,सामुदायिक प्रहरी सेवा केन्द्र कुश्मा पर्वतका अध्यक्ष शिव प्रसाद शर्मा लगायतले आप्नो धारणा राख्नू भएको थियो ।
कार्यक्रममा जिल्ला स्थित बिभिन्न सुरक्षा निकायका प्रमुखहरु, कुश्मा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरी पंगेनी,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,लोकतान्त्रिक गैह्सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री, बिभिन्न बिद्यालयहरुका शिक्षक शिक्षिका र संचारकर्मी को उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले लागु औषध सम्बन्धी विषयमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो ।
कार्यक्रमको अध्यक्षता प्रमूूख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले र संचालन सहायक प्रमूखजिल्ला अधिकारी अमृत सूेदीले गर्नुभएको थियो ।









