११ असार

पर्वत – पर्वतको महाशीला गाउँपालिकाले आगामी आर्थिक वर्ष ०७६\०७७ का लागि बजेट तथा योजनाहरु सार्वजनिक गरेको छ ।
आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यन्वयनका गर्नका लागि गाउँपालिकाले ३४ करोड ७४ लाख ५१ हजार २ रुपैया बराबरको बजेट विनियोजन गरेको छ । जस अन्तर्गत चालुखर्चमा राजश्वबाँडफाँड र आन्तरिक आयबाट प्रशानिक चालु खर्च २ करोड ८० लाख १० हजार र ससर्त तर्फ संघीय सरकारको तोकिएको कार्यक्रम र अनुसूची ६ मा बाँडफाँड भएबमोजिम १२ करोड ८० लाख र सामाजिक सुरक्षा तर्फ ३ करोड रुपैया रहेको छ । त्यसैगरी पुँजीगत खर्च तर्फ कार्यालय व्यवस्थापनमा ९लाख ५० हजार, पूँजिगत खर्च क्षेत्रगत रुपमा आर्थिक विकास क्षेत्रमा रु ३ करोड, ७४ लाख ४० हजार र सामाजिक विकास क्षेत्रमा १करोड ४५ लाख ४५ हजार रुपैया बिनीयोजन भएको छ ।
बजेटको पुर्ण पाठ 
१. महाशिला गाउँपालिकाको उपाध्यक्षको हैसियतले यस सम्मानित सभा समक्ष आगामी आ.व. २०७६।७७ को बजेट प्रस्तुत गर्न पाउँदा निकै गौरवान्वित भएकी छु । यस अवसरमा राजनीतिक परिवर्तनको लागि जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात शहीदहरु प्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु । त्यसैगरि समृद्ध महाशिलाको परिकल्पनामा साथ दिनुहुने सम्पूर्ण महाशिलाबासी दाजुभाई तथा दिदीबहिनीहरु प्रति हार्दिक आभार व्यक्त गर्न चाहान्छु ।
२. सिमित स्रोत साधनको बाबाजुत पनि जनताका आधारभुत आवश्यकता पूरा गर्दै स्रोतको समन्यायिक वितरण तथा महोत्तम उपयोग मार्फत समृद्ध महाशिला निर्माणको महाअभियानमा महाशिला गाउपालिका प्रतिवद्ध छ । यस महाअभियानमा आर्थिक, भौतिक एवं नैतिक साझेदारहरु केन्द्र सरकार, गण्डकी प्रदेश सरकार, विभिन्न दातृ निकाय एवं महाशिलाबासी प्रति म आभारी छु ।
३. स्थानीय सरकार गठन भएको दुई बर्ष वितिसकेको अवस्थामा हामीले यस अवधिमा भर्खरै जन्म लिएको स्थानीय सरकारलाई संस्थागत गर्दै जनताले महशुश गर्ने किसिमले सेवा प्रवाह तथा विकास निर्माणको काममा अगाडि बढिरहेको र यसलाई निरन्तर र अझै परिस्कृत रुपमा अगाडि बढ्न गाउँपालिका प्रतिवद्ध र तत्पर छ ।
४. गत बर्ष र चालु आर्थिक बर्षको बजेट कार्यान्वयनबाट महाशिला गाउँपालिकामा सुशासन, विकास र समृद्धिको दरिलो आधार खडा भएका छन । साथै सामाजिक न्याय, गरिवि निवारण, रोजगारी सिर्जना मार्फत उद्यमशिलताको विकास मार्फत जनताको जीवनस्तरमा व्यापक सुधार र भौतिक पूर्वाधारको विकासका महत्वपूर्ण आधार खडा भएको कुरामा म विश्वस्त छु ।
५. आगामी आर्थिक वर्षको बजेट तर्जुमा गर्दा मैले जनताका आवश्यकता र मागहरुलाई प्राथमिकतामा राखेकी छु । साथै यो वर्ष हासिल भएका उपलब्धिहरुलाई संस्थागत गदै विकासका थप आधारशिला खडा गर्न बजेट केन्द्रित गरेकी छु । साथै बजेट मार्फत निम्न विषयहरुलाई समेट्ने प्रयास गरेकी छु ।
ड्ड आर्थिक विकास, गरिवी निवारण र रोजगारीको सिर्जना,
ड्ड पुर्वाधार विकास
ड्ड उत्पादनमुलक तथा छिटो प्रतिफल दिने विषयहरु
ड्ड जनताको जीवस्तर उकास्ने कार्यक्रम
ड्ड स्थानीय स्रोत सीप र साधनको प्रयोग एवं स्थानीय सहभागिता
ड्ड लैङिगक समानता, सामाजिक समावेशीकरण र सामाजिक न्याय
ड्ड दिगो विकास, वातावरणीय संरक्षण तथा संम्वद्र्धन
ड्ड पारदर्शिता, उत्तरदायित्व, सुचनाको हकमार्फत सुशासनको अभिवृद्धि
६. आगामी आ.व.को बजेट तर्जुमामा मैले नेपालको संविधान, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग ऐन २०७४, अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७४, संघीय र प्रदेश सरकारले जारी गरेका नीति, गाउँपालिकाले लिएको नीति , गाउँपालिकामा निर्मित कानुन तथा मापदण्ड, स्थानीय तहको बजेट तर्जुमा दिग्दर्शन, संघ तथा प्रदेशको नीति बजेट तथा कार्यक्रम, स्थानीय स्रोतसाधन, स्थानीय आवश्यकता, विषयगत एवं विभिन्न समितिसंगको छलफल र स्थानीय विभिन्न पक्षहरुको सल्लाह सुझावलाई आधार बनाएकी छु ।
सभाध्यक्ष महोदय,
७. अव म गाउँपालिकाको गत वर्षको यथार्थ , चालु आर्थिक वर्षको संसोधित अनुमान र वित्तिय परिचालनमार्फत भएका उपलब्धि बारेमा संक्षिप्त जानकारी गराउन अनुमति चाहन्छु ।
८. गत आर्थिक वर्षमा गाउँपालिकामा केन्द्र र प्रदेशबाट वित्तिय समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आम्दानी समेत गरि प्राप्त जम्मा रकममा चालु खर्चमा ८३.७ प्रतिशत, पूजीगत ९४.८ प्रतिशत र ससर्त अनुदानको ९,८०,००,०००( नौ करोड असी लाख) मध्ये ९५.७ प्रतिशत खर्च भएको थियो । त्यस्तै सामाजिक सुरक्षामा ९८.५, गरिब संग विश्वेश्वर कार्यक्रममा १०० प्रतिशत, एल.जी.सि.डि.पि तर्फ १०० प्रतिशत, पश्चिम नेपाल ग्रामिण खानेपानी तर्फ ९९.६५ प्रतिशत र पर्यटन वोर्ड तर्फको १०० प्रतिशत गरी कुल ९५ प्रतिशत खर्च प्रगति भएको थियो ।
९. चालु आर्थिक वर्षमा आन्तरिक आयतर्फ रु ५७ लाख ७५ हजार अनुमान गरिएकोमा ३५ लाख राजश्व संकलन हुने संसोधित अनुमान छ । खर्चतर्फ गत बर्षको बाँकी रकम १ करोड ५० लाख अनुमान गरिएकोमा रु १ करोड १३ लाख मात्र बाँकी रहेकोले आम्दनी तर्फ केही रकम घट्ने संसोधित अनुमान छ । त्यस्तै खर्चतर्फ वित्तिय समानीकरण, राजश्व बाँडफाँड तथा आन्तरिक आम्दानीबाट छुट्टाईको चालु खर्च रु २,४९,५०,०००(दुई करोड उन्पचास लाख पचास हजार) मध्ये ११ महिनामा रु १,८८,७५,०२१( एक करोड अठासी लाख पचहत्तर हजार एक्काइस मात्र) ७५.६५ प्रतिशत खर्च भएकोमा असार मसान्त सम्म करिब ९० प्रतिशत खर्च हुने संसोधित अनुमान छ । त्यस्तै वित्तिय समानीकरण, राजश्व वाँडफाँड र आन्तरिक आयमा विनियोजित पूँजीगत रु १० करोड ४५ लाख मध्धे ११ महिनामा ४५.२४ प्रतिशत खर्च भई सकेको छ भने केही ठुला योजनाको भुक्तानी बाँकी रहेकोले असार मसान्तसम्म ७२ प्रतिशत पूँजीगत खर्च हुने संसोधित अुनमान छ ।
सभाध्यक्ष महोदय,
१०. अब म आगामी आर्थिक वर्षको वजेटको सोच तथा लक्ष्य प्रस्तुत गर्न चाहन्छु ।
सोच ः दीगो, समन्यायिक, समावेशी विकास मार्फत सुसंस्कृत र समृद्ध महाशिला निर्माण बजेटको सोच रहेको छ ।
लक्ष्यः आत्र्मनिर्भरताको माध्यमबाट महाशिलाबासीको जीवनस्तर सुधार गरी सुखी र खुशी नागरिक बनाउनु बजेटको लक्ष्य रहेको छ ।
उदेश्यःपुर्वाधारको विकास, सर्वसुलभ आधारभुत स्वास्थ्य सेवा, स्वच्छ खानेपानी, खाद्य सुरक्षा, प्राविधिक र व्यवसायिक शिक्षा, रोजगारीको सिर्जना , समावेशी र सामाजिक न्यायमा आधारित समाज, मानवअधिकार, सन्तुलित विकास र उपलब्ध स्रोत साधनको न्यायोचित वितरण वजेटको उद्देश्य रहेको छ ।
सभाध्यक्षज्यू,
अव म आगामी आ.व.को लागि क्षेत्रगत कार्यक्रम र विनियोजन प्रस्ताव प्रस्तुत गर्न चाहन्छु ।
आर्थिक विकास क्षेत्र ः
११. महाशिलाको सरोकार एक घर एक रोजगार भन्ने मुल नाराका साथ सुरु भएको महाशिला विकास स्वयंसेवक कार्यक्रमलाई अझै प्रभावकारी रुपमा सञ्चालन गर्न र यस कार्यक्रमलाई निरन्तरता दिदै त्यसको लागि रु १ करोड ७८ लाख विनियोजन गरेकी छु ।
१२. कृषिलाई उत्पादनमुखी बनाउदै निर्यातउन्मुख बनाउने उदेश्यको साथ गत आर्थिक वर्ष देखी नै सुरु भएको एक घर एक टनेल कार्यक्रमलाई निरन्तरता दिदै रु २६ लाख ८० हजार विनियोजन गरेकी छु ।
१३. महाशिला गाउँपालिकालाई पर्यटकीय गन्तव्य बनाउन पर्यटन पूर्वाधारको विकास गर्नुपर्ने आवश्यकता देखी नेपालको नयाँ सयौ गन्तब्यमा पर्न सफल महाशिला क्षेत्रको डिपिआर बमोजिमको थप कामको लागि रु ५० लाख र अन्य पर्यटन क्षेत्रको लाथि रु १२ लाख ८५ हजार विनियोजन गरेकी छु ।
१४. पशुपालनको क्षेत्रमा कृषकलाई थप प्रोत्साहन होस, पशुजन्य उत्पादनमा हामी आत्मनिर्भर बन्न सकौ र लिमे पारकोटे पाडापाडी संरक्षण समेत होस भनी प्रति भैसी सुत्केरी ६ सयका दरमा भैसी सुत्केरी कार्यक्रमको लागि रु ३ लाख विनियोजन गरेकी छु ।
१५.कृषि क्षेत्रमा उत्पादन बढाउने र रोजगारीको सिर्जना समेत गर्ने गरी विभिन्न वडामा व्यावसायिक फर्म सञ्चालनको लागि अनुदान स्वरुप रु २० लाख विनियोजन गरेकी छु ।
१६. पशु क्षेत्रको विकास, कृषि क्षेत्रमा औजार सहयोग, तालिम, विउ, प्रविधि, मौरी घार अनुदान, घास विकास तथा विभिन्न फलफुलको विकासको लागि रकम विनियोजन गरेकी छु ।
१७. विभिन्न लक्षित वर्गलाई आयआर्जनमा समावेश गर्ने गरी होजियारी र सिलाई कटाई तालिम, आरन सुधार, अपाङ्गता भएका व्याक्ति, जनजाति र द्धन्द्ध पिडितको सहयोगको लागि रकम विनियोजन गरेकी छु ।
सामाजिक विकास क्षेत्र ः
१८.शिक्षा क्षेत्रलाई प्रविधि मैत्री बनाई गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि थप विद्यालयलाई प्रोजेक्टर अनुदान लाई निरन्तरता दिदै रु १५ लाख विनियोजन गरेकी छु । साथै विद्यालयमा व्याकअपको समेत व्यवस्था गर्न रु १५ लाख विनियोजन गरेको छु ।
१९. गाउँपालिकाका विद्यालयमा जंक फूड निषेध गर्दै अर्गोनिक खाजा खानेगरी सुरु भएको विद्यालय खाजा कार्यक्रमलाई निरन्तरता दिदै बालबालिकाको आमा मार्फत वितरण गर्ने गरी रु १३ लाख विनियोजन गरेको छु ।
२०. महाशिला धुवाँकोट क्याम्पसको प्रशासनिक अनुदान तथा पूर्वाधार विकासको लागि रु १० लाख तथा महाशिला गाउँपालिका अन्र्तगत महेन्द्रज्योति मा.वि मा सञ्चालन भएको व्यावसायिक शिक्षाको प्रशासनिक अनुदान तथा पूर्वाधार विकासको लागि रु ५ लाख विनियोजन गरेकी छु । त्यस्तै शिक्षकको क्षमता विकास तालिम, बाल कक्षा व्यवस्थापन समेतको लागि रकम विनियोजन गरेको छु ।
२१. भिडियो एक्सरे सेवाको लागि कुश्मा, पोखरा वा वालिङ्ग जानुपर्ने वाध्यतालाई अन्त्य गर्न गाउँपालिकाको वडा न.ं ५ स्थित लुंखु प्राथमिक स्वास्थ्य केन्द्रमा भिडियो एक्सरे सेवा सञ्चालनको लागि रु १८ लाख विनियोजन गरेको छु । साथै महिला स्वयंसेविका प्रोत्साहन भत्ता समेतको लागि रकम विनियोजन गरेको छु ।
२२. महाशिला गाउँपालिकालाई नो होम डेलिभेरी घोषणा गर्ने अभियान र सुत्केरी महिलाको स्वास्थ्य अवस्थाको सुधारको लागि स्वास्थ्य संस्थामा सुत्केरी हुने सुत्केरी महिलालाई कुखुरा वा घिउ सहित घरमा भेट्न जाने उदेश्यले अध्यक्ष सुत्केरी भेटघाट कार्यक्रमको लागि रु १ लाख विनियोजन गरेको छु ।
२३. सामाजिक विकृति जाँड रक्सि जुवा तास विरुद्धको अभियानलाई निरन्तरता दिई पूर्ण सार्थकता दिलाउन आवश्यकता बमोजिम खर्च गर्ने गरी रु ३ लाख विनियोजन गरेको छु ।
२४.खेलकुद विकास र प्रर्वद्धन तथा लैङ्गिक समनता तथा सामाजिक समावेशिकरणको लागि समेत रकम विनियोजन गरेको छु ।
पूर्वाधार विकास ः
२५. मल्काबाङ्ग लुंखुदेउराली मिलनचोक भोक्सिङ्ग सुभेद्रीखर्क सडकको लुंखु गानाबाङ्ग खण्डको कालोपत्र गर्ने योजना बहुबर्षिय ठेक्कामा टेण्डर भई सम्झौताको क्रममा रहेकोले उक्त सडकको कालोपत्रेको लागि आगामी आर्थिक वर्षको लागि रु ३ करोड २० लाख विनियोजन गरेको छु । साथै कामको आधारमा थप भुक्तानी दिनुपर्ने अवस्था आएको खण्डमा उक्त सडकको लागि विनियोजन भएको चालु आ.वको अ ल्या भई जाने रकमबाट भुक्तानी दिने गरि विनियोजनको व्यवस्था गरेको छु । साथै सडक पूर्वाधारलाई थप विस्तार तथा स्तरोन्नतिको विभिन्न मुख्य तथा सहायक सडकको लागि रकम विनियोजन गरेको छु ।
२६. आगामी आ. व मा सम्पन्न हुनेगरी गण्डकी प्रदेश सरकारसंगको साझेदारीमा गाउँपालिकामा एक बहुउदेश्यीय सभाहल निर्माणको बहुबर्षिय ठेक्का भई सम्झौता समेत भएकोमा सो कार्यको लागि गाउँपालिकाको तर्फबाट साझेदारी गर्नुपर्ने रकम रु ४० लाख विनियोजन गरेको छु ।
२७.गाउँपालिका अन्र्तगतका ६ वटै वडाहरुमा सेवाप्रवाहलाई थप सहज बनाउन बत्ति गएको समयमा समेत कुनै अवरोध नआउने गरी व्याकअप पूर्वाधारको लागि रु १३ लाख विनियोजन गरेको छु ।
२८. गाउँपालिकामा सूचनाको पहुँच बढाई जनतालाई थप सुसुचित हुने व्यवस्था मिलाउन एक एफ एम सञ्चालनको पूर्वाधार निर्माण तथा अन्य व्यवस्थापनको लागि १० लाख विनियोजन गरेको छु ।
बन, वातावरण तथा विपद व्यवस्थापन ः
२९. गाउँपालिका क्षेत्रमा विभिन्न समयमा आउनसक्ने आकस्मिक विपद तथा संकटको अवस्थामा आकस्मिक उद्धार तथा राहत उपलब्ध गराउन एक विपद व्यवस्थापन कोष स्थापना गरी सोही कोषबाट रकम खर्च गर्ने गरी रु ५ लाख विनियोजन गरेको छु ।
३०. होश्राङ्गदी, बालाकोट र पाखापानीमा पूर्ण सरसफाईको काम अन्तिम चरणमा पुगेकोमा फलामखानी भोक्सिङ्ग र लुंखुदेउरालीलाई पूर्ण सरसफाई वडा बनाउने कार्यक्रम स्वरुप रु ६ लाख विनियोजन गरेको छु ।
३१. कृषकलाई कृषि पेशामा टिकाइराख्न बाँदरको आतंकबाट बसाईसराई गर्ने स्थिति नआओस भन्ने उदेश्यले बालाकोट लुंखु पाखापानी क्षेत्रमा बाँदर नियन्त्रण तथा खाद्य सुरक्षाको वृहत कार्यक्रम सञ्चालनको लागि रु ७ लाख विनियोजन गरेको छु ।
३२. प्रत्येक टोलमा स्टेचर पुर्याउन स्टेचर खरिद, अर्थिङ्ग, वन तथा भु संरक्षणको लागि रकम विनियोजन गरेको छु ।
संस्थागत विकास सेवा प्रवाह र सुशासनः
३३. गाउँपालिकाको वस्तुगत विवरण तयार भई सकेकोले योजनाबद्ध विकासलाई मुर्त रुप दिन आवधिक योजना तयार गर्न रु ४ लाख विनियोजन गरेको छु ।
३४. जनताको सूसुचित हुने अधिकारको प्रर्वद्धन गर्दै सार्वजनिक सुनुवाई, नागरिक वडापत्र निर्माण स्वास्थ्य तथा संघ संस्थाको लेखा परीक्षण, न्यायिक समिति क्षमता अभिवृद्धि तालिम समेत विभिन्न कार्यक्रमको लागि रकम विनियोजन गरेको छु ।
३५. स्थानीय सेवा ऐन गठन नहुदा सम्म र ओ एण्ड एम सर्भे भई कर्मचारी पदपूर्ति नहुन्जेल केही कर्मचारी करार सेवामा निरन्तरता दिई÷राखी सेवा प्रवाह सुचारु गरिनेछ । साथै नेपाल सरकारले तय गरेको वृद्धि तलबमान अनुसार कर्मचारीको तलब तहगत रुपमा समायोजन गरिने छ ।
सभाध्यक्षज्यू,
३६. अव म आगामी बर्षको बजेट विनियोजन र स्रोत व्यवस्थापन अनुमान प्रस्तुत गर्न अनुमति चाहन्छु ।
३७. आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम कार्यन्वयनका गर्न रु ३४,७४,५१,२००( चौतिस करोड चौरहत्तर लाख एकाउन्न हजार दुई सय मात्र ) विनियोजन पेश गरेको छु । जसमा जम्मा चालुखर्चमा राजश्वबाँडफाँड र आन्तरिक आयबाट प्रशानिक चालु खर्च २,८०,१०,०००(दुई करोड असी लाख दश हजार) ससर्त तर्फ संघीय सरकारको तोकिएको कार्यक्रम र अनुसूची ६ मा बाँडफाँड भएबमोजिम १२,८०,००,००० तथा सामाजिक सुरक्षा तर्फ ३०००००००(तीन करोड) रहेको छ । पुजीगत खर्च तर्फ कार्यालय व्यवस्थापनमा ९,५०,०००(नौ लाख पचास हजार), पूजिगत खर्च क्षेत्रगत रुपमा आर्थिक विकास क्षेत्रमा रु ३,७४,४०,०००(तिन करोड चौरहत्तर लाख चालिस हजार) सामाजिक विकास क्षेत्रमा रु १,४५,४५,०००(एक करोड पैचालिस लाख पैचालिस हजार) पूर्वाधार विकासमा रु ५,१७,५५,०००(पाँच करोड सत्र लाख पच्पन्न हजार) वन वातावरण तथा विपद व्यवस्थापनमा रु ३९०७०००( उन्चालिस लाख सात हजार) र संस्थागत सेवा प्रवाह र सुशासनमा रु २०४४०००(विस लाख चौवालिस हजार गरी जम्मा रु १०,९६,९१,०००(दश करोड छयानब्बे लाख एकानब्बे हजार) रहेको छ । त्यस्तै अन्य विषयगत मन्त्रालय एवं विभागबाट प्राप्त हुने रकम सहित जम्मा रु ३४,७४,५१,२००(चौतिस करोड चौरहत्तर लाख एकाउन्न हजार दुई सय मात्र) व्यय अनुमान पेश गरेको छु ।

आगामी आ.व. २०७६।७७ को खर्च व्यहोर्ने स्रोतमा संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ६,८०,००,००० (छ करोड असी लाख), ससर्त अनुदान १२,६०,००,०००(बाह्र करोड साठी लाख), राजश्व बांडफांड बाट ३,९८,००,००० (तिन करोड अन्ठानब्वे लाख), सामाजिक सुरक्षा रकम अनुमानित रु ३,००,००,०००(तिन करोड) त्यस्तै प्रदेश सरकारबाट वित्तिय समानीकरण तर्फ १,२०,९५,००० (एक करोड बीस लाख पन्चानब्बे हजार), राजश्व बांडफाँडबाट १३,७९,००० (तेह्र लाख उननअसी हजार ) तथा ससर्त तर्फ १,००,००,०००(एक करोड) ,आन्तरिक राजश्व तर्फ अनुमानित रु ५८,४०,०००(अन्ठाउन्न लाख चालिस हजार) र यस वर्ष खर्च नभई बाँकी रकम अनुमानित रु १,००,००,०००(एक करोड)रहेको छ । साथै समपूरक अनुदान अनुमानित रु ५०,००,००(पचास लाख), प्रधानमन्त्री रोजगार कार्यक्रम अनुमानित रु १,००,००,०००(एक करोड), संस्कृति तथा पर्यटन मन्त्रालय रु ५०,००,०००(पचास लाख), पर्यटन बोर्ड अनुमानित रु ८,००,०००(आठ लाख), पूर्वाधार साझेदारी कोष अनुमानित ८०,००,०००(असी लाख) तथा कन्टेन्जेन्सी रु १५,३७,२०० गरी जम्मा रु ३४,७४,५१,२००(चौतिस करोड चौरहत्तर लाख एकाउन्न हजार दुई सय मात्र) आय अनुमान पेश गरेको छु ।
सभाध्यक्षज्यू,
३८. अव म आगामी आर्थिक वर्ष २०७६।७७ को राजश्व परिचालनको नीति तथा कार्यक्रम प्रस्तुत गर्न अनुमति चाहन्छु ।
३९ . कर प्रणालीमा संरचनात्मक सुधार गदै करको दायरा फराकिलो पार्दै लगिनेछ । कर प्रणालीलाई वैज्ञानिक, अनुमानयोग्य र पारदर्शि प्रणालीको रुपमा विकास गरिनेछ । करयोग्य सवै किसिमको आयलाई करको दायरामा ल्याउदै कर छली तथा चुहावट नियन्त्रण गरी कराधार फराकिलो पारिनेछ ।
४०. चालु आर्थिक वर्षमा लगाईकाका करका दरहरुमा सामान्य हेरफेर गरेको छु । साथै करको दायरा विस्तार गर्न थप केही कराधार थप गरिएको छ ।
४१. गत आ.व.को यथार्थ खर्च, चालु आ.व.को संसोधित खर्च अनुमान र आगामी आर्थिक वर्षको अनुमानित आय व्ययलाई अनुसूचीमा उल्लेख गरेको छु ।

अन्त्यमा, बजेट निर्माणको लागि मार्गदर्शन गर्नु हुने श्रीमान अध्यक्षज्यू, वडाअध्यक्ष लगायत सम्पूर्ण जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत लगायत सम्पूर्ण कर्मचारी प्रति आभारी छु । विभिन्न विषयगत समिति, राजनीतिक दल, सरकारी एवं गैरसरकारी क्षेत्र, नागरिक समाज, बुद्धिजिवी एवं आम महाशिला बासी दाजुभाई तथा दिदीबहिनीहरु प्रति हार्दिक आभार प्रकट गर्न चाहन्छु । साथै आगामी आर्थिक वर्षको बजेट कार्यन्वयनमा सबै पक्षको पूर्ण सहयोग रहने अपेक्षा गरेको छु ।
धन्यवाद ।
हिरा कुमारी राना
उपाध्यक्ष
महाशिला गाउँपालिका