१० असार
पर्वत । कूश्मा नगरपालिकाले आर्थिक वर्ष ०७६\०७७ का लागी उनासी करोड आठ लाखको वजेट अनूमानित गरेको छ । नगर प्रमूख रामचन्द्र जोशी वैठक कक्षमा प्रवेश गरे संगै राष्ट्रिय गान वजेको थियो । नगर प्रमूखले आगामी आर्थिक वर्षको वजेट प्रस्तूत गर्न नगर उपप्रमूख सीता काप्ले लामिछानेलार्ई अनूमती दिनूभएको थियो ।
आज भएको नगर सभामा पेश गरिएको वजेटमा कुल आयको चालू तर्फ ७ करोड १६ लाख,वडा कार्यालयको चालू तर्फ २ करोड २८ लाख ५४ हजार र पूजिंगत तर्फ ९ करोड ९४ लाख ४७ हजार विनियिोजन गरेको छ । विषयगत शाखाको कार्यक्रमको लागी २ करोड ६० लाख विनियोजन गरेको छ । संघिय सरकार वाट हस्तान्तरीत कार्यक्रमका लागी ३५ करोड २० लाख २० हजार विनियोजन गरेको छ ।

नगर सभामा वजेट प्रस्तूत गर्दै कूश्मा नगरका उप प्रमूख सीताकाप्ले लामिछानेले नगर भित्र वालमैत्री,यूवामैत्री,लैगिंकमैत्री,अपाड्ग मैत्री कार्यक्रम संचालन गरिने उल्लेख गर्नु भयो । नगरलाई सफा र खूला प्लाष्टीक मूक्त क्षेत्र वनाउने उद्य्घोष गर्दै प्रयाप्त वजेटको व्यवस्था गरेको जानकारी दिनूभयो ।
आगामी आवका लागी संघ र प्रदेश सरकार वाट संचालन हूने आयोजनाका लागी म्याचिङफण्डको व्यवस्था गरिएको छ । विपद व्यवस्थापन,संस्थागत सूधार,शूसासनका लागी समेत वजेटको व्यवस्था गरिएको छ ।
गैह्सरकारी संस्था संगको साझेदारीलाई निरन्तरता दिदै पत्रकारीता क्षेत्रको प्रवर्धनका लागी सूचना प्रकाशन तथा पत्रकारीताका लागी ८ लाखको व्यस्था गरेको छ । प्रस्तूत वजेट छलफल र पारितका लागी १८ गते पून नगर सभा वस्ने गरि उक्त सभा स्थगित गरिएको छ ।