९ असार
पर्वत । कुश्मा नगरपालिकाको आर्थिक र्वा ०७६्०७७ को निति तथा कार्यक्रम प्रस्तूत भएको छ । चौथो नगरसभामा आज नगर प्रमूख रामचन्द्र जोशीले ८ पृष्ठ लामो निति तथा कार्यक्रम प्रस्तूत गर्नु भएको छ । आज अप्रान्ह उद्योग वाणिज्इ संघको सभाहलमा संचालन भएको नगरसभामा उक्त कार्यक्रम प्रस्तूत गर्नु भएको हो । नगर प्रमूख सभाहलमा प्रवेश गरे सगै सगै नगरसभाका सदस्यहरु उठेर सम्मान गरेका थिए । त्यस लगतै राष्ट्रियगान वजाईउको थियो ।
नगर प्रमूख जोशीले नगर कार्यपालिकाका सदस्य,संचारकर्मी,कर्मचारीहरु,तथा नगरवासीहरुको उपस्थितिमिा पेश गरिएको निति तथा कार्यक्रममा आगामी २ वर्षमा दुग्धजन्य पदार्थ,अण्डा,माछा मासूमा कुश्मा नगर आत्मनिर्भर हूने घोषणा गरिएको छ । त्यसका लागी एक वाडा एक उत्पादनको अवधारणा ल्यार्ईएको छ । कृषि पकेट क्षेत्रको विकास गर्ने उल्लेख गरिएको छ ।

पहिलो पृष्ठमा विगत आ व मा भएका प्रगतीको वारेमा समिक्षा गरिएको छ । कृषिलाई उच्च प्राथमिकतामा राखिएको छ । पर्यटन,वनवातावरण,पुर्वाधार खानेपानी,सामाजिक सुरक्षा, सहकारी,लैगिंक समावेशीकरण लगायतका विषयहरु समेटिएको छ ।
सरकारी तथा गैह् सरकारी संघसंस्था संग साझेदारी गरि चेतना,आयआर्जनका कार्यक्रम संचालन गर्ने उल्लेख गरिएको छ । सहकारीलाई मर्जगर्न प्रोत्साहन गरिएको छ । काठे विद्यूतिय पोललाई विस्थापित गरि ग्वाल्वनाईज फलामे पोल राख्ने निति वनाएको छ ।
संचारमैत्री कार्यक्रमका लागी संचारकर्मीको क्षमता विकास तथा व्यवस्थपनका लागी निति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।
आजको नगर सभा निति तथा कार्यक्रम पेश गरि स्थगित गरिएको छ । भोली वजेट प्रस्तूत गरेपछि सवै सदस्यहरुले छलफल पश्चात निति तथा कार्यक्रम वजेट पास गर्ने कार्यक्रम रहेको छ ।









