आर्थिक वर्ष २०७६्\०७७ को नीति तथा कार्यक्रम

मितिः २०७६ असार ९
नगर सभाका सदस्यज्यूहरु,
नेपालको संविधान बमोजिम कुश्मा नगरपालिकाको आर्थिक वर्ष ०७६्७७ को नीति तथा कार्यक्रम यस गरिमामय सभामा प्रस्तुत गर्न पाँउदा मलाई खुसी लागेको छ । यस अवसरमा म नेपाल र नेपालीको सम्मुन्‍नत भविष्यका लागि आजको अवस्थासम्म मुलुकलाई ल्याई पुर्‍याउन नेपाली जनताले पटक पटक गर्दै आएको सवै प्रकारको आन्दोलनहरुको स्मरण गर्दै उच्च सम्मान गर्दछु । राजनीतिक परिबर्तनको यस अभियानमा आफ्नो जीवनको वलिदान गर्नुहुने सम्पूर्ण ज्ञात अज्ञात सहिदहरुलाई स्मरण गर्दै हार्दिक श्रद्धान्जली अर्पण गर्दछु ।

नगरसभाका सदस्यज्यूहरु,

म नगरपालिकाको आ।व। २०७६्०७७ मा अवलम्वन गर्ने मार्गनिर्देशक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

१ २०७४ बैशाख ३१ मा सम्पन्न स्थानीय तहको निर्वाचनले संविधान कार्यन्वयन, संघियताको जग बसाउने तथा नागरिक अधिकार, स्थानीय तहको आवश्यकता र अपेक्षा प्रत्याभुति गर्ने महत्वपूर्ण मार्गनिर्देशन गरेको थियो ।साथै स्थानीय स्तरबाट नै लोकतन्त्रको अभ्यास र समृद्दि दिलाउने आसा र भरोसा दिलाएको थियो । उक्त निर्वाचन पश्चातको २ वर्षको कार्यअनुभवले निर्वाचित पदाधिकारीहरुलाई दिगो विकासको अवधारणा बमोजिम बजेट विनियोजन गर्ने मार्ग प्रसस्त प्रदान गरेको छ ।यस अनुभवलाई मध्यनजर गर्दै आगामी आ।व। २०७६र०७७ को लागि व्यवहारीक, जनउपयोगी, नगरपालिकाको दुरदृष्टी, ध्येय, उद्देश्य, लक्ष बमोजिम आगामी आ।व। २०७६्०७७ को नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ ।
२ आगामि दिनमा कुश्मा नगरपालिकालाई वित्तिय रुपमा सवल, समृद्द, स्वस्च्छ, सफा, हराभरा, सभ्य, धार्मीक सामाजिक रुपमा राजनीतिक षहिस्णुता पुर्ण समाज, विकसित, आधुनिक र सेटलाइट नमुना नगरपालिका वनाउने तर्फ केन्द्रित भइ नीति, योजना र कार्यक्रमहरु संचालन हुनेछन ।
३ आत्मनिर्भर नगरपालिकाको लागि वित्तिय रुपमा सवल हुनु जरुरी छ त्यस कारण नगरपालिकाबाट करको दायरा बढाउने र विगतका करको दरलाई निरन्तरता दिने नीति अवलम्वन गरिनेछ । कर शिक्षालाई अभियानको रुपमा संचालन गरिनेछ । राजश्व परिचालनमा पर्वत उद्योग वाँणिज्य सघसँग गरिएको साझेदारीलाई निरन्तरता दिइनेछ ।
५ पहिलो र दोस्रो बर्ष हामीले ससाना टुक्रे कार्यक्रमलाई पनि महत्व दिनुपर्ने बाध्यता रहेकोमा आगामी आर्थीक वर्षमा दीर्घकालिन महत्वका दीगो विकासका कार्यक्रमहरु संचालन गर्ने गरी प्रत्येक वडाका कम्तिमा एक ओटा ठूला पुर्वधार योजना संचालन गरिने छ ।

नगरसभा सदस्यज्यूहरु,

अव म चालु आ व २०७५र७६ मा प्राप्त गरेका मुख्य उपलव्धिहरु प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

१ नगरपालिकाबाट हालसम्म ६ वटा ऐन र ९ वटा कार्यविधि जारी भई कार्यान्वयनमा आएका छन ।
२ चालु आ।व। २०७५र७६ का नगरपालिका र वडा स्तरीय ४०६ विकास आयोजना सवै वडामा कार्यान्वयनमा रहेका छन । जसमध्य २०५ आयोजना सम्पन्न भएका छन ।
३ २०७६ साल जेष्ठ मसान्त सम्म सवै आयोजनाको उपभोक्ता समिति मार्फत कार्यान्वयन प्रक्रिया अगाडि बढी ७०५ वित्तिय प्रगति हासिल भएको छ ।
४ वडा नं। ८ मा विष्णु वाटिका तथा वडा नं। ७ मा ॐ पार्क निर्माण कार्य अगाडि वढिरहेको छ ।

५ वडा नं। ७ मा ज्येष्ठ नागरिक स्वास्यथ्य उपचार परामर्श केन्द्र भवन सम्झौता भइ निर्माण कार्य अगाडि वढाइएको छ ।
६ एक घर एक धारा कार्यक्रम अन्तर्गत विभिन्न स्थानमा खानेपानी योजना संचालनमा रहेका छन ।

७ नगरपालिकाको शिक्षा शाखा तर्फ अंगैृजी टाल्कीड मेटेरियल वितरण, २ वटा विद्यालय मर्ज गरिएको छ । विद्यालयलाई सूचना प्रविधिमैत्री वनाउने कार्य अगाडि वढाइएको छ ।
९ नगरपालिका भित्र दुई ओटा नमुना विद्यालय निर्माण कार्य प्रारम्भ भएको छ ।
१० स्वास्थ्य शाखा तर्फ वडा नं। १३ मा वर्थिड सेन्टर संचालन गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । साथै वडा नं। १० मा वर्थुड सेन्टर को लागि कोठा निर्माणको कार्य अगाडि बढाइएको छ ।
१० नगरपालिका अन्तर्गत विभिन्न स्थानहरुमा घुम्ति स्वास्थ्य शिविर आयोजना गरी विज्ञ विशेषज्ञबाट नागरिकलाई निशुल्क स्वास्थ्य परिक्षण काम सम्पन्न भएका छन ।
११ संघिय सरकारको शसर्त र नगरपालिकाको अनुदान रकमबाट सवै स्वास्थ्य चौकी र सामुदायीक स्वास्थ्य संस्थामा वाह्रै महिना तोकिएको स्वास्थ्य परिक्षण, निशुल्क औषधि वितरणका काम निरन्तर भैराखेका छन ।
१२ नगरपालिका भित्र सवै २४ महिनाभित्रका वालवालिकालाई निरन्तर खोप र अभियानका रुपमा खोप विस्तारको सुपरिवेक्षण गरी पुर्ण खोप सुनिश्चतालाई निरन्तरता दिइएको छ ।
१३ नगरपालिका अन्तर्गत वडा नं। १ नयाँ शहरी स्वास्थ्य केन्द्र स्थापना भएको छ साथै कुश्मा स्वास्थ्य चौकीमा ल्याव सेवा संचालनमा आएको छ ।
१४ नगरलाई आर्थिक रुपमा सम्मृद्ध बनाई गरिवी निवारण गर्न कृषि तथा पशुमा आधारित स्वरोजगारीका कार्यक्रमहरु संचालनमा छन । उद्यमशीलता विकास मार्फत व्यवसाय विस्तार गर्ने गरी बिभिन्‍न प्रकृतिका ब्यवसायिक तथा सीपमूलक तालिम कार्यक्रमहरुलाई अगाडि बढाईएको छ ।
१५ कृषि शाखा तर्फ मेशिनरी औजार वितरणमा ५० प्रतिशत अनुदान, फलफुलका विरुवा वितरणमा छण् प्रतिशत अनुदान, प्लास्टिक टनेल वितरण, माटो परिक्षण लगायतका कार्यसम्पन्न भएका छन ।
१६ दुध उत्पादनलाई प्रथामिकतामा राख्दै हिउँदमा हरियोको लागि जै घाँसका विउ, वर्षे, वहुवर्षे घाँसको विउ वितरण, उन्नत जातको राँगा, वोका वितरण, पशु स्वास्थ्य शिविर तलिम, कुखुराको चल्ला वितरण, लगायत दर्तावाला व्यवसायीक पशुफर्महरुलाई आवश्यक उपकरण खरिद वितरणका कार्यक्रम सम्पन्न भएका छन ।
१७ नगरपालिकाको कृषि विकास शाखाको आयोजनामा नगरक्षेत्रका विभिन्न स्थानहरुमा साना सिचाइ र भकारो सुधार कार्यक्रमहरु सम्पन्न भएका छन् ।
१८ कुश्मा नगरलाई स्वच्छ, सफा र सुन्दर नगरको रुपमा चिनाउन नगरमा उत्पादन हुने फोहोरलाई अत्याधुनिक प्रबिधिको प्रयोग समेत हुने गरी नयां ब्यवस्थापनका साथ कुश्मा नगरपालिका वडा नं। द्ध को अलैचिवारी स्थानमा ल्यान्ड फिल साइट को निर्माण गरि फोहोरमैला व्यवस्थापन कार्य हुँदै आएको छ ।
१९ लेखा प्रणालीलाई व्यवस्थीत र सरल वनाउन संचितकोष व्यवस्थापन प्रणाली ९सुत्र० मा आधारीत अनलाइन सर्भिसबाट काम सुरु भएको छ ।
२० आ।व। ०७४र७५ को आन्तरिक र अन्तिम लेखा परिक्षणका साथै चालु आ।व। को चैत्र मसान्त सम्मको आन्तरिक लेखापरिक्षण सम्पन्न भएको छ ।
२१ सवै वडाहरुमा अनलाइन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सेवा संचालन गर्ने उद्देश्यका साथ अनलाइन व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा तालिम सम्पन्न भए पश्चात हाल सम्म ४ वटा वडाकार्यालयबाट अनलाइन व्यक्तिगत घटनादर्ता सेवा शुरु गरिएकोछ ।
२२ २०७५ बैशाख देखि चैत्र मसान्तसम्ममा जन्म दर्ता ज्ञद्दढछ, मृत्यु दर्ता १०८, विवाह दर्ता ४३५, वसाइसाइ दर्ता ९२, सम्वन्ध विच्छेद दर्ता १ गरी जम्मा १९६१ घटना दर्ता पञ्जिकरण भएको छ ।
२३ सामाजिक सुरक्षा भत्ता वितरण पहिलो चौमासीकमा रु २ करोड ६७ लाख ४९ हजार ४०० सय। दोस्रो किस्तामा रु २ करोड ६६लाख ८१ हजार ६०० वितरण गरिएको छ भने तेस्रो चौमासीकको वितरणको क्रममा रहेको छ ।
२४ नगरपालिका भित्रका सवै वडाका अपाङ्ग, फरक क्षमता भएका नागरिकहरुको पहिचानका लागि कार्यविधि तयार गरि क,ख, ग, घ वर्गका अपाङ्ग परिचयपत्र वितरण गरिएको छ ।
२५ ज्येष्ठ नागरिक अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ ।
२६ नगरसभाका महिला सदस्यज्यूहरुलाई महिला वालवालीका सम्वन्धि कानूनको वारेमा जानकारी दिने उद्देश्यले एक दिने अभिमुखिकरण कार्यक्रम लगाएत विभिन्न लक्षित कार्यक्रमहरु संचालनमा रहेका छन ।
२७ चालु आ।व। मा नगरपालिकाले लिएको राजश्व सम्वन्धि नीति पुर्ण रुपमा कार्यान्वयन भइ राजश्व संचालन लक्ष्यको ७० प्रतिशत हाँसिल भएको छ भने वाँकि कर राजश्व उठ्ने क्रममा रहेको छ ।
२८ प्रधानमन्त्री रोजगार कार्यक्रम सवै वडामा लागु भई कार्यविधिले तोकेका निर्माण कार्यहरु संचालनमा रहेका छन् ।
२९ नगरको भौगोलिक विविधता, आर्थिक,सामाजिक, सांस्कृतिक तथा पर्यावरणीय विशिष्ठता र नगरबासीको चाहनालाई आत्मसात गर्दै विकासका गतिविधिहरुलाई अगाडी वढाउने प्रयासमा हामी लागेका छौं।
३० कुश्मा नगरपालिका वडा नं १ मा प्रदेस सरकार सँगको सहकार्यमा नमुना कृषि गाँउ कार्यक्रम संचालनमा रहेको छ ।
नगरसभा सदस्यज्यूहरु,
कुश्मा नगरपालिकाको पहिलो र दोस्रो नगरसभाबाट तय गरेका दीर्घकालिन महत्वका नीति तथा कार्यक्रमहरुलाई निरन्तरता दिने गरी आगामी आर्थिक वर्ष २०७६्०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने अनुमति चाहान्छु ।
क। आर्थिक विकास तर्फ
ड्ड कृषि तथा पशु सेवा विकास
१ आर्थिक विकासको प्रमुख आधारको रुपमा रहेको कृषिमा नगरलाई आत्मनिर्भर वनाउने उद्देश्यका साथ कृषिको उत्पादन तथा उत्पादकत्व वृद्दि, व्यवसायिकरण र वजारिकरणमा जोड दिइनेछ । यसका लागि संभाब्यताका आधारमा प्रत्येक वडाहरुलाई एक एक वटा उत्पादनमा पकेट क्षेत्रको रुपमा विकास गर्दै लगिने छ ।
२ एक वडा एक कुश्मा मोडलफर्म घोषणा, कृषि, पशु, व्यवसाय उद्दोग प्रवर्धनमा विशेष जोड दिइनेछ ।
३ कृषिको उत्पादकत्व वृद्धिका लागि सिँचाई, उन्नत प्रविधिको प्रयोग, कृषि सामाग्रीको आपुर्ति, , विद्युत तथा कृषि विज्ञको सेवामा कृषकको पहुँच वृद्धि गर्दै कृषकहरुको जीवनस्तरमा सुधार ल्याउने विशेष प्रकृतिका कार्यक्रमहरु सञ्चालनमा जोड दिइनेछ ।
४ खेतीयोग्य जमिनको संरक्षण गर्दै कृषि उत्पादनका लागि उपयोग गर्नमा जोड दिइनेछ ।कृषि योग्य बाँझो जमिनलाई लिजमा लइ स्वरोजगार कार्यक्रम संचालन गरिनेछ ।
५ कृषि व्यवसाय प्रवर्दनको लागि समूहमा आधारित सहयोग कार्यक्रममा प्रथामिकता दिइनेछ ।
ट
६ कृषि सहकारी मार्फत कृषि वजार व्यवस्थापन गरिनेछ ।पर्यटकिय क्षे
त्रमा स्थानीय उत्पादित तरकारी प्रयोग गर्न प्रोत्साहान गर्ने नीति लिइनेछ ।
७ कृषि सामाग्री, उन्नत विउ विजन खरिद, दुग्ध संकलन, घाँस खेती आदिका लागि व्यवसायीक कृषि समुहलाई समय समयमा अभिमुखिकरण एवं अनुदानका कार्यक्रमहरु संचालन गरिनेछ ।
८ सहकारी मार्फत कृषि उपजहरुको थोक बजार व्यवस्थापनको लागि संघ प्रदेश र नगरपालिकाको सहकार्यमा कृषि वजार पुर्वाधारको निर्माण गरिनेछ । कृषि तथा पशुपञ्छी फर्महरुलाई उत्कृष्ट केन्द्रको रुपमा विकास गरिनेछ । कृषिका पकेट व्लकहरुको वर्गिकरण गरी ति स्थानहरुमा सिचाइको व्यवस्था गरिनेछ । कृषि विकास उत्पादन वृद्दिका लागि यान्त्रिक प्रविधिलाई प्रथामिकता दिइनेछ । कृषकहरुको सुविधाका लागि यन्त्र उपकरण दिइदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।
९ तरकारी तथा फलफुलखेतिको उत्पादन गरि निर्यात गर्ने नीति लिइनेछ, यसको लागि दिदै आएको अनुदानलाई निरन्तरता दिइनेछ ।एक वडा एक उत्पादनको कार्यक्रमको सुरुवात गरिनेछ । कुश्मा नगरपालिका भित्रका पाङ्ग, अर्मादी, ज्ञाँदीक्षेत्र, पकुवा, खुर्कोट, शिवालय र चुवालाई कृषि तथा फलफुलको पकेटक्षेत्रको रुपमा विकास गरिनेछ ।
१०। कृषि उत्पादन मार्फत कृषिमा आत्मनिर्भरता हाँसिल गरिनेछ । यसको लागि व्यवसायीक कुखुरा तथा पशुपालनमा जोड दिइनेछ । आगामि दुई वर्ष भित्रै नगरपालिकालाई दुग्धजन्य पदार्थ, अण्डा र मासुमा आत्मनिर्भर वनाइनेछ ।
११ स्वस्थकर मासु विक्रिका लागि नगरमा स्थापित मासु पसलहरुको नियमित अनुगमन तथा सुपरीवेक्षण मार्फत स्तरवृद्धी गरिने एक मिट मार्ट स्थापनामा जोड दिइनेछ ।
१२ एक वार्ड एक नमुना कृषि फार्म अवधारणालाई अगाडि बढाइनेछ ।
१३ व्यवसायीक रुपमा पुष्प खेति गर्ने कृषकलाई प्रोत्साहन गरिनेछ ।
१४ सामुदायीक वनमा वहुउपयोगी जडिबुटी, फलफुल, डालेघाँस लगाएतको वोट विरुवा प्रवर्दन गर्ने नीति लिइनेछ ।
१५ कृषि व्यवसाय तर्फ आकर्षण गर्न कृषि उत्पादन पश्चात विक्रि वितरणको व्यवस्था मिलाइनेछ ।
१६ वाली तथा पशुपञ्छी विमालाई प्रभावकारी वनाउन कृषक र विमा कम्पनीसँग समन्वय गरी प्रतिफलमा आधारीत विमा कार्यक्रम कार्यान्वयन गरिनेछ ।

ड्ड पर्यटन
१ पर्यटनको प्रचुर सम्वाभना रहेको कुश्मा नगरपालिका भित्र पर्यटनबाट आर्थीक आय आर्जन गर्नको लागि आगामि आर्थीक वर्षमा पर्यटन गुरुयोजना तयार गरी पर्यटन पुर्वाधार निर्माण गरिनेछ ।
२ कुश्मालाई आकर्षित, सुरक्षित, मनोरम, सहसिक पर्यटन गन्तव्यको रुपमा विकास गरिनेछ । क्यानोनिङ्ग, (याफ्टिङ्ग वञ्जिजम्पिङ्ग जस्ता सहासिक खेलहरुको प्रवर्धन गरिनेछ ।
३ कुश्मा नगरलाई अग्ला झोलुङ्गे पुलको नगरका रुपमा पहिचान दिन व्यापक प्रचार प्रसार गरिनेछ ।
४ नगरपालिका भित्रका होमस्टेको संरक्षण, विकास गर्दै प्रदेश सरकारको सहकार्यमा पर्यटकिय गन्तव्यको रुपमा विकास गरिनेछ । होमस्टे कार्यक्रमलाई अर्गानिक कृषि उत्पादन र साना तथा घरेलु उत्पादनसँग आवद्ध गरी पर्यटन पर्वद्धन गरिनेछ ।
५ लोपोन्मुख भाषा कला संस्कृतिको संरक्षण गरिनेछ । कुश्मा नगरपालिका भित्र रहेका शिवालय, गुप्तेश्वर, मोदीवेणी पार्वती जन्मभुमी स्थल ९पार्वती चौर०, पार्वती गुफा, सहस्रधारा दिव्यधाम, कोट कालिका, दुर्लुङ्गकोट, विष्णु वाटिका, ॐ पार्क, अलपेश्वर, ठूलिपोखरी, जुम्लिथान, पञ्चासे, विभिन्न गुम्वाहरु र मस्जिद लगाएत सबै धार्मिक एवं सांस्कृतिक स्थानहरु समेटि वृत्त चित्र एवं अन्य सामाग्री तयार गरिनेछ ।
६ नगरपालिका भित्र रहेका पर्यटकिय पदमार्गहरुको विस्तार एवं मर्मत संभार गरिनेछ ।
७ जिविकोपार्जन र रोजगारीका अवसर वृद्दि गर्न पर्या(पर्यटन, माइस ९माईस० पर्यटन, जल पर्यटन, कृषि पर्यटन, खेल पर्यटन, धार्मिक पर्यटन र ग्रमिण पर्यटन जस्ता पर्यटन वर्यवसायको विविधिकरण तथा विस्तारमा जोड दिइनेछ । पर्यटन क्षेत्रलाई अन्य क्षेत्रसँग आवद्ध गरि उत्पादक्व वृद्दि गरिनेछ ।
ड्ड सहकारी
१। सहकारी क्षेत्रलाई अर्थतन्त्रको महत्वपुर्ण स्तम्भको रुपमा परिचालन गर्दै कुश्मा नगरपालिकामा रहेको सहकारीको प्रोफाइल निर्माण गरि प्रदेश सरकारको सहकार्यमा विभिन्न तालिम क्षमता विकासका कार्यक्रमहरु संचालन गरिनेछ ।
२ वचत तथा ऋणको कारोवार गर्ने सहकारी संस्थाहरु एकिकरण गर्ने कार्यलाई प्रोत्सहान गर्दै नियमन र सुपरिवेक्षण गर्ने कार्यलाई प्रभावकारी वनाइनेछ ।
३ महिला सहकारीलाई प्रथामिकता दिई सामाजिक, आर्थीक आय आर्जनमा सहभागिता एवं परिचालनमा जोड दिइनेछ ।

ड्ड राजश्व परिचालन
१ दक्ष, व्यवसायीक, स्वच्छ, सुदृढ, अनुमान योग्य राजश्व प्रणालिको विकासबाट निजि लागानीमैत्री वातावरण सृजना गरिनेछ ।
२ करदातामैत्री कर प्रशासनको विकास र प्रकृयागत सरलिकरण तथा सुचना प्रविधिको प्रयोग बढाइ करको दर भन्दा दायरा अभिवृद्दिलाई प्रथामिकता दिइनेछ । नगरपालिकाको वित्तिय सवलताको लागि राजश्व अभिवृद्दि गर्न आगामी आ।व। मा राजश्व सुधार कार्ययोजना तयार गरी राजश्व परिचालन गरिनेछ ।
३ ढुङ्गा, गिट्टि, वालुवा, दहत्तर वहत्तर, सेलेट स्टोन लगाएतका प्राकृतिक श्रोतको उत्खनन उपयोग र व्यवस्थापनलाई वातावरणमैत्री वनाउन प्रभावकारी अनुगमन र नियमन गरिनेछ ।नगरपालिका भित्र थप सम्भाव्य स्थलको पहिचान र प्रारम्भिक वातावरणीय मुल्याङ्कन गरी आन्तरिक राजश्व अभिवृद्दि गरिनेछ ।
४ उद्योग वाँणिज्य सँघको सहकार्यमा वजार व्यवस्थापन गर्नुका साथै करको दायरामा नआएका व्यवसायीलाई दायरामा ल्याइनेछ ।बहाल करलाई बहुदर लगाई थप व्यवस्थीत गरिनेछ ।
५ साना तथा घरेलु उद्योगलाई प्रोत्साहन तथा प्रवर्द्धन गरिनेछ ।

ख। सामाजिक विकास
ड्ड शिक्षा
१ नगरपालिका भित्र संचालित सामुदायीक तथा संस्थागत विद्यालयहरुको प्रभावकारी व्यवस्थापनको संयन्त्र निर्माण गरिने छ । गुणस्तर मापक सुचकहरुको विकास गरी गुणस्तर सुनिश्‍चित गरिने छ ।
२ गुणस्तरीय शिक्षाका लागि सामुदायीक विद्यालयका शिक्षकहरुलाई आवश्यक तालिम दिने नीति लिइनेछ । न्यून विद्यार्थी भएका विद्यालयहरुलाई प्रदेश सरकार सँगको समन्वयमा एकिकरण तथा समायोजन गर्ने नीति लिइनेछ ।
३ वाल अधिकार सुनिश्चितताको लागि वालमैत्रि स्थानीय तह घोषणा गर्ने कार्यलाई अगाडि बढाउने नीति लिइने छ ।
४ संघ प्रदेश र नगरपालिकाको सहकार्यमा शैक्षिक संस्था, राष्ट्रिय युवा परिषद् र विभिन्न गैर सरकारी संस्थाहरुबाट युवा परिचालन मार्फत मानविय सेवा विपद व्यवस्थापन, वातावरण संरक्षण र सचेतना कार्यक्रम संचालनका साथै विपद व्यवस्थापन कोष खडा गरिनेछ ।
५ सवै विद्यालयमा ईमेल, ईन्टरनेट तथा विद्युतिय हाँजिरी जडान गरि विद्यालयलाई सुचना प्रविधि मैत्री गराइने छ ।नमुनाको रुपमा नगर भित्रको विद्यालयहरु मध्येबाट कुनै द्द विद्यालयहरु छनोट गरि प्रोजेक्टरको माध्यमबाट स्मार्ट टिचिङ्ग प्रक्रिया अगाडि बढाइनेछ ।
६ नगरमा संचालित प्राविधिक शिक्षालाई थप ब्यवस्थित बनाउन आवश्यक पहल गरिनेछ साथै नगरका अन्य माध्यमिक विद्यालयहरुमा प्राबिधिक तथा ब्यवसायिक शिक्षा संचालन गर्नको लागि इच्छुक संस्थाहरुलाई प्रोत्साहन गरिनेछ ।
७ अङ्ग्रेजी माध्यमबाट शिक्षण सिकाइ क्रियाकलापलाई क्रमश माथील्लो कक्षामा विस्तार गर्दै लगिनेछ ।
८ गुणस्तरीय उच्च शिक्षामा नगरबासीहरुको सरल र सहज पहुँचका लागि नगरमा संचालित सामुदायिक क्याम्पसहरुलाई प्रोत्साहन गर्ने नीति लिइने छ ।
९ नगरमा एक सामुदायिक पुस्तकालय स्थापनाको लागि आवश्यक पहल गरिनेछ ।
१०। गरिव, सीमान्तकृत, दलित छात्रछात्राको प्राविधिक तथा व्यावसायिक विषयहरु तर्फ माध्यमिक तथा उच्च शिक्षा अध्ययनमा पहुँच वृद्धी गर्न छात्रवृतिको व्यवस्था गरिने छ ।
११ विद्यालयहरुमा अध्ययनरत छात्रा महिनावारी हुँदा अनुपस्थीत रहने अवस्था घटाउन जनचेतजना जगाउने स्कुल शिक्षा संचालनमा ल्याईनेछ भने छात्राहरुलाई थप प्रोत्साहन गर्न स्यानेटरी प्याड वितरण गरिनेछ ।
१२ बालवालिका तथा युवाको स्वास्थ्य शारिरिक तथा मानसिक विकासको लागि खेलकुदलाई अगाडि बढाउन संघिय सरकार र प्रदेश सरकारसंगको सहकार्यमा समुदाय स्तर देखिनै नियमित रुपमा खेलकुद प्रतियोगिताको आयोजना, क्षमता विकास, प्रोत्साहन कार्यक्रम संचालन गरिने छ ।
१३ सिटिईभिटी तथा प्रदेश सरकारको सहकार्यमा प्राविधिक शिक्षालयको स्थापना तर्फ पहल गरिनेछ ।
१४ आधारभुत तहको परिक्षालाई व्यवस्थीत र मर्यादित ढङ्गबाट संचालन गरी परिक्षा प्रणालिमा सुधार गरिनेछ ।
१५ विद्यालय अनुगमन गरि सुधाराका लागि निर्देशन दिइनेछ ।
१६ स्कुल बाहिर रहेका वालवालिकाहरुलाई विभिन्न प्रोत्साहन कार्यक्रम संचालन गरी भर्ना अभियान शैक्षिक शत्र भरी संचालन गरिनेछ ।
१७ ईड्लीस टाल्कीड मेटेरियल वितरण कार्यलाई यस आर्थीक वर्षमा पनि निरन्तरता दिइनेछ ।

ड्ड स्वास्थ्य
१ नगरपालिका भित्रका अस्पताल स्वास्थ्य चौकी सेवा केन्द्रको स्तर उन्नती गरी प्रभावकारी सेवा प्रवाह गर्न व्यवस्था मिलाइनेछ ।औषधि तथा उपकरण आपुर्तिमा सहजिकरण र पुर्वाधार संरचनाको निर्माण गरिनेछ ।
२ हाल संचालनमा रहेका ६ वटा वर्थुड सेन्टर हरुको गुणस्तरीयता सुनिश्‍चित गरिनेछ । साथै थप ज्ञ वटा स्वास्थ्य संस्था पिपलटारी स्वास्थ्य चौकीमा वर्थिुड सेन्टर को स्थापना गरिनेछ ।
३ नगरपालिकाबाट जिल्ला अस्पतालमा संचालन हुने मृगौला डायलोसिस कार्यक्रमको लागि सहकार्य गरिनेछ ।
४ नगरका युवायुबतीहरुलाई लागु औषधको दुर्ब्यशनीबाट टाढा राख्‍न स्वास्थ्यकर्मी, सुरक्षा कर्मी तथा सामाजिक अभियान्ताको संयुक्त पहलमा आवश्यक सचेतना कार्यक्रम अगाडी वढाइनेछ ।

ड्ड खानेपानी तथा सरसफाइ
१ एक घर एक धारा कार्यक्रमका लागि पानीका मुहान संरक्षण तथा संकलन कार्यक्रम साथै पाङ्ग, खुर्कोट, दुर्लुङ्ग, सल्यान, ठुलिपोखरी र खौला र शिवालयमा लिफ्ट खानेपानी आयोजनाहरु अवलम्बन गरिनेछ ।
२ नगर क्षेत्र भरी नै स्वस्थ्य एवं गुणस्तरीय खानेपानीको पहुँचको सुनिश्‍चितताका लागि संघीय तथा प्रादेशिक सरकारको सहयोग परिचालन का साथै अन्य साझेदार संस्थाहरुको समेत खोजी गरिनेछ ।
३ नगरलाई शुद्द खानेपानी तथा पुर्ण सरसफाइ उन्मुख नगर बनाउने कार्यको थालनी गरिने छ ।

ड्ड लैङ्गिक समानता तथा सामाजिक समावेशिकरण
१। आर्थीक रुपले विपन्न, असक्त, असहाय अवस्थामा रहेका असहाय एकल महिला, अपाङ्गगता भएका वालवालिका, आफ्नो हेरचाह आँफै गर्न नसक्ने व्यक्ति लगायत सबै कुश्मा नगरवासीलाई नगरपालिकाबाट संरक्षित भएको अनुभुति हुने कार्यक्रम संचालन गरिनेछ ।
२ महिला विरुद्द हुने सवै प्रकारको भेदभाव, हिंसा, शोषणको विरुद्द सचेतना अभियान संचालन गरिनेछ ।
३ लौङ्गिक हिंसा विरुद्द शुन्य सहनसिलताको नीति अवलम्वन गरी प्रदेश सरकारसँगको समन्वय तथा सहकार्यमा लैङ्गिक हिंसा तथा सामाजिक कुरिति विरुद्द अभियान संचालन गरिनेछ ।
४ महिलाको श्रमको सदुपयोग र समयको वचत गर्ने प्रविधिको प्रयोगमा जोड दिदै सामाजिक शसक्तिकरण र आर्थीक रुपान्तरण गर्न महिला उद्धमशिलताको विकास गरिनेछ ।
५ ज्येष्ठ नागरिकमा रहेका ज्ञान, सिप र अनुभवलाई अन्तर्पुस्ता हस्तान्त्रण गर्न सहयोग पुग्नेगरी संघ, प्रदेश र नगरपालिकाको सहकार्यमा जेष्ठनागरिक सेवा तथा मिलनकेन्द्र संचालन गरिनेछ ।
६ सामाजिक एवं आर्थीक दृष्टिले कमजोर तथा तुलनात्मक रुपमा विकासका मुल प्रवाहमा पछि परेका वर्ग वा समुहको उत्थान एवं मुल प्रवाहिकरणमा योगदान पुर्याउने कार्यक्रम तथा योजनाहरुलाई प्रथामिकता दिइनेछ ।

ग। पुर्वाधार विकास
१ नगरपालिकाले संघ र प्रदेश सरकारको सहकार्यमा व्यवस्थीत शहरीकरण गर्ने नीति लिइनेछ ।
२ कुश्मा शहरलाई सेटलाइट शहरको रुपमा विकास गरिनेछ ।
३ संघ प्रदेश सँगको साझेदारिमा नगरपालिकाको पुर्वाधारहरुको निर्माण गर्नुको साथै व्यवस्थित शहर विकास गर्न एकिकृत शहरी पुर्वाधार विकास गुरुयोजना तर्जुमा गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
४ कुश्मा नगरपालिकाका सवै क्षेत्रलाई सडक आवद्दता गर्न, जनजिवन सहज बनाउन, कृषि पशु व्यवसायको सहज बजारको लागि ग्रामिण कृषि सडक निर्माण एवं स्तरोन्नती गर्ने नीति लिइनेछ ।साथै एक भन्दा बढी वडाहरु जोड्ने सडकलाई उच्च प्रथामिकता दिइनेछ ।
५ आगामी आ।व। मा नगरपालिका सडक गुरुयोजना तयार पारी कार्यान्वयनमा ल्याइनेछ ।
६ भवन निर्माण संहिता तथा मापदण्डको प्रभावकारी कार्यान्वयन गरिनेछ । सवै भौतिक संरचना लैङ्गिक, वालवालीका र अपाङ्गमैत्री हुनेगरी निर्माण गरिनेछ ।
७ कुश्मा नगरपालिका भित्र रहेका विद्युतका काठे पोललाई प्रदेश सरकार सँगको समन्वयमा क्रमश स्टिल पोलले विस्थापित गर्दै लाने नीति लिइनेछ ।
८ प्रदेश सरकार सँगको लागत साझेदारीमा सघन शहरीविकास कार्यक्रम अगाडि बढाइनेछ ।
९ सरकारी जग्गाहरुको संरक्षण गरी खुला क्षेत्र विकास तथा पार्क निर्माण गरिनेछ ।साथै नगर क्षेत्र भित्रको सरकारी जग्गा छुट्टाइने छ ।
१०। निजिक्षेत्रसँगको सहकार्यमा कुश्मा बजार एवं अन्य क्षेत्रमा वातावरण संरक्षण तथा शहरी सौन्दर्य कायम गर्ने अभियान चलाइनेछ ।
११ संघ, प्रदेश सरकार सँगको सहकार्यमा नगरपालिकाको भवन निर्माण र वडा कार्यालयको भवन निर्माण गरी कार्यालयलाई व्यवस्थीत गर्दै सेवा प्रवाहलाई व्यवस्थीत गरिनेछ ।
१२ उपभोक्ताहरु प्रत्यक्ष रुपमा संलग्न हुने योजनाहरुमा मात्र उपभोक्ता समिति मार्फत कार्य गराउने र यसरी निर्मित योजनाको मर्मत संभारको जिम्मा उपभोक्ता समितिले लिने नीति लिइनेछ ।
१३ नगरमा एक व्यवस्थीत वस पार्क र सिटिहल निर्माणका लागि डिपिआर तयारीको अन्तिम चरणमा रहेको छ । उक्त निर्माण कार्य संघ तथा प्रदेश सरकारसँगको साझेदारीमा आगामि आ।व।मा अगाडि बढइनेछ ।
१४ कुश्मा नगरपालिकाको सवै वडालाई जोड्ने गरी तयार गरिएको रिङ्गरोडको डिपीआर तयार गरी संघ, प्रदेश सँगको सहकार्यमा निर्माणकार्य अगाड बढाइने छ ।
ज्ञछ। व्यवस्थीत, सुरक्षित र सुन्दर कुश्मा नगरीको सपना साकार पार्न सवै किसिमका भवन निर्माण गर्दा अनिवार्य पुर्व स्वीकृती लिनु पर्ने, पुराना भवनहरुको अभिलेखिकरण गर्ने, वस्ती , शहरी योजना तथा भवन निर्माण सम्वन्धि आधारभुत निर्माण मापदण्ड, २०७२ सम्वन्धि कानूनी व्यवस्थालाई कडाइका साथ लागु गरिनेछ ।
१५६ विभिन्न खोला तथा नदिमा झोलुङ्गे पुल निर्माण गर्न प्राथामिकताका साथ बजेट राखिनेछ ।
१७ एल।पि ग्यास चुलोलाई विद्युत, वायोग्यास र सौर्य चुलोले विस्थापन गर्दै जाने नीति लिइनेछ ।
१८ संघ र प्रदेस सरकारको सहकार्यमा पाङ्गको कुनाचौरमा क्रिकेट रङ्गसाला साथै उद्दोग ग्राम निर्माण कार्यलाई अगाडि बढाइनेछ ।

घ। वन, वातावरण तथा विपद व्यवस्थापन
१ नगरपालिका भित्र रहेका सामुदायीक वनको कार्ययोजना नगपालिकाबाट स्वीकृत गर्ने र आम्दानिको १० प्रतिशत नगरपालिकामा पेश गर्ने व्यवस्था मिलाइनेछ ।
२ कुश्मा नगरपालिका स्वच्छ, सफा, हराभरा नगरपालिकाको रुपमा विकास गर्न आधुनिक प्रविधि युक्त फोहोरमैला प्रशोधन केन्द्र स्तरोन्नतीको लागि प्रदेश सरकारसँग सहकार्य गरिनेछ ।कुश्मा नगरपालिकालाई खुल्ला प्लास्टिक र सिसामुक्त वनाइने नीति लिइनेछ ।
३ प्रदेश सरकार सँगको सहलगानिमा शहरी क्षेत्रमा सार्वजनिक शौचालय, उद्यान निर्माण तथा शहरी सौन्दर्य निर्माण वृद्दि गर्ने नीति लिइनेछ । नगरपालिको सवै वडामा फोहोरमैला व्यवस्थापन कार्य विस्तार गरिनेछ ।
४ स्थानीय विपद समितिलाई सक्रिय वनाइ जिल्ला स्थित विपद समिति तथा प्रदेश सरकारको सहकार्यमा राहत तथा उद्दार सामाग्रीको व्यवस्थापन गरिनेछ ।
५ विपद व्यवस्थापन कोष स्थापना गरी प्रयाप्त वजेटको व्यवस्थापन गरिनेछ ।
६ विपद् तथा प्रकोपमा तत्काल उद्धार गर्न तथा प्रकोप नियन्त्रण गर्न दमकललाई सदा झैं तयारी अवस्था राखिनुका साथै आवश्यक थप उद्धार सामग्रीको समेत व्यवस्था गरिनेछ । यसका लागि सामुदायिक संस्था, नेपाल प्रहरी, रेडक्रस तथा अन्य सरोकारवाला निकायहरु वीच संजाल निर्माण गरिनेछ ।
७ सवै सडक निर्माणलाई हरित सडकको अवधारणा अनुसार विकास गरिनेछ । पहिरो जान सक्ने स्थानहरुमा द्यष्य(भ्लनष्लभभचष्लन को बिधि प्रयोगमा ल्याइने छ ।
८ आवधिक योजना, दिगो विकासका लक्षहरुको आन्तरिकरण हुनेगरी नगरका योजना तथा कार्यक्रमहरु संचालन हुने नीति लिइनेछ ।
९ नगरपालिकाभित्र पलास्टिकका गिलास तथा प्लेट निषेध गरिने निति लिइनेछ । साल कटुस लगयतका पातबाट निर्मित दुना टपरी उद्योगलाई प्रवर्द्धन गरिनेछ ।

ङ। सुशासन तथा संस्थागत विकास
१ तथ्याङ्कमा आधारीत योजना तर्जुमा सेवा प्रवाह, बजेट विनियोजन गर्नका लागि नगरपालिकाको वृहत डिजिटाइज्ड नगर पोर्टल आगामी आर्थीक वर्षमा तयार गरिनेछ ।
२ आगामी आर्थीक वर्षमा नगरपालिकाको आवधिक योजना तयार गरी त्यसै अनुरुप आगामी आर्थीक वर्षहरुमा बजेट तथा कार्यक्रम तर्जुमा गरिनेछ ।
३ सरकारी सेवाका प्रक्रियाका सम्वन्धमा यथार्थ विवरण पाउन सक्नेगरी विभिन्न मोवाइल एप्स तथा अनलाइन सिस्टम पद्दतिको विकास गरी कार्यान्वयनमा ल्याइनेछ ।
४ कुश्मा नगरपालिकाको शासकिय स्वच्छता र सुशासन प्रवर्धनलाई सर्वोपरी प्रथामिकता राखि सवै क्षेत्रमा सदाचारीता पद्दती अवलम्वन गरिनेछ । कुश्मा नगरपालिकाको सार्वजनिक प्रशासनको कार्य संस्कृतिमा आमुल परिवर्तन गर्न प्रयाप्त क्षमता विकास कार्यक्रमहरु संचालन गरी जनप्रतिनिधि एवं कर्मचारीहरुको सकरात्मक सोच र कार्यशैलिको विकास गरिनेछ।सार्वजनिक पदाधिकारीहरुको जवाफदेहिता सुनिश्चितता गरिनेछ ।
५ नगरपालिकाका कर्मचारीहरुको कामप्रति तत्पर हुने, सेवाभाव सहित समयमानै काम सम्पन्न गर्ने, जिम्मेवारी वहन गर्ने कार्य संस्कृति विकास गरिनेछ । कर्मचारीहरुको नगरपालिका भित्र सरुवा, पुरस्कार, सजाय, क्षमता अभिवृद्दिको अवसरलाई कार्यसम्पादन मापनका आधारमा गरिनेछ ।
७ कर्मचारीको मनोवल उच्च वनाइ सार्वजनिक सेवा प्रवाह प्रभावकारी वनाउन विभिन्न आर्थीक तथा गैरआर्थीक प्रोत्साहनका कार्यक्रमहरु संचालन गरिनेछ ।
८ नगरपालिकालाई संविधानमा उल्लेखित अधिकारहरुको कार्यान्वयनका लागि विभिन्न ऐन, नियमावली, कार्यविधि निर्देशिका, मापदण्ड तर्जुमा गरिनेछ ।
९ अत्यावस्यक सेवा तथ वस्तु सहज सुलभ र नियमित गराउन तथा उपभोक्ता हक हितको संरक्षण गर्न नियामक सरकारी कार्यालय तथा नीजि क्षेत्रको साझेदारीमा वजार अनुगमनलाई प्रभावकारी वनाइने छ ।
१०। पत्रकार तथा सञ्चारकर्मीको क्षमता विकास तथा प्रवर्धनात्मक कार्यक्रम संचालन गरिनेछ ।
११ सरोकारवाला सरकारी, गैर सरकारी संघ संस्थाको सहकार्यमा नगरपालिका भित्र लागु पदार्थ दुर्व्यसन न्यूनिकरण लगाएतका सचेतनामुलक कार्यक्रमहरु संचालन गरिनेछ ।
१२ सबै वडा कार्यालयहरुमा इलष्लिभ प्रबिधिको प्रयोग मार्फत सेवा प्रवाहको सुदृढीकरण गरिनेछ । व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा, योजना, जिन्सी तथा कर प्रणालीलाई विद्युतिय माध्यममा आवद्ध गरिनेछ ।
१३ नगरका गतिबिधि तथा खर्च बिबरणहरु वेवसाइट मार्फत सार्वजनिक गरिनेछ । विद्युतिय नागरिक वडापत्र मार्फत सेवा प्रवाहको सूचना व्यवस्थापन गरिनेछ ।
१४ जेष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, वालवालिका, महिलाहरुलाई सेवा प्रवाहमा प्राथमिकता दिने नीति लिइनेछ ।
१५ अन्तर स्थानीय तह साझेदारी कार्यक्रमलाई प्रथामिकता दिइनेछ ।
१६ सार्वजनिक खर्च व्यवस्थापन प्रक्रियालाई प्रभावकारी वनाउन पहिलो चौमासीमा ३० प्रतिशत दोस्रो चौमासीकमा ३० प्रतिशत र अन्तिम चौमासीकमा ४० प्रतिशत खर्च गर्ने व्यवस्था मिलाइनेछ ।
अन्त्यमा कुश्मा नगरपालिकाको यस नीति तथा कार्यक्रमको प्रभाबकारी कार्यान्वयन गरी समृद्ध नगर निर्माण गर्न संपूर्ण नगरवासी एबं सरोकारवालाहरुमा हार्दिक अनुरोध गर्दछु धन्यवाद