असार ८
पर्वत । नेपाली कांग्रेसको जनजागरण अभियान कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ्गमा हिजो सम्पन्न भएको छ । उक्त कार्यक्रममा प्रमूख अतिथि नेपाली कांग्रेस कुश्मा नगर सभापती तथा नगर प्रमूख रामचन्द्र जोशीले निष्ठावान नेता वि पि कोईराला,सर्वोच्च नेता गणेशमान लगायतका नेताले स्थापना गरेको पार्टी भएकाले सवै कार्यकर्ता अट्नू पर्ने वताउनू भयो ।
ईतिहासमा अहिले पार्टी निकै कमजोर भएकाले यो भन्दा अव यो भन्दा कमजोर नहूने भएकाले विगत वाट सवैले पाठ सिक्नू पर्ने वताउनू भयो । दुर्लुङ्ग कांग्रेसको उर्वरा भूमि भएकाले त्यसलाई जोगाईराख्न सवै नेता कार्यकर्तालाई आग्रह गर्नुभयो । पार्टीमा अवसर लिदा कहिले काहीं प्रतिस्प्रर्धा हून्छ तर एउटा निर्णय भएपछि सवै मिलेर अगाडी वढ्नूको विकल्प नभएको वताउनूभयो ।
अव पार्टीका कार्यकर्ताहरु गूटउपगूटमा हैन कि ईमान्दार काम गर्ने कार्यगत समूहमा आवद्धभई एकअर्का संग हार्दिकता जोडेर अगाडी वढ्नूपर्ने वताउनू भयो ।

कार्यक्रममा जनजागरण अभियानका जिल्ला प्रतिनिधि लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्रीले नेपाली कांग्रेसले पार्टी र कार्यकर्ता विच सूमधूर सम्वन्ध वनाउन तथा कार्यकर्ताको घरदैलोमा नै पूगेर गूनासो सून्न जनजागरण अभियान संचालन गरेको प्रष्ट पार्नु भयो । विगतलाई समिक्षा गर्दै अगाडी वढ्र्नूको विकल्प नभएको वताउनू भयो ।

कार्यक्रममा दुर्लुङ्गस्थित नेता तथा कार्यकर्ताहरु रेश्मी राज शर्मा, शंकर गूरुङ्ग, कमलराज शर्मा,खडानन्द शर्मा,धनिलाल विक,पृतम गूरुङ्ग,खेम वहादूर गूरुङ्ग,सन्त वहादूर गूरुङ्ग,जगत गूरुङ्ग, महिला नेतृ हिरामाया थापा,कस्तूरा गिरी लगायतले आपनो धारण राख्नू भएको थियो । अधिकांश कार्यकर्ताले पार्टीले प्रशिक्षण संचालन नगरेको,टोल समिति गठन नगरेको,एकअर्का कार्यकर्ता संग आत्मियता नभएको,दुर्लुङ्ग वाट जिल्ला तथा केन्द्रमा प्रतिनिधित्व गर्नेहरुले समय समयमा कार्यकर्ता संग अन्तरकृया नगरेको लगायतका गूनासा राखेका थिए ।
कार्यक्रम वडा नं. ३ का सभापती वालकृष्ण शर्माको अध्यक्षता,संचालन सचिव होम वहादूर थापा,स्वागत सहसंयोजक डण्डापाणी शर्मा र धन्यवाद मन्तव्य नेवि संघका नेता तथा वडा सचिव कूलराज पोख्रेलले गर्नुभएको थियो । कार्यक्रममा दुर्लुङ्ग स्थित नेता, कार्यकर्ता तथा कृयाशिल सदस्यहरुको उपस्थिति रहेको थियो ।









