७ असार
पर्वत । कूश्मा नगरपालिका वडा नं. ९ कटुवाचौपारीका फरक क्षमता भएका यूवा रसिक श्रेष्ठले कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी संग ६०० मिटर सडकमा ग्रावल भर्न माग गरेका छन् । विष्णू प्रसाद श्रेष्ठका १२ वर्षिय छोरा रसिक श्रेष्ठ शारिरीक अपाड्गता भएका व्यक्ति हून । उनलाई खूट्टाको समस्याका कारण हिडडूल गर्न अप्ठ्यारो छ । र पनि उनि कटूवाचौपारी वाट हिडेर कुश्मा ग्यादी झोलुड्ले पूल तरेर दैनिक नमूना आवासिय वोर्डिडमा पढ्न आउने गर्दछन् । उनि स्कूल आउने क्रममा कटूवाचौपारी स्थित ६०० मिटर वाटोमा हिलो र पानी जमेका कारण पार गर्न साह्रै गाह्रो भएको वताए ।

कूश्मा नगरका प्रमूख जोशी हिजो कटूवा चौपारीका योजना तथा सडकहरुको छड्के अनूगमनको क्रममा रसिक श्रेष्ठको घरमा पूग्ने क्रममा उनले सिधै नमस्कार गरेर एउटा माग पूरा गरिदिन अनूरोध गरे । मेयर जोशीले उक्सूकता राख्दै को हो माग भन भन्दा म स्कूल हिडेर जान वाटोमा हिलो र पानी जमेर गाह्रो भयो हिलो हटाउन ढूङ्ग राखिदिन परो भने । मेयरले सोचेका थिए यि वावूले व्यक्तिगत,कपि कलम ड्रेस लगायतका व्यक्तिगत सामान माग्छन् होला तर उनले आफूलाई चाहिने व्यक्तिगत सहयोग माग गरेनन् । उनले त आफू लगायत सवैलाई हिड्न सजिलो हूने सडकमा ग्रावल राख्न माग गरे ।
नमूना आवासीय वोर्डिङ्ग स्कूलमा कक्षा ६ मा अध्ययनरत रसिक श्रेष्ठ दैनिक कूश्मा स्कूल आउदा,जांदा उक्त वाटोमा चिप्लीएर लड्ने गरेका रहेछन । विद्यालय आउदा कपी,कलम कपडा हिलाम्वे भए पछि विद्यालयमा किन यस्तो भयो भनेर सधै शिक्षकले सोध्ने गर्नुहूने रहेछ त्यो पनि उनले सूनाए । स्थानिय भगवती पौडेलले कति पटक त्यो वावू वाटोमा लडेर मैले उठाएर स्कूल पठाएको वताउनू भयो ।


मेयर जोशीले उक्त ग्रावेल गर्नुपर्ने ६०० मिटर सडकको अनूगमन गर्दै ६० हजारको लागतमा ग्रावेल रोखेर स्तरिकण गर्न सकिने अनूमान गरे र छिटै राख्न लगाउने वताए । त्यस पछि यूवा श्रेठले मेयर संग हात मिलाएर संगै तस्विर लिए खुशि भए ।
फरक क्षमता भएका यूवा हिडडूल गर्न खुट्टामा नशाको कारण पाईला छिटो छिटो चाल्न अप्ठ्यारो भएको देखिन्छ । उनि फरक क्षमता भएर पनि पढाईमा अव्वल रहेको,वाहिरी कूराको चासो लिने,वूभ-न खोज्ने र पढाइमा ध्यान दिने गरको वावा विष्णू प्रसाद श्रेष्ठले वताए ।
स्थानिय कमल पौडेलले धेरै मानिसहरु यस सडकमा चिप्लिएर लडेको र आफुले धेरै पटक वडा देखि नगर सम्म उक्त वाटोमा ग्रावेल राख्न अनूरोध गरेको तर सूनूवाई नभएको गूनासो गरे । अव यस पटक हून्छकी भनेर विस्वस्त भए ।
नगर प्रमूख जोशी छड्के रुपमा नगरका विकास योजनाहरुको अनूगमन गर्न संवन्धित काम गर्ने उपभोक्ता समिति,निर्माण व्यवसायी कसैलाई थाहा नदिई उपभोक्ताको विचार वूझन र योजनाको गूणस्तर वूझन योजना स्थल पूग्ने र अन्तरकृया गर्ने गरेका छन् । जस्ले गर्दा फरक क्षमता भएका,पहूचविहिन,आवाज विहिनहरुले आपनो कूरा निर्धक्क संग राख्न पाएका छन् ।