५ असार
पर्वत । मोदीगाउंपालिका वडा नं. ६ डिमूवामा आज विहान १२.३० वजे मोटरसाईकल र वस एकआपसमा ठोक्किदा एकजनाको ज्यान गएको छ । मोदि गा.पा.वडा नँ ६ डिमुवामा पोखरावाट बागलुङ जादै गरेको ना ५ ख ६३५२ नं को बस र कूश्मा वाट पोखरा जांदै गरेको ग ९ प ७७३७ नं को मोटरसाईकल एक आपसमा ठक्कर खादा मोटर साईकल चालक कृष्ण वहादूर थापाको मृत्यू भएको छ ।

मृतक थापा मोदि ६ तिलाहार वस्ने वर्ष ३५ का रहेका छन् । मोटरसाईकल चालक घाइते भई तत्काल पोखरास्थित मणीपाल अस्पतालमा लगेकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।
बस र बस चालक जिल्ला प्रहरी कार्यालय पर्वतको नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरिक्षक राजन रायमाझीले जानकारी दिनूभयो । घटनाको थप अनूसन्धान भईरहेको छ ।