२ असार

निर्वाचन कसुरसम्बन्धी भरतपुर महानगरपालिकाको मुद्दामा चितवन जिल्ला अदालतले २ वर्षपछि फैसला गरेको छ । असार ५ गतेको पेशीमा कारवाही सुनाउने गरी बिहीबार जिल्ला अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको एकल इजलासले ०७४ वैशाख ३१ भएको निर्वाचनअन्तर्गत जेठ १४ गते राति भरतपुर महानगरपालिका-१९ को मतपत्र च्यातेको आरोपमा मुद्दा चलेका दुई व्यक्तिलाई कसुर ठहर गरी फैसला भएको छ ।

०७४ जेठ १७ गते चितवन अदालतमा मुद्दा दायर भएको थियो । आरोपितविरुद्ध एक लाख जरिवाना र २ वर्ष कैद सजायको माग गरिएको थियो । २६ औं पटकको पेशीमा चितवन अदालतको उक्त निर्णय लिएको हो । तत्कालीन समयमा भरतपुर महानगरको निर्वाचनमा मेयर पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा रेनु दाहाल पक्षका मत गणनामा सलंग्नहरुले मत पत्र च्यातेका थिए ।

निर्वाचन कसुर तथा सजाय ऐन २०७३ अनुसार सजाय तोकिन लागेको चितवन अदालतले जनाएको छ । आरोपीतहरु द्रोयाबाबु शिवाकोटी र मधु न्यौपाने रहेका छन् । सोही वर्ष साउन २० गते दोस्रो पटक भरतपुर १९ मा पुन: मतदान भएको थियो । जसमा रेनु दाहाल विजयी भएकी थिइन् । नयांपत्रिकावाट