३२ जेठ

पर्वत/ कुस्मा नगरपालिका वाड नम्वर ६ ले ८४ वर्ष नाघेका जेष्ठ नागरिक हरुलाई सम्मान गरेको छ ।  वडा कार्यलयमा आयोजित कार्यक्रममा शुक्रबार २१ जना जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।
सम्मापन कार्यक्रममा बयोबृद्ध जेष्ठ नागरिकहरुलाई दोसल्ला ओढाउनुका साथै नगद ४ हजार र पितलको करुवा सहित सम्मान गरिएको थियो । जेष्ठ नागरिकलाई वडा अध्यक्ष रुद्र गिरीले दोसल्ला ओढाएर टिका लगाई सम्मान गरेका थिए ।

सम्मानित हुनेमा १ सय २ वर्षिया कृष्णकुमारी गिरी लगायतका रहेका छन् । वार्ड नम्वर ६ मा स्थायी घर भएकाहरु मात्र नभई अन्यत्र वाट आएर वसोवास गर्नेहरु लाई पनि सम्मान गरिएको अध्यक्ष गिरीले जानकारी दिए । कार्यक्रममा आउन नसक्ने वृद्धाहरुलाई उनीहरुको घरमानै पुगेर गिरीले सम्मान गरेका छन ।
सम्मानित वृद्धाहरुले वार्डले आँफुहरु लाई सम्मानित गरेकोमा खुशी व्यक्त गरेका थिए । कार्यक्रममा वार्डका जनप्रतिनिधीहरु पत्रकार वुद्धिजिवी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रम वार्ड अध्यक्ष रुद्र गिरीको अध्यक्षता , वार्ड सदस्य सविता विश्वकर्माको स्वागत मन्तव्य र सचिव अजिता शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । वार्डले विभिन्न समयमा यस्ता कार्यक्रमहरु गर्दै आएको छ ।