२५ जेठ
पर्वत । क्षेत्री समाज पर्वतको चौथो अधिवेशन पछि निर्वाचित नयां कार्यसमितिको वैठक सम्पन्न भएको छ । क्षेत्री समाजको सभाहल कूश्मामा सम्पन्न वैठकले विभिन्न १० वटा प्रस्तावहरु पारित गरि सम्पन्न भएको छ ।
क्षेत्री समाज पर्वतका अध्यक्ष कृष्ण वहादूर क्षेत्रीको अध्यक्षतामा सम्पन्न वैठकमा निवर्तमान अध्यक्ष नर वहादूर कार्कीको उपस्थिति रहेको थियो । क्षेत्री समाज पर्वतले सचिवालय गठन,सल्लाहकार समितिमा मनोनयन,समाजका भातृ संस्था गठन तथा पूर्णता दिने कार्य,कार्यालय नियमित संचालन,मासिक नियमित वैठक संचालन,मासीक कार्य समिति सदस्यहरु वाट सहयोग संकलन लगायतका प्रस्तावहरु माथी छलफल गरि निर्णय गरेको छ ।
कार्यसम्पादन समितिमा अध्यक्ष कृष्ण वहादूर क्षेत्री,उपाध्यक्ष मानसिंह भण्डारी,उपाध्यक्ष सरस्वती भण्डारी,उपाध्यक्ष मिना थापा वानिया ,सचिव गणेश वहादूर क्षेत्री,कोषाध्यक्ष नवराज भण्डारी,सहकोषाध्यक्ष लाल वहादूर खत्री र सदस्य भिम वहादूर क्षेत्री रहनू भएको छ ।
सल्लाकार समितिमा वसन्त वहादूर सिके कूश्मा नगरपालिका ५,शिव वहादूर खत्री कूश्मा नगरपालिका ४,दिनेश अधिकारी कूश्मा नगरपालिका ५,डिल वहादूर वरुवाल जलजला गाउंपालिका ३,शारादा कूवर क्षेत्री काठमाडौं,तिलक वहादूर कूवर रानीपानी विहादी,तिलवहादूर खड्का वाच्छा १,गंगा वहादूर जिसी कूश्मा नगरपालिका ५,अर्जून वहादूर कार्की फलेवास नगरपालिका ३ शंकरपोखरी,रण वहादूर क्षेत्री मोदीगाउंपालिका ६,कानूनी सल्लाहकार चन्द्र वहादूर क्षेत्री महाशीला ४ पाखापानी रहेका छन् ।
क्षत्री समाजका अध्यक्ष कृष्ण वहादूर क्षेत्रीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव गणेश वहादूर क्षेत्रीले र स्वागत कोषाध्यक्ष नवराज भण्डारीले गर्नु भएको थियो ।









