२४ जेठ

कैलाली। कैलाली र कञ्चनपुरमा विनाशकारी हावाहुरीका कारण १ जनाको मृत्यु भएको छ भने ८० भन्दा बढी घाइते भएका छन्।

मृत्यु हुनेमा गोदावरी नगरपालिका मझगाउँका अनुमानित २६ वर्षीय वीरबहादुर चौधरी रहेको कैलालीका एसपी सुदीप गिरीले बताए।

घाइतेको उद्धार गरी विभिन्न अस्पताल पुर्‍याउने काम जारी रहेकाले घाइतेको संख्या बढ्न सक्ने एसपी गिरीले बताए।

बिहिबार साँझ करिब साढे सात बजेतिर आएको हावाहुरीले धेरै घर,बाटो र बिजुलीका पोलमा क्षति पुगेको छ।

‘ हावाहुरीका कारण बिजुलीका पोल ढलेको, बाटो अवरुद्ध भएको, घरका छानो उडाएको, ढलेका रुखले गाडी थिचेको जताततै देखिएको र अहिले घाइतेको उद्धारको काम भइरहेको छ,’ एसपी गिरीले बताए ।