२० जेठ
म्यानमारकी चर्चित अभिनेत्री तथा गायिका सोई प्याए थाजिन बौद्ध भिक्षुणी बनेकी छिन् । उनी बौद्ध भिक्षुणी बने पछि अहिले म्यानमारका सञ्चारमाध्यमले महत्वका साथ समाचार संप्रेशण गरिरहेका छन् । त्यस्तै उनको भिक्षुणी स्वरुपको तस्वीर सामाजिक सञ्जालमा कैयौले सेयर गर्दै शुभकामना दिएका छन् ।
सिन्धुलीमा जति गरे पनि बालविवाह कम नभएपछि विवाहका लागि नयाँ नियम बनाइएको छ । स्थानीय तहले मिलेर नयाँ उपाय निकालेका छन्– ‘बिहेको निम्तोपत्रमा बेहुला–बेहुलीको उमेर खुलाउनुपर्ने । ’ सिन्धुली बाल विवाहमुक्त जिल्ला बन्न सक्दो प्रयासमा छ ।
‘बाल बिवाहले कानुनी र सामाजिक रूपमै जटिलता ल्याउने थाहा हुँदाहुँदै उमेर ढाँटेर विवाह गर्ने चलन बढेको छ’, मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले भने, ‘यस्तो गैरकानुनी कार्य रोक्न दुलाहा र दुलहीको उमेर २० वर्ष पूरा भयो या भएन भन्ने प्रस्ट हुने गरी निम्तोमै खुलाउन भनिएको हो ।’
कार्डमै उमेर ढाँट्ने हिम्मत सकेसम्म कसैले नगर्ने स्थानीय तहहरूले अपेक्षा गरेका छन् । यसका लागि एउटा नारासमेत बनाइएको छ, ‘सिन्धुलीभरि हल्ला छ, २० वर्षपछि विवाह गर्ने सल्लाह छ ।’ गएको ६ महिनामा जिल्लामा परिवारको दबाबमा हुन लागेका दुई दर्जनभन्दा बढी बाल विवाह बाल क्लब तथा किशोरी सञ्जालले रोकेका छन् ।
यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा राजन गाउँलेले लेखेका छन् ।









