१९ जेठ
पर्वत । पर्वत जिल्लाको सदरमूकाम कूश्मा वजारमा सम्पन्न क्षेत्री समाजको १३औ साधारण सभा तथा चौथौ अधिवेशनले कृष्ण वहादूर क्षेत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको छ ।
क्षेत्रि समाजका केनिद्रय अध्यक्ष डिल वहादूर क्षेत्रीको प्रमूख आतिथ्यतामा सम्पन्न अधिवेशनले उक्त समिति गठन गरेको हो । वरिष्ठ उपाध्यक्षमा ज्ञान वहादूर भण्डारी,उपाध्यक्षमा सरस्वती भण्डारी,मानसिंह भण्डारी, मिना थापा वानिया,भिम वहादूर क्षेत्री सचिवमा गणेश वहादूर क्षेत्री,कोषाध्यक्षमा नवराज भण्डारी,सहकोषाध्यक्षमा लाल वहादूर खत्री लगायत चयन हूनू भएको छ भने संस्थापक संरक्षकमा निवर्तमान अध्यक्ष नर वहादूर कार्की र होम वहादूर भण्डारीलाई चयन गरेको छ ।
क्षेत्रीहरुको हकहित र एकता,राष्टिय अखण्डता,जातिय सद्भाव र विभेदकारी आरक्षणको व्यवस्था खारेज गर्न क्षेत्री समाजको आवश्यकता रहेकोले त्यस तर्फ काम गर्ने नवनिर्वाचित अध्यक्ष कृष्ण वहादूर क्षेत्रीले वताउनू भयो । जिल्ला स्तरमा रहेका क्षेत्रीहरुको डेटा संकलन गरि समाजको उत्थान र भाईचाराको सम्वन्ध कायम गर्ने क्षेत्री समाजका सचिव गणेश वहादूर क्षेत्रीले वताउनू भयो ।
क्षेत्री समाजको सभाहल कूश्मामा सम्पन्न कार्यक्रममा ७ वटै स्थानिय तहवाट आएका क्षेत्री दाजूभाई तथा दिदि वहिनीहरुको उपस्थिति रहेको थियो ।