१५ जेठ
पर्वत । नेपाली काग्रेस पर्वतले गणतन्त्र दिवश मनाएको छ । जिल्ला कार्य समिति पर्वतको आयोजनामा भातृ तथा शूभेक्षूक संस्था संग अन्तरकृया तथा गणतन्त्र ल्याउन वलिदान गर्ने शहिद परिवारलाई सम्मान गरेर गणतन्त्र दिवस मनाएको छ ।
कार्यक्रमका प्रमूख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य चिनकाजी श्रेष्ठले नेपालमा गणतन्त्र घोषणा गर्न नेपाली कांग्रेसका तत्कालीन सभापती स्वार्गिय गिरिजा प्रसाद कोईरालाको महत्वपूर्ण भूमिका रहेको स्मरण गर्नु भयो । विभिन्न खाले हत्य हिंसा तथा आन्दोलनमा नेपाली कांग्रेसका कार्यकर्ताले निहत्थारुपमा ज्यान गूमाएर गणतन् स्थापनका लागी रगतको वलिदान दिएको धारणा राख्नू भयो । नेपाली कांग्रेसले नचाहेको भए नेपालमा जनताको छोरा सर्वोच्च पदमा पूग्ने व्यवस्थाको शूरुआत नहूने ठोकूवा गर्नु भयो । तर अहिलेका राष्टपतिले जनताका छोरालाई घुडा टेकाएर टिका लगाउने,मेरो सरकार भन्ने जस्ता कार्यले निरंकूश राजतन्त्रका झल्को दिएको वताउनू भयो ।

कार्यक्रमका विशिष्ठ अतिथि नेपाली कांग्रेस केन्द्रिय निति तथा अनूसन्धान प्रशिक्षण प्रतिष्ठानका सदस्य सरस्वती गूरुडले कांग्रेसले धेरै काम गरेको तर जनताका सामू वूझाउन नसकेका कारण चूनावमा पछि परेको धारणा राख्नू भयो । त्यसै गरि कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला पार्टी सभापती खिम प्रसाद भूषालले पार्टिमा आवद्ध भातृ तथा शूभेक्षूक संस्थाका प्रमूख तथा प्रतिनिधिहरुले दिएको सूभावको आधारमा पार्टीलाई आगामी दिनमा अझ शसक्त वनाउने वताउनू भयो ।

शहिद परिवारको तर्फवाट हेम शर्मा,टिका सूवेदी,गंगाधर तिवारी लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रमको वारेमा तथा केन्द्रिय निति वारे नेवि सघका सभापती मिलन सूवेदीले प्रकाश पार्नु भएको थियो । स्वागत तरुणदलका जिल्ला अध्यक्ष तोरण मल्ल राजले गर्नु भएको थियो भने धन्यवाद मन्तव्य नेपाल निजामती कर्मचारी यूनियन संघका अध्यक्ष यम प्रसाद शर्माले गर्नु भएको थियो । कार्यक्रमको संचालन नेपाल टेडयूनिय कांग्रेसका जिल्ला अध्यक्ष सूरेन्द्र केसीले गर्नु भएको थियो । उक्त कार्यक्रम नेपाली कांग्रेसका जिल्ला सभापति खिम प्रसाद भूषालको अध्यक्षतामा सम्पन्न भएको थियो ।

अन्तरकृया कार्यक्रममा उपस्थित सहभागीहरुले पार्टीमा गुटवन्दी हून नहुने,नेविसंघलाई नेताहरुको कै कारण विभाजन गरिएको लगायतका जिज्ञासा राखेका थिए ।









