११ जेष्ठ
महेन्द्र जिसी  पर्वत,उत्तरपुर्व फर्कीको वस्ती ,समुन्द्र सतह देखी ९ सय मिटरको उचाइ अगाडी अन्न पुर्ण र धौलागिरी हिमालको चिसो हावा लाग्ने फलेवास शंकर पोखरीका स्थानीयहरुले बाँझिदै गएको बारीलाई सुन्ताला खेतीमा परिणत गर्न लागेका छन । रित्तीदै गएको वस्ती पुर्न जाग्रीत गराउन पर्वतको पर्वतको फेलावास तीन शंकर पोखरीका स्थानीय कृषकहरु लागि परेका हुन । स्थानीयहरु खेत वारीमा काम गर्ने युवा जन शक्तीको कम भएपछि व्यवसायीक सुन्तला खेती विस्तारमा लागेका हुन । अन्नपुर्ण व्यवसायीक सुन्तला उन्तादन समुह गठन गरेर सुन्ताला खेती विस्तारमा लागेका हुन ।

कृषकहरुले सुन्तला खेती विस्तारका लागि एक दिने तालिम आयोजना गरेर विरुवाको माग गरेका हुन । स्थानीइ अगुवा सुन्तला कृषक गणेश बहादुर थापाका नेतृत्वमा सुन्ताल पकेट क्षेत्र स्थापना गर्न स्थानीय सुन्तला कृषकहरुले अन्य कृषकहरुलाई सकृय बनेका हुन । कृषकहरुको सकृयतामा फलेवास नगर पालिकाको प्राविधिक सहयोगमा तालिमको सञ्चालन गरीएको छ । तासिलममा सहभागि कृषकहरुले माटो हावा र पानी अनुकुलको खेती विस्तारमा लाग्न पाउँदा जमीको उपयोग हुने बताएका छन ।

एक हजार सुन्तलाको चालु वर्षमा माग राखेका कृषकहरुले विरुवा रोपण पुर्व तालिमको माग गरेपछि नगर पालिकाले तालिमको आयोजना गरेको हो । प्रशिक्षण गराउँदै फलेवासका नगर पालिकाका कृषि प्राविधिक ढाकाराम सुवेदीले कृषकहरुको उत्साहमा आँफुले तालिम दिन पाउँदा धेरै ज्ञानको आदान प्रदान भएको बताउनु भयो । प्रशिक्षणमा विरुवा रोप्न खाडल तयार पार्ने तरीका मलखाद व्यवस्थापन ,विरुवाको प्रकार , खाडल तयार पार्ने रेखाङकन , निलोतुथो ,बोडो पेष्ट बनाउने विधि र उपयोग गर्ने तरीका सिकार्ईएको हो ।

तालिमका अध्यक्ष अगुवा सुन्तला कृषक गणेश बहादुर थापाले फलेवास नगर पालिकाका वाडा न एक कार्कीनेटा , दुई थापाथाना , तीन शंकर पोखरी र चार मुडीकुवाको उच्च भेग उत्तर पुर्वी मोहडामा रहेका कारण हिमाली हावाको प्रभावले सुन्ताला खेती विस्तारमा लागिएको बताउनु भयो । चार वटै वाडालाई समेटेर सुन्तला जोनमा विस्तार गर्ने लक्ष रहेको थापाले बताउनु भयो । समुहका सदस्य , डिल बहादुर थापाले आँफुले विगतका वर्ष देखी नै सुन्तला खेती विस्तारमा लागेको भएपनि हाल मात्र अन्य कृषकहरुका जागरण आएको बताउँदै वाडा वासी सबै ले सुन्तला खेती विस्तार गरेमा फलेको सुन्तलाले समेत उचित मुल्य पाउने बताउनु भयो ।

एस्तै वाडा सदस्य एवं समुहका सल्लाकार निर्मला शर्माले कृषकहरु सँगै आँफु पनि सुन्तला खेती विस्तारमा लागेको बताउँदै वाडा नै सुन्तालाको पकेट गत वर्ष मै बनाउने तयारीमा रहेको जनाउनु भयो । वाडा अध्यक्ष अजुर्न बहादुर कार्कीले पुर्वाधारको विकासले गति लिएको बताउँदै नगरवासीहरुलाई आत्म निर्भर बनाउन आर्थिक सवलीकरणका लागि हावा पानी अनुकुलको खेती विस्तारमा कृषक आँफै लागि पर्नु सकरात्मक पक्ष भएको बताउँदै आँफुले सक्दो सहयोग गर्ने बताउनु भयो । तीन दर्जन कृषकहरुको सहभागिता रहको तालिमको सहजिकरण कृषि प्राविधिक कृष्ण तिवारी ,ढाकाराम सुवेदीले गर्नुभएको हो । तालिमको सञ्चालन समुहका सचिव महेन्द्र जिसीले गर्नुभएको हो ।