७ जेठ

पाँचथर । पाँचथरको मिक्लाजुङ ३ आरुबोटेमा सोमबार राति ९ जनाको हत्या भएको छ । आरुबोटे ३ को वडा कार्यालय छेउँमा सो घटना भएको हो ।

धनराज शेर्माको ५ जना परिवार र मनकुमार फियाकको ४ जनाको परिवारको हत्या  भएको छ । कसले किन हत्या गर्यो खुलेको छैन ।

जिल्ला प्रहरी कार्यालयबाट प्रहरी घटनास्थलतर्फ गइसकेको छ । घटनामा ३ महिला र ६ जना पुरुष भएको जानकारी आएको छ । घटना पुष्टि हुन बाँकी छ ।

घटनास्थल सदरमुकामबाट पाँच घण्टाको दूरीमा पर्छ । प्रहरी र सीआइबीको टोली गइरहेको हो । उक्त स्थानमा केही दिनअघि घरेलुको तालिम समेत भएको थियो ।

जहाँ नूनमा कुनै विषालु पदार्थ मिसाइएकाले त्यहाँको खाना खाँदा ८ जना विरामी समेत भएका थिए ।