१ जेठ
अजय मिश्र, कपिलवस्तु । चित्राँश मिडिया प्रा.लि को आयोजना तथा कृष्णनगर नगरपालिका कार्यालयको सहयोगमा ५ दिनको क्षमता अभिबृद्धि तथा पत्रकारिता तालिम सम्पन्न भएको छ ।
बैशाख २७ गते देखी सुरुभएको तालिममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाहले मिडिया मैत्री नगर बिकासको लागि कटिबद्ध रहेको बताउनु भयो । नगरप्रमुख शाहले सञ्चारकर्मी र सञ्चार माध्ययम सधै सत्यतथ्य समाचार उठान गर्नुपर्ने बताउनु भयो । बैशाख २७ गते देखी सुरुभएको तालिम आज सम्पन्न भएको हो । कृष्णनगर नगरपालिका भित्र रहेका क्रियाशील पत्रकारहरु लाई तालिम दिईएको हो ।
कार्यक्रममा कृष्णनगरका प्रमुख प्रशासकीय अधिकृत राज प्रसाद त्रिपाठी उप मेयरका सल्लाहकार तुफेल अहमद खान, महेन्द्र मा.बि का प्रधानाध्यापक अनिल कुमार श्रीवास्तव, चित्रांश मीडियाका संचालक अंकुश श्रीवास्तव लगायतको सहभागिता रहेको थियो ।
तालिममा सहभागी प्रशिक्षर्थीहरुलाई खोज पत्रकारिता,फोटो पत्रकारिता,समाचार लेखन उदघोषण लगायतका बिषयबस्तुका बारेमा प्रशिक्षण दिईएको हो । तालिममा सहभागी भएकाहरुले आफुले सिकेका सिप ब्यवहारमा उत्राने बताएका छन । उक्त तालिममा २० जनाको सहभागिता रहेको थियो ।









