३० वैशाख
पर्वत– आगामी जेठ १ देखि ११ गते सम्म सञ्चालन हुन लागेको विराट गुप्तेश्वर कोटीहोम महायज्ञ मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।
महायज्ञ शुरु हुन २ दिन मात्र बाँकी रहँदा सवैजसो तयारी पूराभएको छ । प्रचारप्रसार, मञ्च तथा महायज्ञ स्थल व्यवस्थापन तथा निर्माण, तुलादान गर्ने स्थानको तयारी पूरा भएको छ । उक्त मेलाको उद्धघाटन राष्ट्रिय सभाका अध्यक्ष गणेश प्रसाद लिमिल्सीनाले गर्ने जानकारी गराइएको छ ।
कूश्मा नगरपालिका वडा नं. ५ गुप्तेश्रर परिसर यज्ञस्थलमा आयोजित पत्रकार सम्मेलनमा कूश्मा नगरपालिकाका उप प्रमूख सीता काप-ले लामिछानेले कूश्मा नगरको मात्र नभई पर्वत र यस आसपासका धार्मिक स्थलहरुको प्रवर्धन र त्यस संग ससम्वन्धित पर्यटकहरुलाई आकर्षित गर्न यस महायज्ञ सफलहूने वताउनू भयो ।
शिव पार्वतको मुर्ति स्थापनाका लागी रु १ लाख जम्मा गरेर संस्थापक वन्नका लागी १ सय ३५ जनाले फारम भरि सकेको र केहि रकम वैक जम्मा समेत भएको मूल संयोजक पृथ्वीनारायण शर्माले जानकारी गराउनू भयो ।  १ सय ५१ जना संस्थापक वनाउने योजना अनूरुप अन्य सदस्यहरुले भरेका फारामहरु सचिवालयमा प्राप्त हुन वांकी रहेका छन् । त्यसै गरि ५ हजार १ सय जनाले तूलादान गर्ने व्यवस्था अनूरुप देशका विभिन्न स्थानवाट ३५ सय फाराम सचिवालयमा प्राप्त भएको र अन्य फारामहरु उपलव्ध हून वांकी रहेका छन् ।

विषेश गरि पर्वत जिल्लाको ७ वटै स्थानिय तहका श्रद्धालू भक्तजनहरुको उत्साह र चासो देखिएकाले यो महायज्ञ सफलहूने मूल संयोजक पृथ्वी नारायण शर्माले वताउनू भयो । पर्वत जिल्लाका लागी अत्यन्तै महत्वपूर्ण र अभूतपूर्व तुलादान सहितको कोटीहोम आयोजना गरिएकाले यस्तो अवसर पटक पटक नआउने भएकाले सवै भक्तजनहरुल्े तूलादान गरि होमन गर्न आहन गर्नुभयो। पार्वतीको जन्मभूमी पाङ्ग र यस संग अवस्थित सवैभन्दा लामो गूप्तेश्रर गुफाको प्रचार प्रसार र विश्वकै अग्लो शिव पार्वतीको मुर्ति स्थापन,धर्मशाला र सिस महल निर्माणका लागी यस महायज्ञ सफलहूने वताउनू भयो ।
पर्वत जिल्लालाई नेपालकै धार्मिक पर्यटन संग जोड्नका लागी यस महायज्ञको मूल उद्धेश्य रहेको पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्माले जानकारी गराउनू भयो ।


उक्त पत्रकार सम्मेलनको अध्यक्षता मूल समितिका अध्यक्ष पृथ्वीनारायण शर्माले गर्नुभएको थियो भने संचालन महासचिव अच्यूत तिवारीले गर्नु भएको थियो ।
मोदिवेणीधाम ,गुप्तेश्रर गुफा,वाग्लुङ्ग कालिका,मूक्तिनाथ मन्दिर,चुवाको विष्णु वाटिका अस्वस्तमुक्ति मार्ग लगायतका धार्मिक स्थलहरुलाई जोड्न पनि यस महायज्ञ सफल हूनेछ ।
अराध्यदेव पार्वतीको जन्म पर्वतकै पाङमा भएको किम्बदन्तीका आधारमा विश्वमै अग्लो शिवपार्वतीको मुर्ति बनाउन लागिएको हो । देवी पार्वतीको जन्म पर्वतको पाङ्गमा भएको र गुप्तेश्वर गुफामा तपस्या गरि महादेवलाई पतिको रुपमा पाएको किंवदन्ति रहि आएको छ । एघार दिनसम्म संचालन हुने महायज्ञबाट रु १० करोड भन्दा बढि संकलन गर्ने लक्ष्य राखिएको छ ।
आजै विहान विराट महायज्ञको पूर्वसन्ध्यामा पर्वत सदरमूकाम कूश्मा वजारको सरसफाई तथा महायज्ञकोे जानकारीका लागी -यालीको आयोजना गरिएको थियो । उक्त -यालीमा कूश्मा नगरका उपप्रमूख,प्रमूख जिल्ला अधिकारी,समितिका पदाधिकारी र वजारवासीको सहभागिता रहेको थियो ।


जेठ १ गते १० वजे कूश्मा वजारमा निस्कने कलस यात्रामा सवै भक्तजनहरुलाई आप-नो भेषभूषा सहित कलस यात्रामा सहभागिहून आयोजकले आग्रह गरेका छन ।