२८ वैशाख
पर्वत , गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले उत्तरदक्षिण जोड्ने कालीगण्डकी करिडोर नदीको तिरैतिर गण्डकी प्रदेश भएरै जाने स्पष्ट पार्नुभएको छ ।
करिडोरको रुपमा कालीगण्डकीको पुर्बी र पश्चिमी भागबाट समानान्तर रुपमा सडक निर्माण भैरहेको बेला पर्वतको फलेबास नगरपालिकाले आयोजना गरेको मेयरकप खेलकुद प्रतियोगिताको शुक्रार उद्घाटन गर्दै मुख्यमन्त्री गुरुङ्गले गण्डकी प्रदेश भएरै करिडोर जाने स्पष्ट पार्नुभएको हो ।
‘गण्डकी प्रदेशको सबैभन्दा महत्वपुर्ण सडक भएका कारण प्रदेश भएरै नेप्चुङ्ग देखि त्रिबेणी सम्म कालीगण्डकी नदिको किनारै किनार भएर जान्छ । ’उहाँले भन्नुभयो ‘अब वारिपारी भनेर बिबाद गर्नुहुन्न, प्रदेशले आफ्नो सडक आफ्नै क्षेत्र भएर लैजान्छ ।’ प्रदेशले शालिग्राम करिडोरको रुपमा मुस्ताङ्ग देखि त्रिबेणी सम्मै सडक बनाउने प्रस्ताब अघि बढाएको र यस बर्ष डिपीआर बनाउने काम अघि बढाइएको भनाई उहाँको थियो । शालिग्राम करिडोर सम्पन्न गर्न संघिय सरकार संग अनुरोध गर्ने तर आवश्यक परेको अबस्थामा प्रदेशले समेत लगानी गरेर भएपनि सम्पन्न गराई छाड्ने उहाँको भनाई छ । पश्चिम किनारबाट पनि सडक बनेको र त्यसलाई सम्पन्न गराउने तर्फपनि प्रदेशले जोड दिने मुख्यमन्त्री गुरुङ्गले बताउनुभयो ।
संघीय सरकारको निति तथा कार्यक्रममा कालीगण्डकी डाइभर्सन परियोजना अघि बढाउने कार्यक्रम आएको बेला गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ्गले आफ्नो क्षेत्र सुख्खा पारेर नदी डाइभर्सन गर्न नदिइने कुरा दोहो-याउनुभयो । उहाँले कालीगण्डकी नदी गण्डकी प्रदेशको मुख्य नदी भएकाले यसलाई डाभर्सन गर्न गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ भन्नुभयो । ‘कालीगण्डकीको तल्लो तटिय क्षेत्र सुख्खा पारेर डाभर्सन गर्न दिइन्न’ यो परियोजना अघि बढाउन गण्डकी प्रदेशको पनि सहमति चाहिन्छ’
उहाँले गण्डकी प्रदेशका रहेका ठुला जलासययुक्त परियोजना अघि बढाउन आग्रह गर्दै कालीगण्डकी बहुउद्देश्यीय परियोजना संभाब्य देखिएमा दश बर्ष भित्र सम्पन्न गर्नेगरि काम अघि बढ्ने आश्वासन दिनुभयो । उत्तरगंगा, आँधीखोला, बुढीगण्डकी, मादी, सेती लगायतका जलासय युक्त परियोजना अघि बढ्ने र प्रदेशले सम्बृद्धि हासिल गर्ने भनाई उहाँको थियो ।
फरक प्रशंगमा बोल्दै मुख्यमन्त्री गुरुङ्गले ६७ बर्षमा हुन नसकेको बिकास एक बर्षमा गर्न संभब नै नभएको बताउँदै आगामी बर्ष देखि बिकास बायुपंखी घोडाको गतिमा अघि बढ्ने दाबी पनि गर्नुभयो । ‘सरकारले काम गर्न सकेन भनेर एक बर्ष नहुँदै आलोचना भएको छ’ उहाँले भन्नुभयो ‘६७ बर्ष सम्म हुन नसकेको सबै काम एकै बर्षमा संभब छैन, पाँच बर्षभित्र नसोचेको बिकास हुन्छ’ मुख्यमन्त्री गुरुङले तीन तहको सरकार सञ्चालन गर्न ऐन नीति र नियम बनाउनुपर्ने भएका कारण पहिलो वर्षमा देखिने गरी विकास हुन नसकेको बताउँदै ऐन नियम विधान सबै बनिसकेका कारण अबका वर्षमा विकासले गति लिन्छ भन्नुभयो । मानव जीवनमा स्वाथ्य महत्वपुर्ण भएको भन्दै मुख्यमन्त्री गुरुङले स्वाथ्य र शिक्षाका लागि प्रदेशले स्वाथ्य बिमा र शिक्षाका लागि गण्डकी प्रदेश स्तरीय प्राविधिक क्याम्पस सञ्चालनमा ल्याउने चरणमा रहको बताउनुभयो ।
कार्यक्रममा प्रतिनिधी सभाका सदस्य पदम गिरीले यातायातमा रहेको सिन्डीकेट र अहिले भईरहेको जग्गा दलालीको अन्त्यमा सरकार लागि परिरहँदा अनर्गल प्रचार भईरहको बताउनुभयो । उहाँले पर्वतको बिकास अबको पाँच बर्षमा बिजगणितका हिसाबले हुने आश्वासन पनि दिनुभयो ।
कार्यक्रमा गण्डकी प्रदेशसभा सदस्य जुनादेबी नेपाली, जिल्ला समन्वय समितिका प्रमुख मनोहर बिश्वकर्मा पौडेल, महाशिला गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका महासंघका प्रदेश सहसंयोजक राजुप्रसाद पौडेल, फलेबास नगरपालिकाकी उपमेयर मञ्जु अधिकारी लगायतले मन्तब्य ब्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै मेयर पदमपाणी शर्माले नगरपालिकाको खेलकुदको पहिचान र विकासका लागि नगरपालिका स्तरीय मेयरकपको सुरुआत गरेको बताउनुभयो । शर्माले खेलकुदको विकासले राष्ट्रको विकास हुने भएकोले खेलप्रेमी युवाहरुको आग्रह र नगरपालिकाको सहयोगले नगरपालिका स्तरीय राष्ट्रपति रनिङ स्पष्ट पार्नुभयो ।









