२८ वैशाख
काठमान्डौ ,करोडौ नेपालीको मन जितेको ‘सुन साइली’ बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महतलाई भाइ–बुहारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ । उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन। खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ।परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे। यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो। छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन्। उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन्। एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे।
स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो ब १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने।बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्। उनले वुहारीको हत्या किन गरे केहि खुल्न सकेको छैन ।
हत्या गरेर मारिएकी अन्जना क्यानाडा जाने तयारिमा रहेकी थिइन ।घटना घट्नु अगाडी उज्ववल छिमेकीको पसलमा पत्रिका पढेर फर्किएको छिमेकी बताउछन । धारोमा पानी न आएको कारण हत्या हुन् केहि अगी मात्र अन्जना घर भन्दा केहि पर पानी लिन गएकी थिइन ।
प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो।









