२३ वैशाख
पर्वत । आगामी जेठ १ गतेदेखि ११ गतेसम्म पर्वत सदरमुकाम कुश्माबजारमा आयोजना गरिएको गुप्तेश्वर बिराट धार्मिक मेला तथा कोटीहोमको तयारीका लागि कुश्मा नगरपालिका वडा नं ५ मा पर्वत सुनचादी व्यवसायी सघ सग छलफल तथा अन्तरकृया भएको छ । पर्वत जिल्लाको धार्मिक पर्यटनको विकास गर्नका लागी आयोजना गर्न लागिएको विराट महायज्ञको तयारीको क्रममा सुनचादी व्यवसायी सघ सग छलफल गरिएको हो ।


उक्त कार्यक्रममा मूल आयोजक समितिको संयोजक पृथ्वी नारायण शर्माले पर्वतमा विश्वकै अग्लो शिव पार्वतीको मुर्ति स्थापना,सिस महल,सत्सड भवन लगायतका भौतिक संरचना निर्माण गरि जिल्लाको पहिचान वढाउने तथा सनातन हिन्द्धर्म प्रति आस्था वढाउने उद्धेश्य लिएको वताउनू भयो । कोटीहोम र तुलादान वारे जानकारी गराउदै २० वर्ष देख िमाथीकाले सत्कर्म गर्न तुलादान गर्नु पर्ने वताउनू भयो ।

उमेर छदानै सत्कर्म र सत्वुद्धिमा लाग्नका लगाी कोटीहोममा सहभागी हुन तुलादान ससूल्क तथा निशुल्क भए पनि गर्नु पर्ने धारणा राख्नू भयो ।
उक्त कोटीहोमा सत्कर्ममा रहने सवैलाई जातजाती को आधारमा विभेद नगरीने प्रष्ट पानू भयो ।
उक्त अन्तरकृया कार्यक्रममा नेपाल सूनचांदी व्यवसायी महासंघका गण्डकी प्रदेश संयोजक निर्मल विश्वकर्मा,पूर्व अध्यक्ष लखन आर डी लगायतले जिज्ञासा राख्नू भएको थियो ।
सूनचादी व्यवसायी सघंका अध्यक्ष विकास आर डि को अध्यक्षतामा भएको कार्यक्रममा स्वागत पर्वत उद्योग वाणिज्य संघका उपाध्यक्ष ठाकूर वि पौडेलले गर्नु भएको थियो भने कार्यक्रमको संचालन सचिव विनोद वि पोख्रेलले गर्नु भएको थियो ।
कार्यक्रममा पर्वत सुनचाँदी महिला व्यवसायी संघका अध्यक्ष तारा विश्वकर्मा,पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष केदारनाथ शर्मा,विराट महायज्ञका सचिव अच्यूत तिवारी,कोषाध्यक्ष कमल पोख्रेल,लोकतान्त्रिक गैसस महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतको उपस्थिति रहेको थियो ।