Minister for Health Gagan Thapa voices his opinion on the ongoing discussion regarding the impeachment motion against Chief of the Commission for the Investigation of Abuse of Authority, Lok Man Singh Karki, at the Legislature-Parliament meeting in New Baneshwar on Tuesday, October 25, 2016. Photo: RSS

२३ वैशाख

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको नीति तथा कार्यक्रम अलमल्एिको निबन्धजस्तो भएको बताएका छन् । सरकारको नीति तथा कार्यक्रमबारे आफ्नो थप टिप्पणी नभएको भन्दै केही प्रश्न उठाए ।

तर, राष्ट्रपतिले संसदमा नीति तथा कार्यक्रम पेश गर्दा मेरो सरकार भनेकोमा उनले राष्ट्रपतिलाई तपाईंको सरकार भन्दै ६ प्रश्न गरेका हुन् ।

प्रश्न १ः यो वर्ष तपाईंको सरकारले संसदलाई आदेश दियो, अदालतलाई तर्सायो, संवैधानिक आयोगलाई गिजोल्यो । के यो वर्ष पनि यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न २ः चालु वर्षमा तपाईको सरकारले नागरिकको आधारभूत स्वतन्त्रता खोस्न कानुन बनाउने प्रयास ग¥यो । भएको कानुनको पनि दुरुपयोग ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ३ः राष्ट्रपतिलाई राजाको भद्दा नक्कल गर्न उक्सायो । राष्ट्रपतिको संस्थालाई बदनाम गराउने काम ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ४ः संघीयता कार्यान्वयनका निम्ति बनाउने पर्ने कार्यक्रम बनाए । आवश्यक कानून बनाएन, नियम बनाएन, कर्मचारी पठाएन । स्रोत र साधान मुठ्ठी कसेर राख्यो तर आदेश भनेर दियो । मुख्यमन्त्रीलाई अञ्चलाधीश जस्तो, स्थानीय तहलाई विभाग जस्तो व्यवहार ग¥यो । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ५ः भ्रष्टाचार गर्दै गर्दिनँ । हुन पनि दिन्न । भयो भने विद्या नस्ट भनेर कसम खायो । तर, एकसे एक काण्डहरुमा प्रधानमन्त्रीले अनुसन्धानलाई प्रभावित गर्ने गरी पहिल्यै फैसला सुनाउनुभयो, यो दोषी यो निर्दोषी भनेर । के यो वर्ष पनि तपाईंको सरकारले यही नीतिलाई निरन्तरता दिनेछ ?

प्रश्न ६ः शासकीय क्षमता बढाउन गर्नुपर्ने संरचनागत प्रक्रियागत सुधारहरु केही पनि नगर्ने तर, चटकहरुबाट चमत्कार हुन्छ भन्ने ठानिरहने तपाईंको सरकारले गरेको यो वर्षको नीतिलाई आउँदो वर्ष पनि निरन्तरता दिनेछ ?

कांग्रेस सांसद थापाले भने, ‘म महामहिम राष्ट्रपतिज्यूको सरकारले सोध्न चाहन्छु ।

यो प्रश्नको उत्तर नआउने बरु गाली आउँछ भन्नेमा आफू जानकार रहेको उनले बताए । प्रधानमन्त्रीले आफ्ना सांसदलाई दिएको निर्देशन तथा विभिन्न मञ्चमा प्रयोग गरेको भाषा सुन्दा नीति तथा कार्यक्रममाथि उठेका प्रश्नशहरुमा बौद्धिक छलफल हुन्छ भन्ने आश नरहेको उनले बताए ।

बरु प्रधानमन्त्री कार्यालयको लेटर प्याड प्रयोग गरेर आफ्नो चुनाव क्षेत्रमा योजनाहरु पार्न योजना आयोगलाई पठाएको पत्रको फेहरिस्त र नीति तथा कार्यक्रम हेरेपछि एउटै सुझाव दिन मन लागेको भन्दै उनले भने, ‘अब ‘समृद्ध नेपाल सुखी नेपाली’ होइन ‘समृद्ध दमक सुखी केपी ओली’ भन्ने नारा लगाओस् । सुखी हुन नपाउने हामीहरुको भने श्री पशुपतिनाथले कल्यण गरुन् ।अनलाईन खवरवाट