२३ वैशाख
पर्वत । सोमबार आज नेपाल बन्दको होहल्ला अहिले निकै चलेको छ । केहि दिन पहिले एउटा विज्ञप्ती जारी गर्दै इञ्चार्ज सगुनले प्रदेश ३ र ४ का जिल्ला पनि बन्द गरेर सहयोग गर्न आह्वान गरिएको थियो ।
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले आज सोमबार हुने भनिएको बन्दमा आफ्नो कुनैपनि संलग्नता नभएको स्पष्ट पारेको छ ।
नेकपाले वैशाख २३ गते नेपालबन्द आह्वान गरेको भन्ने कुरा गलत भएको विप्लव समूहका नेताले जानकारी दिए । हाल पार्टीले बन्दको कुनै पनि कार्यक्रम नराखेको उनले बताए । तर अधिकांश विद्यालयले सोमबार नेपाल बन्द भएकोले स्कुल नआउन विद्यार्थीलाई सुचित गरेका थिए।
यसरी अन्योलका विच आजको वन्द फिर्ता भएको छ । वन्द फिर्ता भनिए पनि यात्रूहरु सडकमा कमै निश्केको पाईएको छ । विद्यालयहरु संचालन हूने वताईएको छ ।









