३० फागुन
नयाँ दिल्ली । भारतीय गृहमन्त्री राजनाथ सिंहले नेपाल–भारत सम्बन्ध सुमधुर रहेको टिप्पणी गरेका छन् ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग भाजपा पार्टी कार्यालयमा संक्षिप्त कुराकानी गर्दै गृहमन्त्री सिंहले यस्तो बताएका हुन् । उनले भने,‘दुई देशबीच सुमधुर सम्बन्ध हुनुपर्छ । सम्बन्ध गतिशिल बनाउनुपर्छ । भारत सँधै नेपालको हित चाहन्छ।’ आतंकवादको विरुद्धमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिएका छन् ।
फरक प्रसँगमा उनले नेपाल–भारत प्रवुद्ध व्यक्ति समूहले तयार पारेको संयुक्त प्रतिवेदन भारतमा हुने लोकसभाको निर्वाचनपश्चात् नै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुझ्ने स्पष्ट पारे । उनले भने,‘अहिले हामी निर्वाचनमा केन्द्रित छौं । निर्वाचनपछि मात्रै अन्य विषयमा लाग्छौं ।
नयाँ दिल्लीमा रहेका पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले भने,‘हामीले तयार पारेको यो संयुक्त प्रतिवेदन कोशेढुंगा सावित हुन्छ । कुनै असहमति छैन । प्रधानमन्त्री मोदीजीले समय अभावका कारण प्रतिवेदन बुझ्न नभ्याउनुभएको हो । अब निर्वाचनपछि बुझ्नुहुन्छ ।
उनले उक्त प्रतिवेदनले नेपाल–भारत द्धिपक्षीय सम्बन्धमा देखा परेका अहिलेका र विगतका सबै समस्याको समाधान गर्ने पनि ठोकुवा गरे । उनले थपे,‘यो प्रतिवेदन हामीले धेरै मेहनत गरेर बनाएका छौं । प्रतिवेदनलाई लिएर भारतीय सरकारको कुनै असन्तुष्टि छैन् ।
उनले नेपाल–भारत सम्बन्ध अहिलेजस्तो राम्रो कहिल्यैपनि नभएको स्पष्ट पारे । उनले भने,‘अहिले दुई देशबीचको सम्बन्ध धेरै सुमधुर छ । नेपालको विकास र समृद्धिमा भारतले सदैव सहयोग गर्छ । नेपालमा अब हुन गैरहेको लगानी सम्मेलनमा भारतबाटपनि गहकिलो उपस्थिति हुने उनको भनाई छ ।
Home Flash News भारतीय गृहमन्त्री सिंहको घोषणा : लोकसभाको निर्वाचनपछि मात्रै ईपिजीको प्रतिवेदन बुझ्छौं









