३० फागुन

बुटवल । सरकारले प्रतिवन्ध घोषणा गरेको नेत्रविक्रम चन्द विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले आह्वान गरेको नेपाल बन्दको प्रभाव प्रदेश ५ का सबै जिल्लामा परेको छ ।

कर्णालीपछि प्रदेश ५ विप्लवको गतिविधि भएको क्षेत्र हो । विहीबार प्रदेश ५ का १२ वटै जिल्लाका लागि बस छुट्ने बुटवलको लुम्बिनी बस टर्मिनलबाट कुनै सवारी साधन चलेका छैनन् ।

प्रदेश ५ का पहाडी जिल्लाहरुलाई अन्यको तुलनामा विप्लव समूहको बढी प्रभाव भएका क्षेत्रका रुपमा लिने गरिन्छ ।

विभिन्न बस समिति, जीप समितिहरुका टिकट काउन्टर बन्द गरिएका छन् । सार्वजनिक यातायातका साधन नचल्दा प्रदेशभरिको जनजीवन प्रभावित भएको छ ।

यसैबीच, सिद्धार्थ राजमार्गअन्तर्गत बुटवलको कालिकानगरमा बम आशंका गरिएको शंकास्पद वस्तु फेला परेको छ ।

।