२८ फागुन
पर्वत । संघिय सरकारको ग्रामीणसडक सञ्जाल सुधार आयोजना (आर सि आई पि)कार्यक्रम अन्तर्ग चालु बर्षमै जिल्लाका ७ सडकको डिपिआर हुदैछ । यी सडकको कुल लम्बाई १ सय १० किलोमिटर छ । यस बाहेकका केहि सडकहरु केन्द्रिय रणनीति सडकको रुपमा उल्लेख भएकाछन । बाँकी सडकहरु प्रदेश सरकारकाले नै कालोपत्रे गर्ने गरी तयारी गरेको छ ।
आर सि आइ पि कार्यक्रम अन्तर्गत कार्यक्रम अन्तर्गत जैमुनिघाट–खानिगाउँ–खलडाँडाँ हुँदै कार्कीनेटा सडकको कुल १५ किलोमिटर, देवीस्थान (ओखले)–लमाए–लिमिठाना–ठानामौला–बेतनी–थापाठाना सडकखण्डको कुल १५ किलोमिटर सडकतथामिलनचोक –रातामाटा– सालिजा सडकको कुल १८ किलोमिटर सडककालोपत्रे हुनेछ । यसैगरी कार्यक्रम अन्तर्गत पातिचौर–बाजुङ्ग–क्याङ–नागी सडकको १८ किलोमिटर, रतिखोला–चित्रे–भदौरे सडकको कुल १९ किलोमिटर सडक, दोबिल्ला–पकुवा–गंगटे–आर्थर सडकको कुल १५ किलोमिटर सडकतथात्रिवेणी–टकलाक–सिगरकोस सडकको पनि कालोपत्रे हुने भएको छ ।
यस अघि दोविल्ला देखि फलेवास हुँदै लुंखसम्मको सडकमाकालोपत्रे भईरहेको छ । उक्त खण्डमा घोएन्याउला देखि मुडिकुवाखण्डबाँकी छ । दोविल्ला–घोएन्याउला सडक कालोपत्रे सम्पन्नभएको छ । यसैगरी मुडिकुवा–लमायखोला सडक पनिकालोपत्रे सम्पन्नभएको छ । लमायखोला देखि लुंखुको कामभईरहेको छ । अर्कोबर्षसम्मकालोपत्रेको काम सकिने छ । यसै गरी पातिचौर देखि देउपुर हुँदै भुक जाने सडक पनि कालोपत्रेको काम भईरहेको छ । दक्षिणीको चिसापानी हुँदै हुवास बाट विहादी जोड्ने सडक प्रदेश सरकारबाट कालोपत्रेको लागि छनौट काम शुरु हुने अवस्थामा छ । बाँसखर्कलाई वेनी सम्म जोेड्ने वारीवेनी–वगरफाँट–बाँसखर्क सडकमा पनि कालोपत्रेको काम शुरु भएको छ । यस अघि योजना परेर रोकिएको डिमुवा–तिलाहार–राम्जादेउराली सडकमा बजेट ब्यवस्थापनको लागि पहल जनप्रतिनिधिहरुले गरीरहेको बताउँदै आएका छन ।
जलजला क्षेत्रमा पर्ने वारीवेनी–मल्लाज–लेकफाँट सडक, मिलनचोक–धाइरिङ सडक, कुश्मा–दुर्लुङ सडक, दोविल्ला–सिल्मी–ठुलिपोखरी सडक, साइकलचोक–गहतेपोखरा–ठुलिपोखरी सडक, कार्किनेटा–घन्टे–लुंखु सडकभने कालोपत्रेको लागि योजनामा छन ।
विगत वर्ष देखि योजनामा समावेश भएका सडकहरुको डि पि आरका लागी तयारी भएका हुन । पूर्व सांसद अर्जुन प्रसाद जोशीको कार्यकालमा शुरुभएका र नयां योजनाहरु समावेश भएका छन् । पूर्व सांसद अर्जुन प्रसाद जोशीको पहलमा शुरु भएको घुम्ति लाम्पाट खुर्कोट पाड नाग्लिवाड वैकल्पिक राजमार्गको क्रमागत योजनाले निरन्तरता पाएको देखिएको छैन । यस्ले एउटा जनप्रतिनिधिले शूरु गरेको दिर्घकालिन योजना अर्को जनप्रतिनिधिले निरन्तरता नदिदा भोलि यस्ता अन्य सडकहरुमा पनि अलपत्र पर्न सक्ने देखिएको छ ।  यी योजनाहरुमा श्रेय लिन  राष्टिय सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सीना,सांसद पदम गिरी र प्रदेश सभामूख नेत्र अधिकारी र प्रदेश मन्त्री विकास लम्साल हानथाप देखिएको छ ।