२७ फागुन

पर्वत । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिति स्वार्गिय थमन वहादुर गुरुङको निवास दुर्लुङ पुगेर कांग्रेसका प्रवक्ता विश्व प्रकाश शर्माले श्रद्धान्जली दिएका छन् । कांग्रेस केन्द्रिय समितिका सभापती शेर वहादुर देउवा र सिंगो पार्टीको तर्फवाट श्रद्धान्जली दिएका हुन ।
उनले थमन वहादुर गुरुङको निधनले पार्टीका एक ईमान्दार सिपाई गुमाएको,परिवारले असल अभिभावक गुमाएको र समाजले एक कुशल समाजसेवी गुमाएको वताए । अव उहांको भौतिक शरिर त हामी सामु आउदैन तर उहाले समाज र पार्टीमा गरेको योगदान सधै हाम्रो सामु आईरहने छ । उहांको सपना हाम्रो नजरमा घुमिरहने छ त्यसलाई साकार पार्नु हाम्रो कर्तव्य हो भन्दै नेपाली कांग्रेस केन्द्रिय समिति र आफु सधै परिवारको साथमा रहेको वताउदै स्वर्गिय थमन वहादुर गूरुडको वैगुण्ठवासको कामना गरे ।


उक्त श्रद्धान्जली सभामा नेपाली कांग्रेस पर्वतका पूर्व पार्टी सभापती नवराज गुरुङ र वडा सभापती वालकृष्ण शर्माले आपनो भनाई राखेका थिए ।


उक्त सभामा नेपाली कांग्रेस कूश्मा नगरपालीकाका सभापती तथा कूश्मा नगर प्रमूख रामचन्द जोशी,उप प्रमूख सीता काप्ले लामिछाने,नेवि संघका निवर्तमान केन्द्रिय उपसभापती डिल्लीराम शर्मा,नेवि संघका पूर्व जिल्ला सभापती लेखनाथ शर्मा लगायतको उपस्थिति रहेको थियो ।

थमन वहादुर गुरुङको गएको शुक्रबार राती ६४ बर्षको उमेरमा आप्mनै निवास दुर्लुङमा निधन भएको थियो । पञ्चायतकालदेखि नै राजनीति र सामाजिक क्षेत्रमा सक्रिय गुरुङ तीन वर्षदेखि कलेजोको क्यान्सरका कारण बिरामी पर्नुभएको थियो ।