१६ फागून
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको मृत्युको खबर सुनेपछि काठमाडौँ आएका अधिकारीको आमाबुबा रुदैँ पोखरा फर्किएका छन् । बुधबार ताप्लेजुङमा भएको विमान दुर्घटनामा परि मन्त्री अधिकारीको निधनभएको खबलले मन अमिलाे बनाउँदै काठमाडौँ आएका स्वर्गीय मन्त्री अधिकारीका माता पिता रुदैँ पुन: पोखरा फर्किएका हुन् ।
उनीहरु मन्त्री अधिकारी सहित सातै जनाको शव काठमाडौं ल्याइएपछि पोखरा फर्किएका हुन् । पोखरा फर्किनेमा बुबाआमासहित मन्त्री अधिकारीका आफन्तहरु समेत रहेका छन्। उनीहरू सबै भावविह्वल देखिएका छन्।









