१० फागून

कृष्णानगर /संवाददाता   कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा ३ मा रहेको जामिया सिराजुलवलुम अलसल्फीया को सभा हालमा आज राष्ट्रीय मदरसा संघ को आयोजना मा विश्व मातृ भाषा दिवस को सन्दर्भमा अयोजित मातृ भाषा शिक्षा अवसर र चुनौती अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। उक्त कार्यक्रम का प्रमुख अतिथि प्रदेश ५ का समाजिक बिकास मंत्रालयका मंत्री सुदर्शन  बरालले आफ्नो मन्तव्य राख्ने क्रममा कृष्णनगर नगरपालिका भित्र पहिलो यात्रा रहेको बताउदै यो देश बचाउन र बनाउन अन्य समुदायले जति योगदान गरेको छ तेतिनै मुस्लिम समुदाय को पनि योगदान रहेको छ । सबै मातृ भाषा को संरक्षण र सम्वर्धन गर्नु र राज्य को मूलधार मा लिदै सबै लाई सम्मान गरेर मात्र देशलाई सम्वृद्धि को बाटो तिर लैजान सकिन्छ ।

देश मा रहेको जति पनि भाषा भाषि,जति पनि संस्कृति र जतिपनि परम्परा हरु छन्। ती सबै को आफ्नो राष्ट्रीय मान्यता छ जसको वारेमा संविधान मा पनि उल्लेखित रहेको र यसकारण ले यी सबैको सुरक्षा बाट मात्रै समग्ररुपमा विकास सम्भव रहेको छ। यो प्रदेश लाई साक्षर घोषणा गर्न को लागि प्रदेशमा रहेको सबै स्थानिए तह मा कार्यक्रम चलाई साक्षर घोषणा गर्नु पर्ने छ तर कपिलवस्तुको केही नगरपालिका र गाउपालिका हरु त्यो कार्यक्रम मा खास चासो न देखाएको देखापरेको छ अव हामी त्यो नगर व गाउपालिका को डाटा तैयार गरि माथि पठाउने छौ। यो प्रदेश मा रहेको सबै मदरसा हरुको बारेमा डाटा तैयार भइ रहेको छ। मूलप्रवाहिकरण मा न आएको मदरसा लाइ मूलप्रवाहिकरण मा ल्याई समुदायिक बिद्यालय सरह सेवा सुविधा दिने वारेमा छलफल चलिरहेको र मदरसा बाट प्राप्त गरेको शैक्षिक प्रमाण पत्रलाई मान्यता दिइ अब मदरसा लाई विश्व विद्यालय बाउनको पुरै प्रयास रहेको मंत्री ले बताए।

इस्लाम धर्म का पवित्र कुरान को पाठ र राष्ट्रीय गान प्रस्तुत गरी कार्यक्रमको उदघाटन गरियो। सभा हालमा उपस्थित सबै जनप्रतिनिधी,शिक्षक अभिभावक,समाजसेवी पत्रकारहरुको स्वागत राष्ट्रीय मदरसा संघ नेपालका राष्ट्रीय महासचिव मौलाना मसहूद खा नेपाली ले गरेका थिए।प्रदेश ५ मा समाजिक बिकास मंत्रालय का मंत्री मा. सुदर्शन बराल को उपस्थिती मा यो कार्यक्रम गरिमामय इतिहास बनाउदै र देश भरीमा रहेको १२३ भाषा हरु मध्ये कति भाषा हरु हराइएको अवस्था देखा परि रहेको नेपालीले बाएका थिए।

विशिष्ट अतिथि प्रदेश सभा सदस्य रिना नेपाल र अतिथि कृष्णनगर नगर उपप्रमुख सबनम खातुन,जिल्ला शिक्षा समवन्य समिती प्रमुख बाबूराम भटराई,महुरी होम अध्यक्ष रविन्द्र ठाकुर,उद्योग वाणिज्य संघ कृष्णनगर अध्यक्ष गुरुशरण सिंह(बन्टी सरदार),इलाका प्रहरी कार्यलय कृष्णनगर निरीक्षक सूर्य बहादूर बोग्टी,सशस्त्र प्रहरी बल कृष्णनगर डिएसपी मनोज धिताल मदरसा को प्र.अ. मौलाना खुर्शीद शेख ,विनी रामकरन पाल,युवा समाज सेवी तुफेल अहमद,लिडो नेपाल का संयोजक सुनिता बेलबासे लगायत समाज सेवी,शिक्षा प्रेमी,संघ संस्था क्षेत्रका मदरसा बाट आएका प्र.अ.मौलाना,पत्रकारहरुको उपस्थिती थियो।

यो कार्यक्रमको अध्यक्षता राष्ट्रीय मदरसा संघ को राष्ट्रीय अध्यक्ष डा.अब्दुलगनी अलकूफी ले गरेका थिए। उपस्थित सबै जनप्रतिनिधी मंत्री,पत्रकार हरुको टोली ले आयसा सिद्दीकीया ग्रल्स कालेज कृष्णनगरको कक्षाकोठा,कम्प्यूटर कोठा ,सिलाई कढाई बाट तैयार गरेको कपडा माटो लगायत बाट तैयार गरेको सरसामानको अवलोकन गरेका थिए।