g]skfsf] ;lrjfno a}7s afn'jf6f/df ;f]daf/ a;]sf] g]kfn sDo'lgi6 kf6L{sf] ;lrjfno a}7sdf k|wfgdGqL Pj+ g]skfsf cWoIf s]kL zdf{ cf]nL, k"j{ k|wfgdGqL Pj+ g]skfsf cWoIf k'iksdn bfxfn;lxt zLif{ g]tfx? . t:jL/ M /f]zg ;fksf]6f, /f;;

९ फागून

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता निल्नु न ओकल्नु जस्तो भएको छ । यसका लागि प्रयास भने जारी छ ।

पार्टी एकता कार्यदल र सचिवालयको संयुक्त बैठक बालुवाटारमा बिहीबार बिहानदेखि जारी छ । सचिवालयले पार्टी एकताका लागि सहमति जुटाउन गठन गरेको कार्यदलसँग छलफल गरिरहेको हो ।

 कार्यदलले अपूर्ण प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएपछि सहमति जुटाउन शीर्ष तहमै छलफल भईरहेको छ । यसैको लागि सचिवालय र कार्यदलको संयुक्त बैठक डाकिएको हो ।

नेतृत्वतहमै खिचातानी र अन्तरविरोध चलिरहँदा बिहीबार पनि एकतामा सहमति निस्कनेमा भने आशंका छ । कार्यदलमा देखिएको अन्तरविरोधले जताततै असर पारिरहेको छ ।

नेकपाभित्र एक अध्यक्ष केपी शर्मा ओली समूहले पार्टी एकता टुंग्याउने विषयमा अनिच्छा देखाउन थालेको आरोप लाग्दै आएको छ । अर्कातिर अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि ओलीसंग टाढिन खोजिरहेका छन् ।

भेनेजुएला काण्डपछि नेकपाभित्र प्रचण्ड र ओली पक्षबीच आरोप प्रत्यारोप चलिरहेको छ ।