८ फागून
कृष्णा नगर संवाददाता ,कपिलवस्तु जिल्ला को कृष्णानगर नगरपालिका वडा नं ३ सूरही खोला नजिक भारत बाट ल्याउदै गरेको अबैध बोईलर कुखुराको चल्ला नष्ट गरेको छ । विशेष सूराकी को अधारमा कृष्णानगर सशस्त्र प्रहरी बल का स.प्र. निरिक्षक जोगेन्द्र के.सी.को कमाण्ड मा खटिएको टोलीले मध्यरात्रिमा समातेको हो ।
प्रहरी देखन साथ चल्ला ल्याउदै गरेका मान्छे समेत भागेको जानकारी भएको छ। बरामद गरिएका ५००० गोटा चल्ला सशस्त्र प्रहरी को क्यामप को प्रांगढमा पशु क्वारेनटाइन प्रतिनिधि, पत्रकार लगायत अन्यको ल्याउदै उपस्थितिमा नष्ट गरिएको छ ।
उक्त नष्ट गरिएको चल्ला को अनुमानित मूल्य चार लाख पर्ने कुरा स.प्र. निरिक्षक जोगेन्द्र के.सी.ले जानकारी दिनु भयो









