७ फागून
बागलुङ । बागलुङ स् जिल्लाको जैमिनी नगरपालिका–८ छिस्तीमा मंगलबार साँझ जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

ध १ ज ७९१ नम्बरको जीप छिस्तीको रापुङटुनीबोटमा दुर्घटना हुँदा तीनजनाको शव भेटिएको हो। शवको पहिचान भने भइसकेको छैन।

जीपमा करिव २० देखि २५ जना यात्रु रहेको वताईएको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। छिस्तीको जनकल्याण माविको वार्षिकोत्सव मनाएर घर फर्किदै गरेका विद्यार्थी अभिभावक सवार जीप दुर्घटनामा परेको वडाध्यक्ष विजय शर्मा अधिकारीले जानकारी दिए।

सडकदेखि करिव ९ सय मिटर तल खसेको जीपमा के कति मानवीय क्षती भयो भन्ने एकिन हुन सकेको छैन। रात परेका कारण उद्धारमा समस्या भएको अध्यक्ष शर्माको भनाइ छ।