७ फागून
पर्वत जिल्लामा गूपचूप राष्ट्रिय प्रजातन्त्र दिशव मनाएका छन् । केहि थान सूरक्षाकर्मी र कर्मचारीहरुलाई आमन्त्रण गरि प्रजातन्त्र दिवश मनाएका हून । प्रजातन्त्र दिवश मनाउने जिल्ला मूल समाहरोह समितिले नागरिक समाजका संघ संस्थाहरुलाई खवर नै नगरि मनाएको हो । आज विहान वजार परिक्रमा गरि मनाएको प्रजातन्त्र दिवशमा केहि थान सरकारी कर्मचारी वाहेक नागरिक समाजका प्रतिनिधिहरुको उपस्थिति रहेको देखिएन । राजनैतिक दलका पनि एक एकजना प्रतिनिधिको मात्र सहभागिता देखियो ।

विसं २००७ फागुन ७ गते प्रजातन्त्र स्थापना भएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ६९ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको हो । प्रजातन्त्र स्थापनाका लागि भएको सङ्घर्षमा शुक्रराज शास्त्री, दशरथ चन्द, धर्मभक्त माथेमा र गङ्गालाल श्रेष्ठले विसं १९९७ माघमा बलिदानी दिएका थिए ।

प्रजा परिषद् नामक राजनीतिक दल भूमिगत रुपमा स्थापना गरी प्रजातन्त्र स्थापनाका लागि जनतामा जागरण ल्याएको अभियोगमा उनीहरूलाई मृत्युदण्ड दिइएको थियो । एकसय चार वर्षीय जहानियाँ राणा शासनको विरुद्धमा जनताले आन्दोलन गरी रगत बगाएपछि राणा शासकले जनतासमक्ष घुँडा टेक्न बाध्य भई प्रजातन्त्र स्थापना भएको घोषणा गरिएको थियो ।

तत्कालीन राजा त्रिभुवनको घोषणापछि राणा र नेपाली काँग्रेस सम्मिलित सरकार गठन भई नेपालमा प्रजातान्त्रिक शासनकालको सूत्रपात भयो । विसं २००० पछि स्थापना भएका नेपाल प्रजातन्त्र काँग्रेस र नेपाली राष्ट्रिय काँग्रेसको २००६ सालमा एकीकरणपछि नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाको नेतृत्वमा भएको सशस्त्र र निर्णायक आन्दोलनले नेपालमा २००७ साल फागुन ७ गते प्रजातन्त्र स्थापना गरेको थियो ।
यसरी स्थापना भएको दिवशलाई राष्ट्रिय रुपमा साझा दिवसको रुपमा सवैलाई आमन्त्रण गरि मनाउनु पर्नेमा जिल्ला मूल समाहरोह समितिले विरालो वाधेर श्राद्ध गर्ने तरिकाले कार्यक्रम सम्पन्न गरेको लोकतान्त्रिक गैर सरकारी संस्था महासंघका सचिव उत्तम प्रसाद अधिकारीले वताए ।

जिल्ला मूल समाहरोह समितका अध्यक्षले शहिद गोविन्दनाथ शर्माको शालिकमा माल्यापर्ण गरिएको थियो । जिल्ला समन्वय समितिको हलमा जिल्ला मूल समाहरोह समितिका अध्यक्ष मनोहर वि पौडेलको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।