७ फागून

रेडियो दिदिवहीन पर्वतले आयोजना गरेको रेडियोको वार्षिक उत्सव तथा एघारौं महिला महोत्सव माघ २७ गते देखी संचालन भई फागून ७ गते आज सकिदैछ । यस वर्ष भने आयोजकले सवैकाम ठेक्कामा दिएर आफू सवै जिम्मेवारी वाट वाहिर पन्छिएको देखिएको छ । महोत्वसको सवै व्यवस्थापन ठेक्कामा दिएर नाफा मात्र आयोजकले लिने गरेको देखिएको छ ।

स्टल व्यवस्थापन,कलाकारको आमन्त्रण गर्ने,टिकटको विक्रिी वितरण देखी सवै तर त्यस वाट भएको फाईदा मात्र आयोजकले लिने गरेको देखियो । घाटा भए व्यवस्थापन गर्नेले नै व्यहोर्ने गरि महोत्सव आयोजना गर्ने गरिएको छ । यस्ले पर्वत जिल्लाको व्यवपार व्यवसाय त केहि हद सम्म वृद्धि गरेहोला तर मेला महोत्वस मात्रै नाफाका कमाउनका लागी आयोजना गर्दछन् भन्ने पूष्टि भएको छ । एकै दिन आयोजना गर्ने कार्यक्रममा कन्सर्टको नाममा थपे मूल्यको टिकट विक्री गरेको पनि देखिएको छ । न त्यो टिकटमा मूल्य नै उल्लेख गरिएको छ ।
यसै क्रममा ठेक्कामा परेका एकजना राष्टिय कलाकार प्रकाश सपूतले आफू अपमानित भएको भनि फेसवूकमा स्टाटस र प्रहरी कार्यालयमा निवेदन नै हाल्न पूगेका छन् ।
उनले फेसवूकमा यसरी दूखेसो पोखेका छन् ।
लाईफ़मा धेरै अगाडि सम्म जानुछ त्यसैले यस्ता सानातिना कुरामा के अल्झिनु भनेर धेरै बेर सोचे । पोखरा सम्म ट्याक्सिमा आए। त्यहाबाट मुग्लिन सम्मका लागि बिरगंन्ज जाने बसको अन्तिम सिटमा छु । मुग्लिन बाट दाङ र दाङबाट प्युठान पुग्नुछ । कार्यक्रम भोलीनै छ । निदाउन सकेकोछैन । केहि रेस्पोन्स आउछकि भनेर मोबाईल पटक पटक हेर्दैछु । १०. ३० बजे सम्म पनि कुनै कल रेस्पोन्स नआएपछि ईगो हर्ट भयो ।
र लेख्दैछु (
म आज आफ्नै क्षेत्रमा अपमानित महशुस गरेर फर्किदैछु ।
रेडियो दिदि बहिनि कुस्मा पर्वतले आयोजना गरेको महिला महोत्सव का लागि सरोज जि ले कल गर्नु भएको थियो । उहाले आफु ईभेन्ट म्यानेजर भएकोले पर्वत गोर्खा र नुवाकोट का लागि एकमुष्ट एग्रिमेन्ट गरौ भन्नु भएको थियो सोहि अनुसार शुरुमा कुश्माका लागि माघ २७ गतेका लागि मौखिक कुराकानी भयो । मैले २६ गते आबुखैरेनी कार्यक्रम सकेर आफै कल गरे र भने म हिडे है कुस्मका लागि । तर अचानक उहाले पानी परेर कार्यक्रम सरेकाले १र२ दिनमा फ़िक्स गर्ने भन्नुभयो मैले ल ठिकै छ प्रकृतिको दोष भनेर चुपचाप काठमांडू फर्किए । तर मनमनमा क्यान्सिल भाको कुरा कम्तिमा ख़बर त गर्नपर्छनी भन्ने चाहि लागेको थियो ।

बिचमा उहाले कल गरेपछि मैले ६ र ७ मा एकदिन गरौ भनेको थिए । उहाले ६ मा कुस्मा र ११ गते गोर्खा फ़िक्स गरेपछि मैले ओके भने र ७ गतेको लागि प्युठान कार्यक्रम तय गरे । यसरी निकै जिकज्याक सेड्युल भएपनि आफ्नो ईमान को लागि म दौडीएकै छु । ४ गते रोल्पा कार्यक्रम सकेर निकै मुश्किल यात्राका बाबजुत ५ गते राती म कुस्मा पुगे । ६ गते बिहानै आयोजक रेडियोको तर्फ बाट कल्पना चापागाई ज्यु र अर्का वीरेन्द्र क्षत्री ज्यु आएर आज अरुनै कलाकार भएको तपाई आउने ख़बर नभएको भन्दा म झसंगै भए । मैले सरोज जिलाई कल गरे उहाले आफु गोर्खा आएको र कुस्माको आयोजकले आफ्नो तरिकाले कलाकार बोलाएको गुनासो गर्दै ७ गतेका लागि बस्दिन आग्रह गर्नु भयो । मैले प्युठान जानुपर्ने बताएपछि उहाले प्युठान को सेड्युल आफुले मिलाईदिन सक्ने भन्नु भयो । म बस्न तयार भए । तर प्युठान सार्न मिलेन । म आफैले आग्रह गर्दा पनि पुरा प्रचारप्रसार भएको र बिदाको दिन भएकाले समस्या हुने भएपछि म जानै पर्ने भयो । म आज के गरौ त  भनेर पटक पटक कल गरे । धेरै पटक उठेन । उठेको बेला प्युठान सार्ने कुरा भैराछ पख्नुस मात्रै भनियो । मैले कल्पना म्याम लाई पनि सोधे उहाले कलाकारको ज़िम्मा आफ्नो नभएको भन्दै हलुको जवाफ दिनुभयो ।

४ बजेसम्म मैले निर्णय पर्खिय । स्टेज जानुपर्ने होकि भनेर तयारी पनि थिए । तर केहि निधो आएन । मैंले प्युठान आयोजकलाई अन्तिम कल गरे केहि हेरफेर नभएको बताएपछि मैले सरोज जि लाई कल गरे उठेन । मलाई एकदमै अपमानित महशुस भयो । होटल ले पनि आयोजकले केहि नभनेको भनेपछि मैले बिल तिरेर निस्किए । अघिल्ला वर्षहरु छोडिदिउ । कार्यक्रमका हिसाबले यो वर्ष मेरो गोल्डेन ईएर हो । ३ महिनाको अबधिमा ६० भन्दा बढि कार्यक्रम गरेको छु । कतै यस्तो भएको छैन । कार्यक्रम निधो गरेपछि परिस्थिति अनुसार एडजस्ट र कम्प्रोमाईज गरिन्छ नै । माघ को अन्तिम साता झरिका कारण ठामकोठाम ३ वटा कार्यक्रम रद्द भए । मैले सहे । तर ठाउमा पुगेर बिना कारण कार्यक्रममा सहभागि नगराएर रेस्पोन्स पनि नगर्दा कसरि सहनु । यो त अलि बढ़िनै भयो कि रुरुरु
९ मैले यो कुरा पर्वत प्रहरिलाई खबर गरिसकेको छु ।
क्षतिपूर्ति आफ्नो ठाउमा छ सम्बन्धित ले लिखित माफि माग्नुपर्छ ।