६ फागुन
पर्वत । पर्वतमा पहिलो मगर महोत्सव हूने भएको छ । आफ्नो स्थापना दिवसको अवसरमा पुन युवा क्लवले आयोजना गर्न लागेको मगर महोत्सवको सम्पूर्ण तयारी पुरा भएको छ । फागुन ७ गते भोली वाट १५ गतेसम्म संचालन हुने महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
‘कला र संस्कृतिको जर्गेना गरौँ, समृद्धिको लागि पर्यटनको प्रवद्धन गरौँ’ भन्ने नारा लिएर हुन लागेको महोत्सवले स्थानिय स्तरमा उत्पादित कृषिजन्य बस्तुको पूर्वद्धन, सम्भावित पर्यटकीय क्षेत्रको पहिचान, कला साँस्कृतिक जर्गेना र सूचना प्रविधिको समयानुकूल प्रयोगलाई प्राथमिकता दिने भएको छ ।
साथै महोत्सवमा मगर साँस्कृतिक झल्कने साँस्कृति नाचगान, राष्ट्रिय कलाकारको बेजोड साँगितिक प्रस्तुती, विभिन्न खेलकुद प्रतियोगिता, डान्स आईडल र रमाईलो मेला लगायतका कार्यक्रम हुने आयोजकले जनाएको छ । महोत्सवको गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले गुरुङले गर्ने हुनुभएको छ । मेलामा १ सय ५० वटा स्टल रहने छन् ।
स्थानिय तह स्तरीय भलिवल प्रतियोगिता संचालन गरिने,प्रत्येक दिन फरक फरक राष्टिय कलाकारको प्रस्तुति रहने क्लवका अध्यक्ष कृष्ण पूनले जानकारी दिए । कौरा तथा मारुनी नाचका साथै मगर संस्कृति झल्कने कार्यक्रम प्रस्तुत गरिने क्वलका सल्लाहकार गणेश पूनले जानकारी दिए ।
महोत्सवमा रु ७० को टिकटको व्यवस्था गरिएको छ । विद्यार्थीहरुका लागी रु ५० र जेष्ठ नागरिकका लागी परिचय पत्रको आधारमा निशूल्क प्रवेशको व्यवस्था गरेको पूर्व अध्यक्ष जिवन पूनले जानकारी दिए ।
मेलामा टिकट काट्नेहरुका लागी नगारिकताको फोटोकपि र एक थान पासपोर्ट साईजको फोटो उपलव्ध गराएमा टिकटको साथमा एनसेलको एउटा सिम सगै १०० एम वि डाटा भएको एनसेलको सिम उपलव्ध गराउने आयोजकले जनाएको छ ।
कूश्माको वडागाउं खेलकूदको मैदानमा संचालन हून लागेको उक्त मेला ९ दिन सम्म संचालन हूने छ ।









