४ फागून
पर्वत नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले पूर्व पश्चिम लोकमार्गको निर्माण कार्य दूर्तगतिमा हूनूपर्ने वताएका छन् । उनले आफू प्रधानमन्त्रीहूदा शूरु गरेका राष्टिय गौरवको योजना भएकाले यसको निर्माणमा तिव्रता दिनूपर्ने वताएका छन् । देशमा अहिले विभिन्न काण्डैकाण्डमा फसेकाले त्यस वाट छूटकरा लिनका लागी र देशको भ्रष्टचार रोक्न लोकपालको व्यवस्था हुनुपर्ने बताएका छन्। सार्वजनिक छवि भएका व्यक्तिहरूलाई संसदप्रति उत्तरदायी बनाएर राष्ट्रपतिदेखि तल्ला पदहरूमा पनि छानबिन गर्ने अधिकारसहितको लोकपालको व्यवस्था गरिएमा मात्र देशको भ्रष्टाचारी प्रवृत्ति अन्त्य हुने उनको भनाइ छ। मध्यपहाडी पुष्पलाल लोकमार्गअभियान अन्तर्गत ‘असल राजनीति र समावेशी विकासका लागि जनसंवाद यात्रा–२०७५’ को नारा बोकेर पर्वतमा जनसम्वाद कार्यक्रम लिएर आएका भट्टराईले सदरमुकाम कुश्मामा भएको जनसम्वाद कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। ‘हाम्रो माग पहिले पनि यही तर मानिएन, लोकपालले राष्ट्रपतिदेखि प्रधानन्याधिसम्मकालाई भ्रष्टाचारको केशमा कारबाही गर्छ’ संयोजक भट्टराईले भने, ‘अहिले जस्तो आफ्ना आफ्ना पार्टीका मान्छेलाई नियुक्ति गर्दै जाने हो भ्रष्टाचारको अन्त्य कसरी हुन्छरु’ आफ्ना पार्टीको नेताले भ्रष्टाचार गर्दा चुप लागेर बस्ने राजनीतिक कार्यकर्ताहरूलाई अर्को पार्टीको नेताले भ्रष्टाचार गर्दा बोल्ने नैतिक आधिकार नरहने उनको भनाई छ।
भ्रष्टाचारको विरुद्धमा कतिपयले बेला बेलामा आवाज उठाउने गरेको भएपनि भ्रष्टाचारीहरूले सबैलाई भाग दिएका कारण नै बोल्नेहरू पनि चुपचाप रहने गरेको दावी गरे। ‘पछिल्ला एक वर्षमा वाइडबडी, एनसेल, बूढीगण्डकी, ३३ के जि सुनलागयतका प्रकरणमा अर्बौंको भ्रष्टाचार भइरहेको छ। भ्रष्टाचार रोक्न आवाज उठ्छ, मुठीभर कमिसन खोरहरू छन्, तिनले सबैको मुखमा चटाइदिएका छन् अनि सबैको मुख बन्द भइहाल्छ’ उनले भने, ‘मिडिया पनि केही समय उफ्रन्छन्, त्यो मिडियालाई पनि चटाउँछन्, सत्ता बाहिरको पार्टी अलिअलि कराउँछ, त्यसलाई पनि चटाउँछन अनि उ पनि चुप हुन्छ।’ जनता सचेत भएर विधिको शासन गर्दै जनताले हस्तक्षेप नगरेमा नेता बिग्रने भएकोले स्थानीय तह र नागरिक सचेत भएमा मात्र लोकतन्त्र बलियो हुने संयोजक भट्टराईको भनाइ छ।
अर्को प्रसंगमा उनले नेपालको विकास गर्ने हो भने औद्योगिक पूँजीवादको नयाँ सिद्धान्त लागू हुनुपर्ने उल्लेख गरे। संसारको शक्तिशाली पूँजीवादी राष्ट्र अमेरिकाले सिमामा पर्खाल लगाएर राज्य नियन्त्रित अर्थतन्त्र लागू गर्न खोज्नु र शक्तिशाली साम्राज्यवादी राष्ट्र चीनले खुल्ला बजार खोज्नुले पुँजीवाद र साम्राज्यवाद आफ्नो ठाउँमा नरेहेको डा भट्टराईको भनाई छ। अमेरिका र चीनको अर्थनीतिको उदाहरणले पनि दुवै सिद्धान्तहरू पुराना भएकोले नयाँ औद्यौगिक पुँजीवादको आवश्यकता रहेको र त्ययसले मात्र नेपालको समृद्धि हुन सक्ने उनले तर्क गरे। डा। भट्टराई माघ १५ गतेदेखि १ महिने जनसम्वाद यात्राको क्रममा मध्यपहाडी लोकमार्गले छुने जिल्लाहरूको भ्रमणमा निस्किएका छन्। पाँचथरको चिवा भञ्ज्याङबाट शुरु भएको उनको यो यात्रा फागुन १५ गते बैतडीको झुलाघाटमा पुगेर सकिने छ। यस क्रममा संयोजक डा। भट्टराईले २७ जिल्लाका ८६ स्थानमा जन भेटघाट, अन्तरक्रिया, कोणसभा, जनसभा, गुनासो संकलन कार्यक्रममा सहभागी हुनेछन्। मध्यपहाडी लोकमार्गको अवलोकन, आसपासको जनजीवनको अध्ययन, समस्याको पहिचान र राष्ट्रिय जीवनका महत्वपूर्ण सवालमा आम नागरिकसंग प्रत्यक्ष संवाद गर्ने उनको योजना छ।
आज पर्वत जिल्लामा भएको अन्तर सम्वाद कार्यक्रममा शुभकामना कूश्मा नगरपालिकाका मेयर रामचन्द्र जोशी,पूर्व सांसद गूणखर वस्याल दिएका थिए भने लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका जिल्ला अध्यक्ष गणेश वहादूर क्षेत्री लगायतले जिज्ञासा राखेका थिए । कार्यक्रमको अध्यक्षता नया शक्ति नेपाल पर्वतका संयोजक नविन पूनले र संचालन महेन्द्रजंङ लामिछानेले गरेका थिए ।









