३ फागून
लोकतान्त्रिक गैरसरकारी संस्था महासंघ नेपनल पर्वतले जिल्ला समन्वय समिति पर्वत र जिल्ला प्रशासन कार्यालय पर्वतलाई ध्यानआकर्षण गराएको छ । छाता संस्था राष्ट्रिय निर्देशन ऐन २०१८ वमोजिम दर्ता भएको नेपालको पहिलो महासंघ लोकतान्त्रिक गैर सरकारी संस्था महासंघलाई पर्वतलाई जिल्लामा आयोजना हुने कार्यक्रममा आमन्त्रण नगरिएकोमा ध्यानआकर्षण गराएको हो । आज लोकतान्त्रिक गैरसरकारी संस्था महासंघका प्रतिनिधि मण्डलले जिल्ला समन्वय समिति पर्वतका संयोजक मनोहर वि पौडेलल र प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकाललाई भेटी ध्यानआकर्षण पत्र वूझाएको छ ।
वि स २०६३ सालमा काठमाडौंमा दर्ता भएको यस महासंघ पर्वत जिल्लामा २०६४ साल देखि कृयाशिल रहेको छ । २०६८ साल देखि पर्वत जिल्लामा शसक्त नागरिक संगठनको रुपमा कृयाशिल यस महासंघले जिल्ला परिषद लगायतका कार्यक्रममा शूभकामना दिने,सरकारी तथा गैरसरकारी निकायका कार्यक्रममा सहकार्य,साझेदारी र नकरात्मक कार्यमा शसक्त खवरदारी गर्दै आईरहको ध्यानआकर्षण पत्रमा उल्लेख गरिएको छ ।
विगत वर्ष देखि विभिन्न कार्यक्रममा सहकार्य र साझेदारी गदै आएको यस महासंघलाई हाल पूर्वाग्रही ढंगले आमन्त्रण गर्न छाडिएको हो कि भन्ने लागेर आज ध्यानआकर्षण गराएको महासंघका अध्यक्ष गणेश वहादूर क्षेत्रीले वताउनू भयो । उहांले केहि समय अगाडी पर्वत जिल्ला समन्वय समितिले आयोजना गरेको जिल्ला परिषद वैठकमा यस महासंघलाई आमन्त्रण नगरिएको भन्ने खवर प्राप्त भएकाले संस्थागत रुपमा नै ध्यानआकर्षण गराईको हो यदि यस्तै पूर्वाग्रह राखेर अगाडी वढेमा त्यो पर्वत जिल्लाका लागी दूर्भाग्य हुने वताउदै त्यस तर्फ गम्भिर वन्न आग्रह गनर््भयो ।
ध्यानआकर्षण पत्र वूभदै समन्वय प्रमूख मनोहर वि पौडेलले यथाशक्य सवैको प्रतिनिधित्व गराउने तर पर्वत जिल्लामा दुई वटा गैरसरकारी संस्था महासंघ भएकाले साझा एउटा भएमा सजिलो हूने धारणा व्यक्त गर्दै सवै निकायमा प्रतिनिधित्वका लागी पहल गर्ने धारणा राख्नू भयो । विगत देखिको अभ्यासलाई निरन्तरता दिनका लागी आफू तयार रहेको धारणा राख्नू भयो ।
त्यसै गरि प्रमूख जिल्ला अधिकारी गूरुदत्त ढकालले नागरिक संगठन जति धेरैको प्रतिनिधित्व भयो त्यति राम्रो हो । लोकतन्त्रमा सवैको सहभागिता र अपनत्व हून जरुरी छ भन्दै विधिवत रुपमा दर्ता भएको यस महासंघलाई सवै निकायमा आमन्त्रण गरिरहेको र आगामी दिनमा पनि आमन्त्रण गर्ने प्रतिवद्धता जनाउनू भयो । विगतको अभ्यासलाई राम्रोकर्यका लागी सहकार्य गर्दा थप उपलव्धि हासील हूने वताउनू भयो । तर संघिय सरकारको कार्यालय जिल्ला प्रशासन कार्यालय भएकाले प्रदेश र स्थानिय सरकारले गर्ने कार्यक्रममा सवै हामीलाई पनि जानकारी नहूने भएकाले समस्या भएको वताउनू भयो ।
विगत १० वर्ष देखि पर्वत जिल्लाका हरेका नागरिक गतिविधिमा शसक्त आवाज वूलन्द गर्दैे र प्रतिनिधित्व गर्दै आएको यस महासंघलाई विना कारण पूर्वाग्रह साचेर आमन्त्रण नगर्ने गरिएको हो भने त्यसका विरुद्ध शसक्त खवरदारी गर्ने महासंद्धका सचिव उत्तम अधिकारीले वताउनू भयो ।
यस लोकतन्त्रिक गैरसरकारी संस्था महासंघका ७७ वटा जिल्लामा जिल्ला शाखा कृयाशिल रहेका छन् भने झण्डै ६ हजार गैरसरकारी संस्थाहरु आवद्ध रहेका छन् ।









