३ फागून
शिला पाण्डे, पर्वत मोदी गाउपालिकाले हात्तीपाइले रोग विरुद्धको आम औषधि सेवन कार्ययोजना सार्बजनिक गरेको छ । यहि फाल्गुन को दोस्रो हप्ता बाट सन्चालन हुन लागेको अभियानमाविगतका बर्षहरुमा स्वयंसेवक खटाउने गरी गरिएकोमा यस बर्ष भने स्वास्थ कर्मी नै परिचालन गर्ने नेपाल सरकारको रणनीति अनुरूप अभियान संचालन गर्न लागिएको हो ।
हात्तिपाइले रोग लाम्खुट्टेको टोकाइबाट सर्ने सरूवा रोग हो। यो माइक्रोफाइलेरिया नामक परिजिवीको कारणबाट हुने गर्दछ । गॉंउपालिका स्वास्थ्य शाखाद्वारा आयोजित कार्यक्रममा मोदी गाउपालिकाका अध्यक्ष प्रेम पौडेलले संविधानले स्वास्थलाइ जनताको मौलिक हकको रुपमा उल्लेख गरेकोले स्वास्थलाई मोदी गाउँपालिकाले सदैव प्राथमिकता मा राख्ने बताउदै स्वास्थकर्मिलाइ प्रभावकारी ढंगले कार्यक्रम कार्यनयन गर्नका लागि निर्देशन दिएका छन ।
उपाध्यक्ष सेती महतले अभियानको सफल कार्यान्वयनमा स्वास्थकर्मिहरुको भुमिका महत्वपूर्ण हुने भन्दै कार्यक्रम सफलताको शुभकामना व्यक्त गरिन। त्यस्तै प्रशासकिय अधिकृत कुमान सिंह गुरुङले योजना पुर्णरुपमा कार्यन्वयन गरेर औषधि खान योग्य जनताहरु कोहि पनि छुट्टाउन नहुनेमा जोड दिए।

यस बर्ष मोदी गाउपालिकामा १६३ जना स्वास्थकर्मि परिचालन गरिने छ भने कुल कार्ययोजना बजेट ५ लाख २८ हजार बिनियोजन गरिएको छ । मोदि गाउपालिका को कार्ययोजना अनुसार स्थानीय तह स्तरीय तर्जुमा गोष्ठी, स्वास्थकर्मि तालिम ३ ठाँउमा सन्चालन गरिने, महिला स्वास्थ संयमसेविका अभिमुखिकरण कार्यक्रम, स्थानीय तह स्तरीय अन्तरक्रिया कार्यक्रम, बिध्यालय स्वास्थ शिक्षा कार्यक्रम, हात्तिपाइले रोग निवारण अभियान प्रचार प्रसार कार्यक्रम , स्वास्थकर्मिका लागि झोला वितरण, औसधि ढुवानी, औसधि खुवाउने संयमसेवक परिचालन, लगाएतका कार्र्यक्रम गरिने स्वास्थ संयोजक उमेश अधिकारीले जानाकारी दिए । अधिकारिले सहजीकरण गरेको कार्यक्रममा 20जना भन्दा बढी को सहभागीता रहेको थियो भने कार्यक्रम को सञ्चालन आयुर्वेदिक कबिराज प्रकाश सुबेदिले गरेका थिए।









